राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने गराउनेलाई समयमै दण्ड दिएमात्र मुलुकमा सुशासन कायम हुने बताएकी छन् । भ्रष्टाचार, नियन्त्रण र सुशासन प्रवद्र्धनका रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गम्भीर बन्नु पर्ने राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रसेवक कर्मचारीलाई उच्च नैतिकता र क्रियाशीलताका आधारमा काम गर्न र सुशासनको जनअपेक्षा र चाहानाको सम्मान गर्न सुझाव दिइन् ।