– राजकुमार कार्की
२०४६ सालको आन्दोलनमा पक्राउ परेँ । जेलबाट छुटेर आएँ । देशको राजनीति अवस्था उथलपुथल थियो । अराजक थियो । भयानक थियो । काङ्ग्रेसले ठूलै वितण्डा मच्चाइरहेको थियो । त्यतिबेला तत्कालीन पञ्चायतको पृष्ठपोषक भनिने मण्डलेहरु धमाधम काङ्ग्रेसमा छिरेका थिए । उनीहरु जतिसक्दो कम्युनिष्ट र कम्युनिष्ट सङ्गठकहरुलाई खत्तम नै पार्ने हिसाबले लागेका थिए ।
यो विचलन देखेपछि सह्य भएन । माक्र्सवादको आवाज बुलन्द गर्ने हामीलाई माक्र्सवादी शिक्षा चाहिन्छ भन्ने महसुस भयो । माक्र्सवादी शिक्षा दिने गरी समूह गठन गर्ने निधो ग¥यौं । यो समूहले सकेसम्म कम्युनिष्ट एकताका लागि आवाज बुलन्द गरोस् भन्ने चाहना थियो ।
कम्युनिष्ट सङ्गठकहरुको मिटिङ बोलाइयो । यहीँ नै (मेरै घर) मा बैठक बस्यौं । कार्यालय कृष्ण पाख्रिन दाइको घरमा राख्ने निर्णय ग¥यौं । हामीले माक्र्सवादी अध्ययन केन्द्र स्थापना गरेको कुरा राजधानीका नाम चलेका पत्रिकाले प्रकाशित गरिदिए । समाचार आएपछि विराटनगर, धनकुटा, झापा, तेह्रथुम, सप्तरी, सिरहा हुँदै पोखरासम्म विभिन्न नाममा समूहहरु गठन भए ।
समूह गठन भएपछि काठमाडौंमा श्रद्धेय व्यक्तित्वहरु लालसिंह भण्डारी, आनन्ददेव भट्टहरुको सक्रियतामा नेपाल कम्युनिष्ट एकता प्रवद्र्धन मञ्च गठन भयो । मञ्चले हामीलाई पनि आह्वान ग¥यो । हामी काठमाडौं गयौं ।
२ दिने एकता बैठक भयो । लालसिंह भण्डारीको संयोजकत्वमा १७ सदस्यीय कमिटी गठन भयो । यहाँ (माक्र्सवादी अध्ययन केन्द्र धरान) बाट हामी दुईजना केन्द्रीय सदस्य भयौं । म र कृष्ण पाख्रिन । धनकुटाबाट आनन्द सन्तोषी राई, वाङ्दी शेर्पा, विराटनगरबाट शिवबहादुर कार्की र डा. निरञ्जन अधिकारी ।
मञ्चले नेपाली कम्युनिष्टहरुको एकता आह्वान ग¥यो । त्यसै क्रममा २०४७ सालमा एकता बुलेटिन समेत प्रकाशित भयो । धरानबाट वाम एकता प्रक्रियाका लागि माक्र्सवादी अध्ययन केन्द्रले पहिलो पटक गरेको अभियानको समाचार एकता बुलेटिन २०४७ को वर्ष १ अङ्क ३–४ संयुक्ताङ्कमा प्रकाशित भएको छ ।
त्यतिबेला माक्र्सवादीको नेतृत्व अध्यक्ष मनमोहन अधिकारीले गर्नुभएको थियो र मालेको नेतृत्व महासचिव मदन भण्डारीले । हामी काठमाडौंमा छँदै माले र माक्र्सवादीबीचमा एकता गराउने उद्देश्य थियो । अन्य झिना मसिना कम्युनिष्ट घटकहरु तुलसीलाल समूह, मानन्धर समूह, वर्मा समूह विभिन्न व्यक्तिहरुको नाममा समूह थियो ।
ती समूहरु रसियन रुबल खाने कम्युनिष्टहरु थिए । सबै विस्तारै आउनेछन्, सबैभन्दा ठूलो उपलब्धि माले र माक्र्सवादी एकीकरण गराउन सकेहुन्थ्यो भन्ने हाम्रो विचार थियो । काठमाडौं १०–१५ दिन बस्यौं । धेरै ‘प्रेसराइज्ड’ ग¥यौं । काठमाडौंबाट हाम्रो टिम फर्किएर आएको भोलिपल्ट माले र माक्र्सवादी एकता भयो ।
एकीकृत कम्युनिष्ट पार्टीको निर्माणार्थ २०४७ सालमा धरानका वामबुद्धिजीविहरु हस्ताक्षर अभियानमा १००० भन्दा बढीको संख्यामा सहभागी रहेको सो जुलुसले वाममोर्चाका तत्कालीन अध्यक्ष तुलसीलाल अमात्य समक्ष १० हजारभन्दा बढीको हस्ताक्षर संकलन गरी बुझाएको थियो । (तस्बिर हेर्नुहोस् ।)
वाम एकताको अभियानमा धरानमा ठूलो समूहमा भेला आयोजना गरेका थियौं । मेरो घरबाट प्ले–कार्डसहित सयौंको सङ्ख्याले नगर परिक्रमा ग¥यो । दशौं हजारले एकताको पक्षमा हस्ताक्षर गरे । तत्कालीन वाम मोर्चाका अध्यक्ष तुलसीलाल अमात्यको कार्यक्रम पब्लिक हाईस्कुलको मैदानमा थियो । त्यहाँ पुगेर हस्ताक्षर गरेको फायल बुझायौं ।
यसले झनै ठूलो सनसनी मच्चायो । धरानका वामपन्थीहरुले के गर्न लागे भन्ने व्यापक जिज्ञासा उत्पन्न भयो । यो के हुन आँट्यो ? भन्ने भयो । त्यतिबेला पब्लिक स्कुलमा आयोजित कार्यक्रममा हामीले बोल्न चाह्यौं । तर हामीलाई मञ्च दिइएन ।
माले–माक्र्सवादी एकीकरणपछि एमाले भयो । एमाले गठनपश्चात् काङ्ग्रेसलाई धेरै ठूलो धक्का लाग्यो । काङ्ग्रेस लगभग पछाडि नै भयो । एमालेले अत्यन्तै सम्मानित ढङ्गबाट चुनाव जित्यो । अन्यथा जित्ने सम्भावना न्यून थियो । एकतामा त्यति ठूलो बल हुन्छ भन्ने उदाहरण पनि हो यो ।
त्योभन्दा अघि माले र माक्र्सवादीबीचमा टाढाटाढै पनि धारे हात लाउने गरिन्थ्यो । छेउछाउमा भेटिए एकले अर्कालाई पड्काइहाल्ने स्थिति थियो । धरानमा मनमोहन अधिकारीलाई जिताउन म आफै माइकिङ गरेर हिँडेँ । उहाँको चुनाव क्षेत्र (सुनसरी १) मा मात्र नभएर उहाँ अध्यक्ष भएकाले अन्य चुनाव क्षेत्रमा पनि सँगै लिएर हिँडेँ ।
त्यतिबेलाको एकता प्रक्रियामा ‘सिचुएसन’ भावनात्मक थियो । सैद्धान्तिक कुराहरु थिए । तर, अहिले न भावना छ, न संवेदना छ, न त सैद्धान्तिक कुराहरु नै छन् । यो मात्र कुर्सीको लडाइँ हो । कुर्सीको छिनाझप्टी मात्र हो । ‘जनता जाए भाँड मे ।’ ‘छोटे राजा’ हुनै पर्ने तुच्छ सोच छ ।
अहिलेका यी बुख्याँचाहरु जुनसुकै गुटका हुन्, ओली गुटका हुन् कि माधव गुटका हुन् । कि प्रचण्डका । यी बुख्याँचाहरु हुन् । अझ प्रष्ट भाषामा भन्दा यिनीहरु रोबोटहरु हुन् । यिनीहरुको रिमोट दक्षिणतिर छ, कि अझ पर छ । रिमोट त्यहाँबाट दबाउने हो, नाच्ने चाहिँ यिनीहरु हुन् । न यिनीहरुमा जनताको माया देखियो, न देशको माया । विकासको कुरा त धेरै टाढा भयो ।
तर, म एउटा कम्युनिष्टमा आस्थावान् भएकाले कम्युनिष्ट एकताको पक्षमा छु । यिनीहरु मिलेर गइदिए भने अरु पार्टीले भन्दा केही राहत जनताले पाउने थिए भन्ने एउटा झिनो आशामात्र गरेको छु । पहिले विकास नै गर्नुपर्छ । जनताको सेवा गर्नैपर्छ भन्ने भावना थियो ।
अहिले जनतालाई गोरू बनाएरै जोत्नुपर्छ भन्ने नेतामा भावना विकास भयो । ‘सादा जीवन उच्च विचार’ भएको जीवनशैली जबसम्म कम्युनिष्टहरुले अपनाउन सक्दैनन्, तबसम्म मुलुक र जनताको विकास हुन सक्दैन । कम्युनिष्टको बिल्ला भिरेर मात्र केही हुनेवाला छैन ।
आज समय उस्तै छ, यद्यपि भावना विल्कुल फरक छ । कम्युनिष्ट एकताको कुरा उठेको छ । तर, स्वार्थ समूह र गुटभन्दा माथि एकताको पक्षमा उभिनु आवश्यक छ । उसैगरी जनताको आन्दोलनको आँधीबेहरी उठ्ने हो भने यो थाम्ने सामथ्र्य यी बिल्ला भिरेका बुख्याँचाहरुमा हुने छैन ।
राजनीति, जेलजीवन र पत्रकारिता
मलाई पार्टीभित्रबाटै ‘सक्न’ धेरै कोशिस गरे । ०३६ सालमा जेल परेँ । उर्लाबारीबाट पक्राउ परेँ । उर्लाबारीभन्दा उत्तर मधुमल्लामा । त्यतिबेला मनमोहन अधिकारीको कार्यक्रम थियो । जे भए पनि त्यहाँ मनमोहन अधिकारीले भाषण गर्न पाउनु पर्छ भन्ने पार्टीको निर्देशन थियो ।
उहाँले त्यहाँ भाषण गर्ने भनेको पञ्चायत व्यवस्थाविरुद्धकै भाषण हो । हामीलाई पार्टीले स्कर्टिङको लागि खटाएको थियो । सुरक्षाका लागि ।
हामीले उहाँलाई सुरक्षा दियौं । उहाँ पार्टीको ठूला नेता अध्यक्ष । उहाँलाई पक्रने हिम्मत पनि गरेन । पछि मलाई पक्रियो । मलाई पक्रेर ४१ दिनसम्म विराटनगर डिएसपी कार्यालयमा राख्यो । त्यसपछि जेल पठायो । कुनै आधार प्रमाण नभएपछि २ महिनापछि जेलमुक्त गर्यो । डिएसपी कार्यालयमा यातनासहित राख्यो ।
त्यसपछि ०४२ सालमा भाइ (किशोरकुमार कार्की) र मलाई पक्राउ गर्यो । राजकाज मुद्दा थियो । त्यतिबेला मुद्दा लड्ने हामीसँग हैसियत थिएन । हाम्रो मुद्दा लड्न पूर्व सभामुख सुभाष नेम्वाङको नेतृत्वमा सुशीला कार्की, स्वर्गीय भरतमोहन अधिकारी, रामप्रसाद श्रेष्ठलगायत ११ जना अधिवक्ताको टिम काठमाडौंबाट आयो । २ दिनसम्मको बहसपछि दुई–दुई सय रुपैयाँमा हामीले मुद्दा जित्यौं ।
त्यतिबेला एकजनाको १ लाख रुपैयाँ धरौटी मागेको थियो । उतिखेरै मैले धरानमा १ लाख रुपैयाँको एक कठ्ठा जग्गा बिक्री गरेको थिएँ । दुई जना दाजुभाइको २ लाख रुपैयाँ पैसा कहाँबाट ल्याउने ?
मानसिक तनाव चाहिँ अत्यन्तै थियो । बुबा–आमा र भाइबहिनीहरु सबै इटहरीमा थिए । ‘राजकुमार र किशोरलाई बाग्मतीमा लगेर गोली हानेर मार्ने परे अरे ।’ गाउँमा हल्ला चलाइदिए । बुबाआमाहरुको रोइकराइ र मानसिक तनावको अवस्था बेहोर्नु पर्यो ।
कानून सबै पञ्चायतको हातमा थियो । मुद्दा जितेपछि पनि डेढ महिना धरानको ‘कस्टडी’ मा राख्यो । सिडिओ आउँथे, अञ्चलाधीश आउँथे । राति दारू खान्थे । जिल्लाको डिएसपी आउँथे । अनि यातना दिन लाउँथे । दारू खान्थे रातभरि हाँस्थे । जति हामीलाई यातना दियो, उनीहरुलाई उति नै मज्जा हुने ।
०४५ सालमा पुनः पक्राउ परेँ । त्यतिबेला मार्न भनेर सेउती पुल तलतिर ‘टर्निङ’ मा ओराल्यो । त्यहाँ ढिस्कोमाथि उभ्यायो । ‘तेरो अन्तिम इच्छा के छ ?’ सोध्यो । राइफल ‘कक’ गरेर तयारी पारेको थियो । साँच्चै हो कि ख्यालख्याल हो कि, नाटक गरेको हो कि ?
‘इनरुवा लिएर आइज भोलि बोरामा हालेर सप्तकोशीमा जिउँदै बगाइदिने’ भन्यो । आजको रात म बाँच्ने परेँ भन्ने मनमा आयो । त्यहाँबाट इनरुवा डिएसपी खोरमा । भोलिपल्ट राति निकाल्यो । बोरामा हाल्यो, मुख बाँध्यो । म निस्सासिएँ । कराउन पनि के कराउनु ? त्यहाँबाट इनरुवा चोकसम्म ल्यायो ।
उनीहरुको माग चाहिँ मदन भण्डारी आएर कहाँ बस्छ ?, सेल्टर कहाँ छ ?, तिमीहरुको राजनीतिक अड्डा कहाँ–कहाँ छन् ? तँ चाहिँ पूर्वको कमाण्डर अरे ।
तर, म कमाण्डर त होइन । त्यसरी ‘टर्चर’ दिन्थे । औंला भँचाए । बुटले हाने । लिङ्गको छेउमा डोरी बाँधेर पर ढोकामा टाँगिदिएका थिए र डोरीमा ट्याक् ट्याक् ट्याक् ट्याक् हान्थे । त्यो ‘करेण्ट शक’ भन्दा डरलाग्दो ‘शक’ हो । करेण्ट लगाउँदा झट्का हान्छ । त्यसले चाहिँ तरङ्ग पैदा गर्छ । ती सबै यातनाबाट गुज्रिएर आइयो ।
०४६ सालमा पनि त्यस्तै भयो । ०४६ साल चैत्र २६ गते राजबन्दी अभिनन्दन समारोह आयोजना गरिएको थियो । राजबन्दी अभिनन्दन समारोहमा त सबै हिजो हामीलाई झोसपोल गर्ने, हामीलाई पुलिस लगाउने, मञ्चमा सबै गजक्क माला लगाएर बसेको देखेँ । मनमा अत्यन्तै ठूलो द्वन्द्व उत्पन्न भयो । भक्कानो फुट्यो । मन उद्वेलित भयो ।
अबको राजनीति हाम्रो होइन रहेछ । नवधनाढ्यहरुकै रहेछ । मैले त्यही मितिबाट राजनीति छाडिदिएँ । चैत्र २६ गते हो, त्यही मितिमा । जेलबाट हामीलाई छोडेपछि सिधै इनरुवा गयौँ । डिएसपी कार्यालयमा एउटा कागजमा हस्ताक्षर गरेर सिधै पब्लिक हाईस्कुलमा आयौं । कार्यक्रम रहेछ, हामीलाई लिन तीनकुने पुगेका थिए ।
जेलबाट ट्रकमा चढेर आयौं । पैसासैसा केही थिएन । मञ्चमा सबै खालका मान्छेहरु मञ्चासिन थिए । बडो गजक्कका साथ । त्यतिबेलै लाग्यो, अबको राजनीति हुँदा खानेले होइन हुने खानेले गर्ने रहेछ ।
त्यसै दिनदेखि संसदीय व्यवस्थाप्रति मोह भङ्ग पनि भयो । एउटा ‘सिम्प्याथी’ रहला । मैले मेरो देश र जनताका लागि लडेको हुँ । कुनै स्वार्थ छैन र पछि पनि रहने छैन । त्यति भनेँ र त्यहाँबाट हिँडेँ ।
मलाई समयक्रममा ‘मेयर’ मा उठ् भने । कतिले उचाले, पछारे तर, म उठिनँ । उठ्ने जिज्ञासा पनि राखिनँ । उठाउने धेरै कोशिस पनि गरे ।
बाम एकता भएपछि हाम्रो भूमिका केही रहेन । नरहेपछि मैले ‘इण्डिपेण्डेण्ट युथ अर्गनाइजेसन एक्सन ग्रुप अफ धरान’ भन्ने संस्था गठन गरेँ । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले धरानलाई तहसनहस नै पार्छु भनेका थिए । बाँदर लड्ने भीर बनाउँछु भनेका थिए । उनले भाषणमा भनेका थिए, ‘यो कम्युनिष्टहरुको गढ । पेचिङ भन्छन् यसलाई । यो पेचिङलाई बाँदर लड्ने भीर बनाउँछु ।’
यहाँको अञ्चल अस्पताल उठाइयो । कोशी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पताल बनाइदियो । घरेलु उद्योगलाई विजय गच्छदारको क्षेत्रमा लगिदियो । यहाँका सरकारी गैरसरकारी संस्था रातारात सारिए । अदालत विराटनगर पु¥याइयो । धरान वास्तवमै बाँदर लड्ने भीर नै बनाइयो ।
इण्डिपेण्डेण्ट युथ अर्गनाइजेसन एक्सन ग्रुप अफ धरानले चोक–चोकमा माइकिङ गर्ने लगायतका ‘मुभमेण्ट्स’ ग¥यो । अनि ब्लाष्ट बुलेटिन प्रकाशित भयो, २०४८–४९ सालमा । ब्लाष्ट अँगालोमा बोकेर बेच्यौं । त्यतिबेलै २५ सय–तीनहजार कपी बिक्री हुन्थ्यो । प्रधान सम्पादक मै छु ।
यो मुभमेण्ट्सको झण्डै अन्तिममा काठमाडौंबाट प्रकाशित जनज्योति साप्ताहिकमा मेरो एउटा अन्तरवार्ता आयो । त्यसको हेडलाइनमा लेखिएको थियो– ‘सुदूर पूर्वको एउटा घना जङ्गलभित्र दशहजार युवालाई छापामार तालिम दिँदै गरेको अवस्थामा भेटिएका राजकुमार कार्कीसँग गरिएको अन्तर्वाताको सारसंक्षेप ।’
अन्तरवार्तामा मैले कडा शब्द प्रयोग गरेको छु । पूवी जर्मनी र पश्चिम जर्मनीको कुरा उठाएको छु । उत्तर कोरिया र दक्षिण कोरियाको कुरा उठाएको छु । सरकारमा रहेकाले सौतेलो व्यवहार गरे जे पनि हुनसक्छ, हामी कफन बाँधेर उत्रेका छौं भन्ने अभिव्यक्ति दिएको थिएँ ।
काठमाडौंमा त्यो पत्रिका पनि हारालुछ भयो । पत्रिका पसलअगाडि फोटोकपी गरेर बेचियो । इन्टरभ्यू आएको पर्सिपल्ट बिहान, म काठमाडौंकै होटलको कोठामा थिएँ । होटलवालालाई पनि थाहा थियो त्यो मुभमेण्टको बारेमा ।
काठमाडौंमा बस्ने मेरो एउटै होटल हुन्थ्यो । एउटै कोठा । त्यही कोठामा बसेर मुभमेण्ट गर्थें । हप्ता दिनका लागि काठमाडौं गयो । पत्रपत्रिकातिर आर्टिकल, विचार दिने काम हुन्थ्यो । त्यतिबेला फ्याक्स पनि थिएन, अन्य केही थिएन । लेखेर पठाउँदा पाँचदिन सातदिनमा पनि नपुग्ने । अनि नाइटबस चढ्यो, भोलिबिहान पुगिने । काठमाडौं पुगेपछि सबै ड्राफ्ट ग¥यो । सबै पत्रपत्रिकाका कार्यालय पुग्यो, फेरि फर्केर धरान नै आयो ।
पर्सिपल्ट बिहान होटलवाला दौडेर आयो । सर सर, सुन्नु सुन्नु भन्दै रेडियो सुनायो । अगाडि के भन्यो सुनिएन, के भन्यो थाहा भएन, पछाडि चाहिँ –‘म धरानलाई अत्यन्तै धेरै माया गर्ने मान्छेमध्येको एक हुँ, धराने जनता मेरा प्रिय जनता हुन्, म उनीहरुलाई धेरै माया गर्छु, त्यसो भएको हुनाले मेरा समकक्षी मित्र भारतीय प्रधानमन्त्री चन्द्रशेखरले मोरङको डाइनियामा शिलान्यास गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान म धरानलाई हस्तान्तरण गर्छु’ भनेको सुनेँ । गिरिजाप्रसाद कोइरालाले । प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँ त्यतिबेला ।
यो मुभमेण्ट पनि सकियो भनेर मैले तुरुन्त मुभमेण्टलाई ‘डिजल्भ’ गरेँ । नत्र त राजनीतिक चलखेल भइहाल्थ्यो । यसरी हो बीपी प्रतिष्ठान यहाँ (धरानमा) आएको ।
त्यतिबेला हामीले जी कुण्डा (अमेरिकन आप्रवासी) उहाँहरु शाहीभक्त रहेछन् । ब्रिटिसहरुले अस्पताल छाडेर गएपछि उहाँहरुले आएर शिलान्यास गर्नुभएको हो । पछि काङ्ग्रेसको ‘गभर्नमेण्ट’ ले उहाँहरुलाई धरानमा होइन, नेपालगञ्ज जान्छौं भने हुन्छ भनेर फर्काइदिएको रहेछ ।
पछि हामीले थाहा पायौं । बीपीलाई नै फोकस गरेर मुभमेण्ट सञ्चालन गर्यौं । अन्ततः यो सफल भयो । यसपछि यो संस्थाको केही औचित्य छैन भनेर जसरी माक्र्सवादी अध्ययन केन्द्र ‘डिजल्भ’ ग¥यौं, त्यसरी नै इण्डिपेण्डेण्ट युथ अर्गनाइजेसन एक्सन ग्रुप अफ धरान पनि डिजल्भ गर्यौं ।
म जेलको जेल नै । घरको आर्थिक अवस्था पनि त्यस्तै त्यस्तै नै । काठमाडौं बसेर ‘द बुद्ध वल्र्ड’ भन्ने अङ्ग्रेजी पत्रिका चलाएँ । त्यही पत्रिकाको माध्यमबाट सिक्किम गयौं । ताइसितो रिम्पोछे र ग्याल्छ्याप रिम्पोछेको निमन्त्रणा थियो ।
उहाँहरुसँग राजनीतिक साक्षात्कार भयो । उहाँहरुले मेरो तर्क र विचारहरु मन पराउनुभयो होला र नै त्यहाँका तत्कालीन मुख्यमन्त्री सञ्चमान लिम्बूको प्रेस सल्लाहकारका रुपमा बोलावट भयो । सिक्किममा लगभग १ वर्ष बसेँ ।
२०५१ सालमा नेपाल फर्कें । १ वर्ष विजयपुर साप्ताहिक चलाएँ प्रधान सम्पादक भएर । २०५२ सालमा ब्लाष्ट दर्ता गरियो । त्यहाँदेखिको हालसम्म मेरो यात्रा पत्रकारिता नै हो ।
२०३६ सालको जेलजीवनपछि २०३७ सालमा संयुक्त सांस्कृतिक टोली तरहरा भन्ने संस्थामा अध्यक्ष भएँ । यो पार्टीकै कमाण्डमा संस्था गठन भएको थियो । संस्थाले ‘काँचुली’ नामक जनवादी साहित्यलाई टेवा पु¥याऔं भन्ने मूल नाराका साथ पत्रिका प्रकाशन गर्यो । त्यसको प्रधान सम्पादक मलाई बनाइयो ।
२०३७ सालदेखि नै पत्रकारिताको यात्रा आरम्भ पनि भयो । चित्रण, छलफल, रातो युगधारा, कालो युगधारा, डेली डायरीलगायतका साप्ताहिक पत्रिकामा काम पनि गरेँ । म एकैचोटी ९ वटा पत्रिकामा रिपोर्टिङ गर्थें । फरक–फरक दिन प्रकाशित हुन्थे ती पत्रिका ।
‘पेपर’ ले पत्रकार पाउँदैनथ्यो । त्यतिबेला पत्रकार थोरै थिए । थिएनन् भन्दा पनि हुने जस्तै । हाम्रो हर्षजी देशान्तर र विमर्श हेर्नुहुन्थ्यो । काङ्ग्रेसको एकखालको मुखपत्रजस्तै । मैले हेर्ने वाममुखपत्रहरु । ०३७ सालदेखि पत्रकारिता पनि सँगसँगै जस्तै भयो । पछि राजनीति छोडेँ । मलाई पत्रकारितामा आउन सजिलो भयो । मैले सुरूमा नै एक प्रकारको बेस बनाइसकेको थिएँ ।
मैले धेरै कठिनाइहरु झेल्दै झेल्दै झेल्दै आएँ । ब्लाष्ट निकालेपछि पनि ४–५ वर्ष, ५–७ वर्ष निकै नै कठिनाइ झेल्नु प¥यो । गुण्डागर्दीको त्रास, आर्थिक अभाव । बिजुली हुँदैनथ्यो । लेटरप्रेस, हातले तानेर काम गर्नुपर्ने । साह्रै कष्टमय समय गुजार्यौं ।
हामीले त्यो समयमा गरेको दुःखले अहिलेका साथीभाइलाई सहज भएको छ । पुर्खाले गरेको कामको उचित मूल्याङ्कनसहित आफ्नो कर्तव्यनिष्ठालाई समावेश गरेर लान सकियो भने व्यक्ति अत्यन्तै सफल भएर जान्छ ।