आज मिति २०७७ साल फागुन ९ गते तदनुसार २१ फेब्रुअरी सन् २०२१ । देशबाट प्रकाशित पत्रपत्रिकाले राजनीतिक, सामाजिक विषयवस्तुलाई अग्रपृष्ठमा प्रकाशित गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा गरेको सम्बोधन मुख्य रुपमा आजका प्रतिनिधि खबर पत्रिकाहरुले प्रकाशित गरेका छन् । त्यस्तै नेकपा विप्लव समूह सरकारसँग वार्ताका लागि तयार शीर्षकमा समेत समाचार प्रकाशित छन् ।
आजको कान्तिपुर दैनिकले सरकार–चन्द समूह वार्तातर्फ अग्रसर शीर्षकमा दायाँ भागमा समाचार प्रकाशित गरेको छ । त्यस्तै अग्रपृष्ठमा निर्वाचन आयोग जहाँको त्यहीँ शीर्षकमा नेकपा विवाद र चुनावको तयारी बारे समाचार प्रकाशित गरेको छ ।
सम्पादकीयमा पानीको संकट नगहिरियोस् शीर्षकमा विचार प्रकाशित गरेको छ ।
समाचार :
सरकारले दुई वर्षअघि गतिविधिमा प्रतिबन्ध लगाएपछि भूमिगत आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द समूह प्रतिबन्ध फुकुवा भए वार्तामा बस्न तयार भएको छ । प्रतिनिधिसभा विघटनपछि रक्षात्मक बनेको सरकारले विभिन्न शक्तिलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका बेला महासचिव चन्दले शनिबार विज्ञप्ति जारी गरेर सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् ।
**********
सम्पादकीयमा अन्नपूर्णले बसाइसराइ व्यवस्थापन बारे विचार राखेको छ ।
**********
नयाँ पत्रिका दैनिकले सर्वोच्चलाई प्रधानमन्त्रीको चेतावनी पुनस्र्थापना गरे आन्दोलन हुन्छ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सरकार विप्लव समूहबीच वार्ताको गृहकार्य प्रतिबन्ध फुकुवा विप्लवको सर्त शीर्षकमा अर्को समाचार छापेको छ । नयाँ पत्रिकाले अग्रपृष्ठकै पुछारमा शान्तिसेनामा नेपालबाट प्रतिवर्ष १० हजार पठाउने तयारी शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
**********
यस्तै आजको नागरिक दैनिकले विराटनगरमा शनिबार आयोजित नेकपा ओली पक्षको जनसभा बारे समाचार प्रकाशित गरेको छ । विराटनगरबाट ओलीको उद्घोष चुनाव हामीले नै जित्नुपर्छ शीर्षकमा समाचार प्रकाशित छ । अग्रपृष्ठको दायाँ भागमा प्रदेश १ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गरे कडा प्रतिवाद हुने अभिव्यक्ति दिएपछि सोही शीर्षकमा समाचार प्रकाशित छ ।
**********
यस्तै पूर्वबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकले समेत विराटनगरमा शनिबार आयोजित नेकपा ओली पक्षको जनसभा बारे समाचार प्रकाशित गरेको छ । सेटिङ भएर जनताको विपक्षमा फैसला आए आन्दोलनः प्रधानमन्त्री ओली शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
ब्लाष्टले अग्रपृष्ठमै सुनसरी ४ः सधैं ठगिंदै जनता शीर्षकमा अर्को समाचार प्रकाशित गरेको छ भने पुछारमा नेवा च्यारिटी रनमा गजेन्द्रको सपना पूरा शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
आज देशका प्रतिनिधि खबर पत्रिकाहरुले विराटनगरमा शनिबार आयोजित नेकपा ओली पक्षको जनसभा बारे समाचार प्रकाशित गरेको छ भने नेकपा विप्लव समूह वार्ताका लागि तयार रहेका विषयलाई प्राथमिकताका साथमा उठाएको छ । पत्रपत्रिकाले सम्पादकीयमा सामाजिक विषयवस्तुलाई उठान गरेका छन् ।