–रवि श्रेष्ठ
म कुन पार्टीको हो भन्दा पनि
पल्लो घरको कान्छा दाइले खान पाउनुभो भने
म त्यही खाने पार्टीको हुँ ।
तर, त्यही वल्लो घरको साइँला दाइले
खान पाउनु भएन भने
म फेरि नखाने पार्टीको हुँ ।
यसरी म नै यता न उताको छु
एउटा जनता न परँे
कहिले खाने पार्टी
कहिले नखाने पार्टीमा पर्छु ।
व्यर्थमा सडकको आन्दोलनमा
कुरा नबुझी मर्छु
देशले परिवर्तनको काँचुली त फे¥यो ।
एउटा तन्त्रको
तर, विकासको मन्त्रमा कसैले
बुटी लगाएर हामी जनताको काँचुली फेराइदिएन
हिजोको म, म नै छु
अनि हिजोको ऊ तपाईं उस्तै हुनुहुन्छ
देशका लागि मर्नेहरु सालिक भए ।
आफ्ना लागि गर्नेहरु मालिक भए ।
अब सालिकहरु मालिक हुन सक्दैनन्
अनि मालिकहरु सालिक बन्न मान्दैनन्
यही छ अप्ठेरो मेरो देशको लागि
कस्सिएका छन् गाँठो जस्तै
भाका र भेषको लागि ।
वराहक्षेत्र–१, सुनसरी