पथरीशनिश्चरे।  १ नम्बर प्रदेशका दलितहरुले संखुवासभाको धर्मदेवी नगरपालिकाको धर्मदेवी मन्दिरमा सामुहिक पञ्चबली कार्यक्रम गरी दलितहरुमाथि मन्दिर प्रवेशमा भएको असहजता हटाउने कार्य गरेका छन् ।

मोरङको पथरी शनिश्चरे ९ का रामकृष्ण विश्वकर्मा र टीका लामगादेको आयोजनामा प्रदेशका दलित अगुवा भेला गराई धर्मदेवी नगरका दलितहरुमा जातिय समानता र मन्दिर प्रवेशमा समानताको सन्देश दिएका छन् । त्यहाँ ५ प्रकारको बलि दिइएको छ ।

कार्यक्रममा त्यहाँका पुराना शिक्षक देवी घिमिरेलाई सम्मान समेत गरिएको कार्यक्रममा सहभागि पथरी शनिश्चरे नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले जनाए ।  

panchbali