जनप्रतिनिधिले जनताको करले किनेको सरकारी गाडी कोभिड सङ्क्रमणको अवस्थामा सङ्क्रमितको सेवाका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरे ।
उनीहरुको निर्णयलाई सञ्चारमाध्यमले प्रशंसित बनाए । नागरिक स्तरबाट जनप्रतिनिधिहरुको सह्राना पनि भयो । जनप्रतिनिधि मनकारी देखिए ।
तर आफ्नै निजी सम्पत्ति आफैंले किनेका सवारी साधन निषेधाज्ञाका कारण घरमा थन्किएपछि वराहक्षेत्रका मनकारी नागरिक किशोर ताम्राकारले आफूसँग भएका सबै यातायातका साधन नागरिक सेवामा लगाउने उद्घोष गरेका छन् ।
वराहक्षेत्र १ चतराका यातायात व्यवसायी किशोर ताम्राकारले सङ्क्रमणको अवस्थामा नगरमा कसैलाई यातायातको साधन चाहिएमा निःशुल्क सेवा गर्न तयार रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् आफूसँग रहेको को १ ख २५७७ नम्बरको बस र घरमा रहेका ३ वटा मोटरसाइकललाई प्रयोग गर्न सक्ने बताएका छन् ।
यो महामारीको समयमा मानव सेवाका लागि सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको यातायात व्यावसायी ताम्राकारले बताए ।
अघिल्लो चरणको कोरोना सङ्क्रमणको अवस्थामा पनि चतरामा सञ्चालनमा आएको आइसोलेसन र होल्डिङ सेन्टरमा उनले श्रमदानसहितको सेवा गरेका थिए ।
अहिले पनि मानव सेवाका लागि आफू तयार रहेको बताउँदै उनले सहयोग लिनका लागि आफ्नो मोबाइल नम्बर ९८४२०५८४२६ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
होस्पितल जानू गारो भये मा मलाई समझिनु हाेला ,free sewa.9842058426 ma call garnu hola
Posted by Kishor Tamrakar on Friday, May 7, 2021