टिष्टेको बुबाको फलफूलका ५० वटा बोटहरु नै उनीहरुको परिवार धान्ने मेलो थियो ।

टिष्टे परिवारको एक्लो छोरो थियो । टिष्टेको बुबा धेरैजसो बिरामी नै भइरहन्थे ।बुबा बिरामी भएका बेला फलफूल टिप्न टिष्टेलाई अह्राउँथे, तर टिष्टे भने रुखमा चढ्न औधी डराउने ! जति सम्झाउँदा पनि ऊ रुखमा चढ्न सकेन ।

एकदिन टिष्टेका बाबुको मृत्यु भयो र परिवारको जिम्मेवारी टिष्टेको काँधमा आइपुग्यो । परिवार धान्ने एक मात्र आम्दानीको स्रोत ती फलफूलका बोट जसबाट फलफूल टिप्न नसकेर ती फलफूल त्यसै कुहिन थाले । 

एक दिन टिष्टे वनको बाटो गरी आफ्नो मावली जाँदै थियो । अकस्मात कुनै डरलाग्दो स्वर सुन्यो, उसले फनक्क फर्केर हेर्यो, उसको शरीरमा डरले काँडा उम्रिए, ऊ आत्तियो । उसलाई एउटा बाघले लखेट्दै रहेछ । उसको ज्यान जोगाइदिने त्यहाँ कोही भएन । उसले झट्ट यताउता हेर्यो छेउ मै एउटा ठूलो रूख थियो । उ एकक्षण पनि ढिला नगरी रुखको टुप्पोमै पुग्यो ।

दिवस तोदी 

कक्षा–११

युरेका आवासीय उच्च मा. विद्यालय