झापा । १३२ औं अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले शुभकामनासहित कोभिड–१९ रोकथामका स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोरोना भाइरस महामारी फेरि बढ्ने क्रममा रहेकाले महासंघले शनिवार बिर्तामोडमा माक्स, सेनिटाइजर र सन्देश मुलक पर्चा वितरण गरेको हो ।
महासंघले बिर्तामोडको मुक्तिचोकबाट पैदलयात्री, अटोचालक तथा अटोमा सवार यात्री, मोटरसाइकलमा सवार, पसलमा पुगेर नेपाल सरकारले तोकेका मापदण्डसहितको पर्चा र स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।
महासंघले २ हजार माक्स, २ हजार पर्चा र सेनिटाइजर वितरण गरिएको महासंघ झापा अध्यक्ष सीता सापकोटा (सन्ध्या) ले बताइन् ।
कार्यक्रममा महासंघका प्रदेश नं. १ इन्चार्ज भूपाल सापकोटा, श्रम तथा रोजगार विभाग झापा संयोजक डण्डी घिमिरे (विवेक), नेकपा माओवादी केन्द्र प्रदेश सदस्य लक्ष्मी न्यौपाने (सरु) सहित जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।