अडिनु पर्थ्यो उमेर सत्र अठारमै !


ती रोमान्चकारी दिनहरू सम्झँदा लाग्छ, जन्मदिन मात्र हैन प्रत्येक क्षणलाई उत्सव बनाइदिऊँ तर उमेर त चिप्लिगयो सिसामा सर्प चिप्लेझैँ । खसी गयो उच्चाइबाट भकुन्डो खसेझैँ । बिलाइगयो घामको रापमा तुसारो बिलाएझैं ।

अहिले मलाई उमेर भुसुक्कै बिर्सन मन छ । उमेर गन्ने गणित भुलिजान मन छ ।


म जन्मेकै साल जन्मेका मित्रहरू आएर कानमा फुस्फुसाउँछन्, ‘सायन म यत्ति वर्षको भएँ १ उति वर्षको भएँ ।’


बिर्सन बिर्सन लागेको उमेर पनि सम्झाई जान्छन् । हिसाब गर्दै आउँछन् र मेरै उमेर छेउमा टक्क अडिन्छन् । कन्सिरीमा फुलेका केसहरू ढाकछोप गर्छन् र भ्रमको रङ बाँच्छन् ।


कसैगरी उमेर भुल्न दिँदैनन् ।


आफ्नो आयुको हेक्का राख्छु ।


घडि भित्रको प्रत्येक सेकेन्डको हेक्का राख्छु ।


आँखाको हेक्का राख्छु र जिन्दगीको दृश्य छाम्छु ।


कानको हेक्का राख्छु र जिन्दगीको गीत सुन्छु ।


जिब्रोको हेक्का राख्छु र जिन्दगीको मिठो स्वाद थाहा पाउँछु ।


छालाको हेक्का राख्छु र जिन्दगीको न्यानु स्पर्श लिन्छु ।


नाकको हेक्का राख्छु र छिटो–छिटो जिन्दगीको बास्ना लिन्छु ।


मृत्युलाई बडो जतनले आयुको सन्दुकमा राखेको छु ।


कुन बेला सन्दुक भ्वाँङ पर्छ र जीवन टिपेर हिँड्छ १


भ्याउँछु कि भ्याउँदिन १ किराना पसलको उधारो तिर्न । कुनै मन परेको पुस्तकमा अल्झिबसेको बुकमार्क निकाल्न । हिँड्दाहिँड्दैको उकालो छिचोल्न । झर्दाझर्दैको ओरालो खस्न। तर्दातर्दैको खोलो सक्न । खाँदाखादैँको गाँस निल्न । जीवन अद्भूत कलात्मक छ भनेर बुझाउन खोज्ने साथीसँग गर्दागर्दैको गफ सक्न ।


मलाई मृत्युसँग डर लाग्दैन । लोभ लाग्छ । म मृत्युलाई फारू गरेर चलाउन चाहन्छु । जोगाउन चाहन्छु । मृत्युसँग जिस्कँदै, ठट्टा गर्दै, प्रेमले सुम्सुम्याउँदै मर्न चाहन्छु ।


मृत्यु आउँदा सेतो आकासे रङको टिसर्टमा कालो जिन्सको पाइन्ट र एडिडास ब्रान्डको जुत्ता लगाएर आओस् । आँखामा चस्मा नहोस् । कपाल पूरै कालो हैन । सुन्तले रङले शृङ्गारेको होस् । हातमा मार्लिन मुनरोको तस्विर र हर्मन हेसेको सिद्धार्थ होस् । दाहिने नाडीमा राडो ब्रान्डको महँगो घडि तर काँटाहरू बिग्रेका हुन् । जिन्स पाइन्टको खल्तीमा लेटेस्ट भर्सनको एप्पलको ग्याजेट होस् तर सामाजिक संजालका सबै एकाउन्ट ह्याकरको कब्जामा होस् । ९मेरो मृत्युको खबर कतै पोस्ट गर्न नपाइयोस् ।०


मलाई बिस्तारै सुम्सुम्याइयोस् । दुख्खहरू नसोधोस् तर अनिवार्य खुसी सोधोस् । ओठमा आएर बसोस् ।


यसपछि शान्त लयमा भनोस्–‘सायन, भन् तँ अब के गर्छस् रु’


म मृत्युको हात समातेर घरको कौसीमा जानेछु । रातो पुच्छर भएको सेतो रङको चंगा लट्टाइबाट चुडालेर आकासतिर पठाइदिनेछु । र, मृत्युलाई भन्नेछु, ‘हेर् मृत्यु १ म धार्मिक नास्तिक हुँ तर ईश्वर मान्छु । जस्तोः अघिसम्म मेरो ईश्वर जीवन हो । म जीवनलाई विश्वास गर्छु । मेरा आस्था जीवन हो । अब तँ मेरो ईश्वर होस् । अब तँलाई मान्छु ।


अर्थात्, म मृत्युलाई ईश्वर मान्छु ।



केटाकेटी छँदा राजाको जन्मदिनको दिन स्कुल बिदा हुन्थ्यो । स्कुल जान नपर्दाको खुसी कम्ता हुन्नथ्यो ।


यो राजा भनेके के होला रु जन्मदिन भनेको के होला रु


अलिक हुर्केपछि राजा भनेको ठूला मान्छे रहेछ भन्ने थाहा पाएँ ।


जन्मदिन भनेको के हो रु


थाहा पाइनँ ।


अझै हुर्केपछि जन्मदिन भनेको पनि थाहा पाएँ तर जन्मदिन राजाको मात्रै हुन्छ होला भन्ने लाग्थ्यो । गाउँघरमा आफूभन्दा ठूला वा आफूसँगै हुर्कंदै गरेका मसिना(मसिना फुच्चाफुच्चीहरूले जन्मदिन मनाएको कहिल्यै थाहा पाइनँ ।


पछि म बसाइँ सरेँ । स्कुल पनि बसाइँ सर्यो ।


यहाँ पनि राजाको जन्मदिनको दिन स्कुल बिदा हुन्थ्यो । हामीजस्ता केटाकेटीले कसैको पनि जन्मदिन हुँदैनथ्यो ।


सात कक्षामा पढ्दा एक दिन एउटा साथीले जन्मदिन भन्दै निम्चुस चक्लेट बाँड्यो । म महाअचम्ममा परेँ ।


‘ओई, तँ राजा होस् रु तेरो जन्मदिन कसरी भयो रु जन्मदिन त राजाको मात्रै हुन्छ ।’


साथी निम्चुस बाँड्दै हिँड्यो । मेरो प्रश्नमा अडिएन वा उसलाई उत्तर आउँदैनथ्यो वा जन्मदिन राजाको मात्रै हुन्छ भनेको मन पराउँदैनथ्यो ।


जन्मदिन सबैको हुन्छ भन्ने थाहा पाउन झन्डै सोह्र वर्ष लाग्यो । स्कुल सकियो । कलेज पढ्न थालेँ ।


कलेज पढ्दाको पहिलो जन्मदिनको दिन साथीहरूलाई चक्लेट बाँडेँ । साथीहरूले शुभकामना दिए । मन कति हो कति खुसी भयो । साथीहरूको शुभकामनाले कहिल्यै मर्दिनँ होलाजस्तो लाग्यो ।


म कसरी जन्मे हुँला रु किन जन्मे हुँला रु


म मान्छे नभएर कुकुर भएको भए १ सुँगुर भएको भए १ गोरू भएको भए १ भैँसी भएको भए १ बाघ, हात्ती, मुसा, बिरालो, खरायो, झिंगा, माकुरा, भित्ती, सर्प, हैट् के हो के सम्झेँ १


धन्न मान्छे भएछु । मान्छे भएकोमा मेरो बुद्धि छजस्तो लाग्यो । बुद्धि भएकैले मेरो जन्मदिन भएको होला ।


ती मुसा, ती बाघ, ती खरायो, ती भैंसी, ती झिंगा आदिआदि भएको भए म कहिल्यै जन्मदिन मनाउन पाउँदिनथेँ हुँला । धन्न धन्न मान्छे भएछु ।


साथीहरूलाई चक्लेट बाँडेपछि विराटनगर बजार फन्को मारेँ । आफैसँग बात मार्दै एक फन्को काटेर डेरा पुगेँ ।


ऐना हेरेँ । आफूलाइ सुम्सुम्याएँ । आफ्नो अनुहार यति सुन्दर लाग्यो कि त्योभन्दा सुन्दर चिज मानौँ संसारमै छैन ।


ओठमाथि पलाउँदै गरेको कलिलो जुँगाको रेखी थियो । गालामा पहिलो पल्ट पलाएको मसिना दाह्री थिए । एकदुईपल्ट सुम्सुम्याएँ । दाह्री जुँगाले नराम्रो देखिएँजस्तो लाग्यो । विचरा १ निर्दोष कलिला दाह्री जुँगालाई पहिलोपल्ट निर्मम शैलीमा काटिदिएँ ।


एकछिनपछि ऐना हेर्दा थाहा पाएँ । अब म संसारकै सबैभन्दा झुर मान्छे । कुरूप मान्छे । नराम्रो मान्छे । ऐना भित्रको आफ्नै अनुहार उडनतस्तरी जस्तो लाग्यो ।


ऐना भ्रम हो कि सत्य १ पहिलो पल्ट जन्मदिनको दिन एकैपल्ट राम्रो र नराम्रो भएँ । आफैँले देखेँ ।


यसरी लगातार दुई जन्मदिनसम्म चक्लेट बाँडेपछि थाहा पाएँ । मेरो सक्कली जन्मदिन हैन रहेछ । म सर्टिफिकेटको, नागरिकताको नक्कली जन्मदिन मनाउँदो रहेछु ।


त्यसपछि जन्मदिनमा चक्लेट बाँड्ने मोह हरायो । चक्लेट बाँड्ने मोह हटेपछि असली जन्मदिन सम्झन्छु भन्दाभन्दै भुसुक्कै बिर्सदोरहेछु ।


दशैँ आसपास जन्मदिन पर्ने हुनाले बिर्सने कारण यो दशैं पनि हो ।


चौबीस वर्षपछिका जन्मदिन आफूले सम्झनु परेन । सामाजिक सन्जालले सम्झाउँछ । आफूले मनाउनु पर्दैन, साथीभाइले मायाले, प्रेमले मनाइदिन्छन् । जन्मदिनको जिम्मेवारीबाट मुक्त भएको छु ।


जिन्दगी यतिका वर्षसम्म मैसँग बाँचिआयो । मेरो दुख्खसुख्खमा साथ दियो । उकालीओराली गर्यो । मैँसँग भोकै बस्यो । मैसँग खायो । म हाँस्दा हाँस्यो । म रूँदा रूयो । म नाच्दा नाच्यो । म बस्दा बस्यो । म खोलो तर्न नसकेर किनारामा बसेको बेला जिन्दगीले हिम्मत गरेर हामफाल्यो र मलाई तारेर यहाँसम्म ल्याइपुर्याएको छ ।


कहिलेकाहीँ जिन्दगीलाई साह्रै दुख्ख दिएँ हुँला भनिठानेर प्रेमले फकाएर मबाट छुटाउन चाहन्छु तर मसँग कसैगरी छुट्टी जान मान्दैन ।


जिन्दगी तँ नभैइदिएको भए म कहाँ हुन्थेँ १ तँ छस् र पो म छु ।


तँलाई जन्मदिनको कति हो कति शुभकामना १


हुर्रेरररररररररररररररररररररररररररररर्रे जिन्दगी


र अत्यमा,


जन्म जति मृत्यु रोमान्चकारी छैन । जन्मको तुलनामा मृत्यु रहस्यमय हैन । सम्भोग, स्खलन्, डिम्ब, शुक्रकीट, भ्रूण, शिशु हुँदै जन्मसम्म आइपुग्दा जीवनको मात्र हैन, प्रेमको पनि उत्पत्ति हुन्छ तर मृत्यु आफू मात्र मर्छ । प्रेम र सम्झनालाईसँगै लाँदैन । त्यसकारण मृत्यु एकलकाँटे छ । निष्ठुरी छ । असामाजिक छ । अभद्र छ ।


मृत्युपछि के हुन्छ रु यो रहस्य हैन । जन्मपछि हुने प्रत्येक घटनाक्रम रहस्यमय र रोमान्चकारी छ ।


साहित्यपाेष्टबाट साभार