नेपाल पत्रकार महासंघ सुनसरीको शनिबार बसेको बैठकले महामारीमा पत्रकारहरुको उद्धार तथा सहजीकरण गर्ने निर्णय गरेको छ । 

बैठकले अध्यक्ष, उपाध्यक्ष र सचिवको संयोजकत्वमा क्रमशः उद्धार तथा सहजीकरण समिति, फेलोसिप तथा सञ्चारगृहलाई सहयोग सहजीकरण समिति र पत्रकारहरुको अवस्था तथ्याङ्क सङ्कलन समिति गठन गरेको छ ।  

महासंघ सुुनसरीको आज भएको भर्चुुअल बैठकले अध्यक्ष जनकऋषि राईको संयोजकत्वमा सह सचिव भोला श्रेष्ठ, सदस्य वीरेन्द्र साह, आरबी कट्वाल, सुुस्मिता राई र सुुविन विश्वकर्मा सदस्य रहेको उद्धार तथा सहजीकरण समिति निर्माण गरेको हो । 

उपाध्यक्ष गणेश निरौलाको संयोजकत्वमा कोषाध्यक्ष अजित झा, सदस्य संगम विष्ट, देविका चाम्लिङ र विवेक विवश रेग्मी सदस्य रहेको पत्रकारलाई फेलोसिप तथा सञ्चारगृहलाई सहयोग सहजीकरण समिति निर्माण गरेको छ । 

त्यस्तै सचिव ध्रुुव ढकालको संयोजकत्वमा जिल्लामा भएका पत्रकारहरुको अवस्था तथ्याङ्क संकलन गर्ने निर्णय भएको सदस्य संगम विष्टले जानकारी दिए ।