सिरहा । नोभेल कोरोनोभाइरस (कोभिड–१९) दोस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाले १५ वेडको अस्थायी अस्पताल’ सञ्चालन गर्ने तयारी गरिएको छ ।
कल्याणपुर नगरपालिका कार्यवाहक नगरप्रमुख रोहिनी कुमारी यादव तथा प्रशासकिय अधिकृत जयप्रसाद दास संग गरिएको अन्र्तक्रृयामा संक्रमितहरुलाई बचाउने अभियानलाई सहकार्य गरि अगाडि बढने निर्णय गरिएको छ ।
नगर भित्रका कोरोना संक्रमितको अवस्थालाई मध्यनजर गर्दै तत्काल ५ ओक्सिजन वेड सहितको आईसोलेसन र १० वेडको नरमल आईसोलेसन निर्माण गर्न पहिलो प्राथमिकतामा रहेको कार्यवाहक मेयर रोहिनी यादवले बताएकी छन् ।