धरान। किरात राई यायोक्खा १५ नम्बर वडा कार्य समितिको छैटौं अधिवेशनले मालती राईको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
धरान–१५ स्थित धार्मिक वनमा शनिबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षद्वयमा नरदेवी राई र डाकमान राई, सचिवमा प्रेमकुमार राई, सहसचिवमा जयकला राई र कोषाध्यक्षमा रामु राई चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा सुनिता, बुद्धमाया, ईश्वरधन, सजना, कविता, कला, मञ्जली, विदेन्द्र प्रवीण, योगेश, रामराज राई रहेका छन् ।
सन्तोष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि किराया जिल्ला कार्य समितिका अध्यक्ष बलराम राई, किराया नगर अध्यक्ष तथा अधिवेशनका निर्वाचन आयुक्त लोकेन्द्र राई, सल्लाहकारद्वय तेजबहादुर राई, श्रीकुमार राई, र पूर्वअध्यक्ष राजबहादुर राईलगायतले बोलेका थिए ।