अमेरिकाको टेक्सासमा आएको भीषण हिम आँधीका कारण तापक्रम निरन्तर ओरालो लागिरहेको छ । विद्युत प्रवाह नहुँदा संकट उत्पन्न भएको संचारमाध्यमहरुले जनाएका छन् । 

बिहीबार ७० लाख जनसंख्या भएको टेक्सास राज्यमा पानीको संकट देखापरेको छ । पानी उमालेर पिउनु पर्यो अन्यथा पानी नपिई नै बस्न बाध्य हुनुपरेको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

समाचारअनुसार ती क्षेत्रमा हिउँ भरिए पानीका पाइप फुटेपछि पानी फोहोर भइरहेको छ ।

मिडवेस्ट, टेक्सास, र दक्षिणमा गत हप्ता आएको आँधीका कारण विद्युतविना दैनिकी चलाउन परिरहेको बताइएको छ  । 

यसै क्रममा ३० व्यक्तिको ज्यान गएको सूचना प्राप्त भएको छ । टेनेसी राज्यस्थित मेम्फिसमा विद्युत र पानी कम्पनीले फारु गरेर प्रयोग गर्न आह्वान गरेका छन् ।

अमेरिकी मौसम विभागका अनुसार टेक्सास, लुइसियाना, अर्कांसस र मिसिसिपीका केही भूभागमा अत्यधिक हिमपातका कारण जनजीवन कष्टकर हुनसक्ने छ । त्यहाँ स्थानीयलाई बिनाकारण घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।