धरान। धरान उपमहानगरका प्रमुख तिलक राईले फागु पूर्णिमा अर्थात् होलीमा स्वास्थ्य सचेतता अपनाउँदै होली खेल्न आग्रह गरेका छन् ।
होलीको शुभकामना व्यक्त गर्ने क्रममा उनले सुरक्षित तरिकाले होली मनाउन आग्रह गरेका हुन् । कोरोना भाइरस पुनः बढिरहेको सन्दर्भमा उनले भीडभाड तथा जमघट नगरी होली मनाउन आग्रह गरेका हुन् ।