झुकाएरै कतिले लुट्नु लुटे,
टँसाएरै कतिले चुस्नु चुसे ।
घुनले भित्र भित्रै सके झैँ
यहाँ खोक्रो पारिसके ।
देश दुब्लाएर के भो र १
सब् भरभराउँदा, मोटाघाटा भईसके ।
अस्ति चप्पल फट्काएर हिडनेहरु,
आज कत्रा पदहरु हत्याईसके ।
हिजो दुई छाक धान्न गार्हो हुनेहरु,
कुम्ल्याएर अकुत सम्पति
आलीशान महल ठड्याईसके ।
तर,
तेरो फोस्रो आडम्बर चाहिँ जिउकोत्यू छ ।
कहिले थाक्छस् रु कहिले बद्लिन्छस् ?
स्वाभिमान१ तँ चाहिँ किन झुक्दैनस् ?
चाप्लुसी कत्ति सिकाए यसलाई ।
बोली पिच्छे ज्यू, हजुर भन्न लगाए ।
शरीर नै थर्थराए झै,
अभिनय गर्न पनि सिकाए ।
हाकिमको अघाडि पछाडि गर्न पठाए ।
लाज, घिन, शरम सब दबाउन लगाए ।
तर अचम्भ ! अचम्भ !
नाटक गर्नै जानेन रे,
उसलाई अप्ठ्यारो भोझ रे,
आफै तल गिरे तुल्य भोञ रे ।
रातभर निदाउनै सकेन रे ।
उफ् ! उफ् !
ऊ शिर निहुराउन जान्दैन रे ।
मर्छ अरे तर झुक्दैन रे ।
यत्रो वर्ष कमाएको उसको
त्यही स्वाभिमान मात्रै त हो रे ।
अन्तत : हारेर म,
टाउकोमा दुबै हात थमाए ।
आँखामा मेरा टिलपिल आँशु रसाए ।
लामो सास फेरे
तर,
फेरि सोध्नै सकिन उसलाई,
स्वाभिमान ! तँ किन झुक्दैनस् ?
डा. सूरज निरौला
(वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरान)