विजयपुर । राष्ट्रिय पुस्तक दिवसका अवसरमा धरानमा सात दिने पुस्तक प्रदर्शनी शुरु भएको छ ।
धरानको गोरखा डिपार्टमेन्ट स्टोरमा मङ्गलबार बाट सञ्चालनमा आएको गतिशील शिक्षा डिपार्टमेन्ट स्टोरले पुस्तक प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनीमा विभिन्न साहित्यिक, ज्ञानमुलक तथा विभिन्न विधाका पुस्तक राखिएका छन् ।
प्रदर्शनीमा स्कुल, क्याम्पस तथा विभिन्न आयोगका पुस्तकहरु समेत राखिएका छन् । प्रदर्शनीमा पुस्तकको क्रयमुल्य अनुसार ९ प्रतिशत देखि २० प्रतिशतसम्म छुट दिइएको डिपार्टमेन्टका सञ्चालक तीर्थराज भण्डारीले बताए । प्रदर्शनी एक हप्तासम्म चल्ने छ ।
प्रदर्शनीसँगै गतिशील शिक्षा डिपार्टमेन्ट स्टोर पनि मङ्गलबारबाटै सुरु भएको हो । स्टोरमा स्कुलदेखि क्याम्पससम्मका सबै पुस्तकहरु पाइने बताइएको छ ।
स्टोरमा विभिन्न आयोगका पनि पुस्तक पनि राखिएको छ । धरानमा तत्काल उपलब्ध नभए माग गरेको केहि दिनमा उपलब्ध गराउने सञ्चालकले बताएका छन् । उनले २५ लाखको लगानीमा स्टोर सञ्चालन गरेको बताए ।
डिपार्टमेन्टले निकट भविष्यमा विद्यार्थीहरुका लागि शान्त वातावरणमा अध्ययन गर्ने ‘स्टडी रुम’को व्यवस्था गर्ने बताइएको छ । बिशेष गरेर एमबिबिस, बिई लगायतका विद्यार्थीको माग भएकाले ‘स्टडी रुम’ सञ्चालनको तयारी गरको भण्डारीले बताए ।
उनले सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्र्तगत विपन्न विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्ने बताए । उनले विद्यार्थीहरुलाई अध्ययन गर्दै रोजगारी गर्न चाहनेलाई कामको पनि व्यवस्था गर्ने बताए ।