सुनसरीको दुहबीमा फ्रन्टलाइनमा रहेर पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
प्रेस चौतारी नेपाल सुनसरीकातर्फबाट पत्रकार चन्दन रौनियारले दुहबीका क्रियाशील सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
उनले स्थानीय ६ जना पत्रकारलाई माक्स, सेनिटाइजर, साबुनलगायतका स्वास्थ्य सामग्री घरघरमै पुगेर वितरण गरेका थिए ।
जिल्लामा १२ जना पत्रकार संक्रमित भएका छन् । एक जनाले संक्रमणलाई जितेर घर फर्किसकेका छन् भने एक जना पत्रकार सीसीयुमा उपचाररत छन् ।
पत्रकार महासंघ सुनसरीले जिल्लाका सबै स्थानमा गएर स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने साथै महामारीका अवस्थामा बिमालगायतका पत्रकारको स्वास्थ्य अधिकारमा तदारुकता देखाउनु पर्ने दुहबीका पत्रकारहरुले माग गरेका छन् ।