अमाह सामुदायिक वन उपभोक्ता समितिको आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया सुरु भएको छ । 

amaha_suchana2

अध्यक्ष पदका आकांक्षीहरु धेरै देखिएपछि उमेदवारी मनोनयनको प्रक्रिया, दावा विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया शुरु भएको छ । यस अघि सामुदायिक वनले सर्वसम्मत रुपमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र दुई सदस्य चयन गरिसकेको छ । 

चयन भएका उपाध्यक्षमा वराहक्षेत्र–५ जनैटोलका अनिल (जालन) बस्नेत छन् । त्यस्तै सचिवमा वराहक्षेत्र–४ तीनकुनेकी विष्णुमाया तामाङ चयन भएकी छन् भने सहसचिवमा वडा नं. ४ का सुरज बराइली छनोट भएका छन् । कोषाध्यक्षमा वराहक्षेत्र ५ की धनमाया बस्नेत सर्वसम्मत चयन भएकी छन् । त्यस्तै सदस्यहरूमा दिलबहादुर श्रेष्ठ र रञ्जित चौधरी चयन भएका छन् ।

amaha_suchana

शनिबार बसेको निर्वाचन समितिको बैठकले बाँकी रहेका उम्मेदवारको दावा–विरोध, उम्मेदवारी फिर्ता आगामी फागुन २५ गते दिउँसो २ बजेभित्र गरिसक्नु पर्ने सूचना प्रकाशित गरेको छ । 

सोही दिन दिउँसो ११ बजे सबै पदका उम्मेदवारलाई अमाह सामुदायिक वनको कार्यालयमा सम्पर्क गर्न अनुरोधसमेत गरेको निर्वाचन समितिका लक्ष्मणलाल चौधरीले जानकारी दिए ।