बिर्तामोड । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा ३२ करोड रुपैंयाँको लागानीमा ‘देवचन्द्र सदन’ निर्माण हुने भएको छ । श्री कृष्ण प्रणामी धर्मका अनुयायीहरुको सक्रियतामा सदन निर्माण हुन लागेको हो ।
५ तले अतिथि सदन, ४ तले बाइजुराज भवन, सदगुरु स्तम्भ, प्रवेशद्धार, धार्मिक झाँकी, पर्याप्त पार्किङ स्थल, तथा अन्य संरचनाहरु निर्माण गर्न लागिएको हो । साढे १० कठ्ठा क्षेत्रफलमा रहने अतिथि सदनमा स्वास्थ्य शिविर, योग शिविर, सभा सम्मेलन, गोष्ठी, बिवाह, ब्रतबन्ध लगायतका कार्यक्रम गर्न सहज हुने निर्माणकर्ताको भनाई छ ।
तीनतहकै सरकार र दाता दानविरको सहयोगमा अतिथि सदन निर्माण गर्न लागिएको सदगुरु श्री देवचन्द्र सदन, इकाई तथा भवन निर्माण समितिका अध्यक्ष हरिप्रसाद कडरियाले बताए । उनले ५ बर्षभित्रमा पुर्णरुपमा निर्माण सम्पन्न गर्ने योजना रहेको बताए ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल सदगुरु श्री देवचन्द्र सदन इकाई समिति बिर्तामोडले परियोजना स्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्माण समितिका महासचिव शारदाप्रसाद थपलियाले १० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन् ।
जिल्लाकै नमूना परियोजनाको रुपमा लिईएको सदगुरु श्री देवचन्द्र सदनमा प्रणामी मन्दिर, अतिथि सदन, ६ हजार वर्ग फिटको सभाहल, बाईजुराज नामको भवन, सदगुरु स्तम्भ, कलात्मक प्रवेश द्वार, धार्मिक तथा साँकृतिक प्रतिमाहरु सहित सयौं सवारी राख्न सकिने पार्किङ तगायतका भौतिक संरचनाहरु परियोजना भित्र छन् ।
परियोजना सम्पन्न गर्नको लागि समाजसेवी धार्मिक दाताहरु, तिनै तहका सरकारी निकायलाई मुख्य आधार मानिएको छ । जस अन्तरगत हाल सम्म सेवा समितिहरुबाट २१ लाख, सरकारी निकायबाट प्राप्त ३३ लाख रकमबाट करिव १० प्रतिशत काम सम्पन्न भएको सदगुरु श्री देवचन्द्र सदन बिर्तामोडका अध्यक्ष हरि कडरियाले बताए ।
श्रीकृष्ण प्रणामी सदगुरु सदन परियोजनाका लागि हरिप्रसाद कडरियाको अध्यक्षतामा रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल बिर्तामोड इकाई, बिना कुमारी डाँगीको अध्यक्षतामा रहेको श्री बाइजुराज महिला संघ, दिनोज बजगाईंको अध्यक्षतामा रहेको श्रीकृष्ण प्रणामी यूवा परिषद् गरेर ४ वटा उप समिति गठन भएका छन् ।
परियोजनाको लागि विभिन्न विभाग निर्धारण गरिएको छ । निर्धारित विभागहरुमा खड्गप्रसाद खरेलको संयोजकत्वमा अनुगमन, कृष्णप्रसाद बजगाईंको संयोजकत्वमा आर्थिक, चन्द्रबहादुर डाँगीको संयोजकमात्वमा सामाग्री खरिद, टहलदास ओलीको संयोजकमात्वमा सूचना सम्प्रेसण तथा प्रचार प्रसार, तारा खतिवडाको संयोजकमात्वमा सामाग्री सुरक्षा, हरि कडरियाको संयोजकमात्वमा प्रशासनिक तथा सम्पर्क, रेशमराज ढकालको संयोजकमात्वमा प्राविधिक, शारदाप्रसाद थपलियाको संयोजकमात्वमा समस्या निराकरण तथा मूल्यांकन समिति गठन गरिएको छ । परियोजनाका लागि बिष्णुकुमार शर्मा कट्टेलले ३ कठ्ठा २ धुर जग्गा उपलब्ध गराएका छन् । त्यसैगरी शर्मा सहित ५३ जनाले भुमी दान दिएका छन् ।