नेपाली साहित्यले आज फेरि अर्को नक्षत्र गुमाउनु परेको छ । नेपाली समालोचनाका धरोहर, प्रसिद्ध निबन्धकार प्रा.राजेन्द्र सुवेदीको निधन भएको एकहप्ता नबित्दै हामीले नेपाली साहित्यसाहित्य आकाशबाट एक नारी स्रष्टा कवि, उपन्यासकार, निबन्धकार डा. वानिरा गिरीलाई गुमाउनु परेको छ । अप्रिल ११ सन् १९४६ मा दार्जिलिङको खर्साङमा जन्मिएकी गिरी नेपाली साहित्यमा प्रथम विद्यावारिधि गर्ने महिला हुन् । रत्नश्री स्वर्णपदक, गोरखा दक्षिण बाहु चौथा, लोकप्रियादेवी पुरस्कार, साझा पुरस्कार, महाकवि देवकोटा पुरस्कारजस्ता दर्जनौं पुरस्कारहरूद्वारा सम्मानित गिरी विगत तीन वर्षदेखि विभिन्न रोगले आक्रान्त भई विस्मृतिको अवस्थामा रहेकी थिइन् । तीनसाता अघि कोरोनका कारण अस्पलातमा भर्ना भएकी गिरीको २०७८ जेठ ९ गते आइतबारका दिन निधन भएको छ ।
नारीहरूले पढ्नु हुँदैन, चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने परम्परागत सोचाइका विरुद्ध वानिरा गिरीले आफूमात्र होइन सम्पूर्ण नारीवर्गलाई शिक्षाको ज्योतिले सिञ्चित गर्ने काम गरेकी छिन् । नेपाली कविताबाट साहित्यमा प्रवेश गरेकी गिरीका कविताबाहेक उपन्यास र निबन्धहरू प्रकाशित भएका छन् । सात वर्षको उमेरमा नै आमा गुमाएकी गिरीलाई बाबुले डाक्टर बनाउन चाहेका थिए तर आई.एस्सी. दोस्रो वर्षको परीक्षा दिने बेलामा गिरीका बाबुको पनि निधन हुनाले उनले सो परीक्षा दिन पाइनन् र उनका बाबुको छोरीलाई डाक्टर बनाउने योजना असफल भयो । पछि मानविकी र शिक्षाशास्त्रमा स्नातकोत्तर गरी नेपाली साहित्यमा विद्यावारिधि हासिल गरिन् ।
वानिरा गिरीले विद्यावारिधि गर्दा ठूलै सङ्घर्ष गर्नुप¥यो । यो घटना उनको जीवनको एक अविस्मरणीय र घतलाग्दो सन्दर्भ थियो । उनी नेपाली साहित्यमा प्रथम गद्य कवि गोपालप्रसाद रिमालका कविताबाट ज्यादै प्रभावित थिइन् । उनले यही विषयमा विद्यावारिधि गर्ने सोच बनाइन् र शोधप्रस्ताव तयार पारेर त्रिभुवन विश्वविद्यालयमा पेस गरिन् तर विश्वविद्यालयले उनको प्रस्ताव स्वीकृत गरेन । रिमालका कविताहरू थोरै भएकाले उनले अर्को विषयमा शोधप्रस्ताव तयार पार्नु पर्ने भयो तर गिरीले आपूm यही विषयमा गर्ने भन्ने निधो गरेर त्यसैका लागि आफ्ना बलिया तर्कसहित आजाव उठाइन् । उनको अठोट, हठी र स्वाभिमानी स्वभावले गर्दा उनले रिमालका कवितामा स्वच्छन्दतावाद शीर्षकमा शोधप्रस्ताव बुझाउन सफल भइन् । शोधप्रस्ताव स्वीकृत भए पनि उनले शोधपत्र लेखनका क्रममा अनेकौं वाधाव्यवधानहरू वेहोर्नु प¥यो । उनको शोधपत्र तयार भए पनि फेरि विश्वविद्यालयले स्वीकृत गरेन । उनले आफ्नो शोधपत्र स्वीकृत गराउन ठूलो सङ्घर्ष गर्नुप¥यो । बाह्य परीक्षक र शोधनिर्देशकसमेत फेर्नुप¥यो । अन्त्यमा उनको शोधप्रबन्ध स्वीकृत भयो । यसरी आफ्नो दृढ इच्छाशक्तिका कारण वानिरा गिरी नेपाली साहित्यमा पहिलो विद्यावारिधि गर्ने प्रथम नेपाली नारी बन्न सफल भइन् । यो उनले जीवनमा गरेको सबभन्दा ठूलो सङ्घर्ष र सबभन्दा ठूलो सफलता पनि थियो ।
कविता लेखनबाट साहित्यमा प्रवेश गरेकी वानिरा गिरी कारागार उपन्यासबाट बढी चर्चित बनेकी छन् । गिरीका जिउँदो जङ्गबहादुर, जीवन थामहरू, शब्दातीत शान्तनु र काठमाडौं काठमाडौं गरी चारओटा कविता सङ्ग्रह प्रकाशित भएका छन् भने कारागार र निर्बन्ध दुई उपन्यास, मेरो आविस्कार आत्मकथा, रोकिनेले आकार दिन सक्दैन यात्रासंस्करण र पर्वतको अर्को नाम जङ्गल, पार्वती र जङ्गल जङगल जस्ता निबन्ध सङ्ग्रह प्रकाशित भएका छन् । यसरी कविताबाट उदाएर उपन्यासमार्फत स्थापित भएकी साहित्यकार वानिरा गिरीको कारागार उपन्यासले अध्यधिक लोकप्रियता हासिल ग¥यो भने यो उपन्यास अङ्ग्रेजी र हिन्दी भाषामा समेत प्रकाशित भएर देशविदेशका पाठकहरूका सामु पुगेको छ । यसरी गिरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न सक्षम नारी स्रष्टा हुन् । जसलाई गुमाउनु पर्दा नेपाली भाषा साहित्यको क्षेत्रमा अपूरणीय क्षति हुन पुगेको छ ।
वानिरा गिरीको साहित्यकार पारिजातसँग सुमधुर र घनिष्ट सम्बन्ध थियो तर जब पारिजात माक्र्सवादी विचारधातार्फ आकृष्ट भइन् तब यिनीहरूको सम्बन्धमा कटुता सुरु भयो । उनी आपूmलाई नारीवादी लेखक भनेको मन पराउँदिन थिइन् । साहित्यलाई यसरी पुरुष र नारीमा विभाजित गर्नु हुँदैन भन्ने उनको विचार थियो । त्यसैले नारीवादी भनाउँदा साहित्यकारहरूसँग उनको सम्बन्ध सुमधुर हुन सकेन । जसले गर्दा पनि पारिजातसँग यिनको मित्रता लामो समयसम्म कायम रहन सकेन ।
वानिरा गिरीका कवितामा समसामयिक जीवनका कुण्ठा, निराशा, मूल्यहीनताजस्ता प्रवृत्तिहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको हुन्छ । यिनका अधिकांश कवितामा यौनसम्बन्धी बिम्ब र प्रतीकको प्रयोग पाइन्छ । विचलनयुक्त भाषिक प्रयोगले यिनका कविता दुर्बोध्य, क्लिष्ट र जटिल बनेका छन् । जटिल बिम्ब र प्रतीकका माध्यमबाट युगीन जीवनप्रति व्यङ्ग्य र विद्रोह गर्नु, कवितामा अतियथार्थवादी र विसङ्गतिवादी दृष्टिकोण राख्नु, मानवीय चेतनाको विश्लेषण गर्नु, मानवीय मनका नैराश्य र कामातुर मनस्थितिको चित्रण गर्नु, मानवतावादी भाव र स्वच्छन्दतावादी चिन्तन प्रस्तुत गर्नु, वासनात्मक अतृप्तिबोधले ग्रस्त मानसिक अन्तद्र्वन्द्वको अभिव्यक्ति दिनु, आत्माभिव्यक्तिको स्वतःस्पूmर्त प्रवाह र भावानुकूल बिम्ब र प्रतीकको चयन गर्नु, अन्त्यानुप्रासयुक्त गद्यलयको प्रगोग गर्नु आदि वानिरा गिरीका कवितात्मक प्रवृत्तिहरू हुन् ।
वानिरा गिरी नेपाली नारीहरूका लागि पे्ररणाकी स्रोत र आदर्श पात्र हुन् । जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई आफ्नो कर्तव्यपथमा निरन्तर लागि रहने वानिरा गिरीको जीवनबाट धेरै पाठ सिक्न सकिन्छ । नेपाली नारीहरूलाई शैक्षिक क्षेत्रमा माथि उठ्न र दृढ सङ्कल्पका साथ अगाडि बढ्नमा उनको जीवनले सबैलाई सत्प्रेरणा प्रदान गरेको छ । यस्ती सङ्घर्षकी पयार्य नारी स्रस्टा गुमाउनु पर्दा कसैको पनि आँखाबाट आँसु नझरी रहन सक्दैन ।
वानिरा गिरीले विगत पाँच वर्षको समयमा अत्यधित कष्टपूर्ण जीवन भोग्नु प¥यो । विभिन्न शारीरिक रोगका साथै विस्मृतिजस्तो मानसिक रोगले उनी थला परिन् । उनले आपूmले गरेका ती सबै जीवन सङ्घर्षका कुराहरू उनको मानसपटलबाट हराएर गए । उनी एक जिउँदो लास सहर भएर कोठामा खाटमा पल्टिरहिन् । उनलाई स्याहार गर्ने मानिस उनले वरिपरि सधैँ रहनु पर्ने अवस्थाको सिर्जना भयो । जीवनमा तल्लोतहबाट उठेर उच्चतहमा पुगेकी, विश्वविद्यालयकी असल प्राध्यापक, नेपाली साहित्यकारहरूकी आदर्श पात्र र सङ्घर्षबाट कहिल्यै विचलित नहुने दृढशक्ति तथा स्वाभिमानकी मूर्ति वानिरा गिरीले पाँच वर्षसम्म रोगले थलिएर एउटा ओछ्यानमा बिताउनु पर्दा हुने कष्ट कुनै पनि शब्दले वर्णन गर्न सक्दैनन् । आपूmले गरेका सङ्घर्ष, द्वन्द्व र सफलताहरू सबै बिर्सिएर एक काठको मूढोजस्तो जीवन बाँचेकी वानिरा गिरीलाई कोरोनाले यो कष्टबाट मुक्ति दिएको हो कि जस्तो पनि लाग्छ । एउटा ऊर्जाशील स्रष्टाले यसरी निरीह जीवन बाँच्नु पर्दा हुने पीडाबोध भने उनको विस्मृतिले हुन दिएर । यदि यो सबै कष्ट सहेर स्मृतिमा बाँच्नु परेको थियो भने अझ उनलाई कति कष्ट हुन्थ्यो होला त्यो अनुमान पनि गर्न सकिँदैन । आज डा. गिरी हामी सामु छैनन् तर उनी नेपाली साहित्यमा आफ्ना अमर सिर्जनामार्फ सधैँ जीवित रहने छिन् ।
नेपाली साहित्यका माध्यमबाट जीवनका अनेकौं आरोह अवरोहहरूको जीवनबोध गराएर हामी सबैका सामुबाट सधैँका लागि विदा भएकी अमर स्रष्टा डा. गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु । प्रा. राजेन्द्र सुवेदीकै शब्द सापट लिएर गुडवाई छोडीजानेहरूलाई भन्न बाध्य छु ।