कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारी शुरु भए पछिका दिनमा विश्वभरिनै ठुलो धनजनको क्षति भएको छ । विज्ञानले गरेका चमत्कारिक उपाय र उपलव्धिहरुले कोरोना महामारीलाई रोक्न सकेन । शक्ति सम्पन्न राष्ट्रहरु नै हायलकायल भए । यो लेख तयार पार्दासम्म विश्वमा करिव ३४ लाख मानिसले कोरोनाको कारण ज्यान गुमाएको आधिकारिक तथ्याङ्क छ तर यो बाहेक पनि कोरोनाको कारण ज्यान गुमाउने योभन्दा धेरै भएको अनुमान स्वयं विश्व स्वास्थ संगठन (ध्ज्इ)ले गरेको छ । कम विकशित, सघन जनसङ्ख्या, कमजोर स्वास्थ सुरक्षा, कमजोर तथ्याङ्क र अन्धविश्वासले भरिपुर्ण समाजमा मृत्युको सङ्ख्या झन् धेरै हुने नै भयो । भारतमा मात्रै अहिलेसम्म तिनलाख १८ हजार मानिस कोरोनाले मरेको भन्ने सरकारी आँकडा छ तर अन्य आँकडाले सात लाखभन्दा बढी मानिसको मृत्यु कोरोनाको कारण भएको अनुमान गरिदैछ ।
नेपालमा पनि स्वास्थ सुरक्षाको प्रवन्ध खासै राम्रो छैन । एउटा कमजोर आर्थिक अवस्था भएको अविकशित मुलुकमा जे जे हुन्छ त्यो नेपालमा पनि भएको छ । कोरोनाको दोश्रो लहर पहिलोभन्दा भयानक भएर देखा परेको छ । शुरुमा यसल।ाई केही दिन वा हप्ताको निम्ता नदिएको र मन नपराएको पाहुना जस्तो ठानिएको थियो । तर यो त बर्षौंसम्म सताउने र झन्झन् बलियो हुदै ज्यानै लाने खालको अवस्थामा विकशित भइरहेको छ । यस्तोमा हामीले कोरोनासँगै बाँच्ने, जिउने अभ्यास गर्नु पर्ने देखिन्छ । यस्तो नहोस् तर भयो भने ः जस्तो कि कोरोना पटक पटक आइरह्यो, अझ खतरनाक हुदै आयो, हावाबाट पनि सर्न सक्ने क्षमता विकास गरेर आयो भने के गर्ने ? केही समय लक डाउन गरेर घरमै बसेका छौं । सबैका कामधन्धा, व्यपार व्यवसाय ठप्प भएको छ । केही दिन, हप्ता वा महिना त यसरी पनि चल्न सक्ला तर सधै यसरी चल्दैन । त्यसो भए के गर्ने ? हो, यो बारेमा पनि चिन्तन गर्न जरुरी भएको छ । अहिले प्रयोग गरेका सुरक्षात्मक उपायहरु मास्क, सेनिटाइजर, साबुनपानीले पटकपटक हातधुने, व्यत्तिव्यक्तिमा दुरी कायम गर्ने, भिडभाड नगर्ने केही उपायहरु हुन् । सायद अब यतिले मात्रै पुग्दैन । योभन्दा बढी पनि केही सोच्नु पर्छ ।
कोरोना लाग्दैमा मरिदैन तर कोरोनाले मर्न सकिन्छ । यसबाट सिक्नुपर्ने कुरा भनेको कोरोना लाग्दा घरमै बसेर निको हुन सक्छ, चिकित्सकको सल्लाह र सुझाव चाहिन्छ, अस्पतालको सेवा लिनु पर्ने हुन सक्छ, आइसियु र भेण्टिलेटर नै चाहिन सक्छ । यति सबै हुँदाहुदै पनि केही लाई बचाउन सकिदैन । मर्नेमा आपैm र आपूmले अत्यन्तै माया गरेका, आफ्नो जीवनका लागि एकदमै महत्व राख्ने मानिस पनि हुन सक्छन् र सक्छौं ।
मानिसको स्वभाव कस्तो देखियो भने आपूmलाई रोगले नसताउदासम्म हामीलाई रोग लाग्न सक्छ र त्यसबाट बच्नु पर्छ भन्ने सोच आउदैन रहेछ । यो मेरो आफ्नै पनि अनुभुति हो । मानिस जब ४० वर्ष पार गर्छ तब स्वास्थ समस्या हुन सक्ने खतराको ‘जोन’मा प्रवेश गरेको हुन्छ । जतिजति उमेर बढदै जान्छ रोगले लक्षण देखाउने र सताउने क्रम बढदै जान्छ । कोरोनाको पहिलो लहरमा लगभग सबै जसो रोगी मानिसलाई यसले अलि बढी नै दुखः दिएको र मृत्युको मुखमा पु¥याएको अनुभव सबैमा छ । तर दोश्रो लहरमा युवा र स्वास्थ देखिएका मानिसलाई पनि मृत्युको मुखमा पु¥याए पनि त्यो कम प्रतिशत हो र मृत्यु हुने धेरै जसो दिर्घ रोगीहरु नै छन् । यस्तो हुनुको कारण भनेको हाम्रो शरिरमा रोगसँग लडन सक्ने प्रतिरोधि क्षमतामा निर्भर देखिएको पाइन्छ । डा. योगी विकाशानन्दले एउटा कार्यक्रममा भन्नुभयो कोरोना समस्या होइन, समस्या हाम्रो रोग प्रतिरोधि क्षमता कम हुनु हो । यो भनाईमा सत्यता छ ।
कोरोनाले मात्रै होइन हरेक किसिमका रोगले कमजोर शरिरलाई नै बढी क्षति पु¥याउने हो । त्यसैले अब मानिसले आफ्नो शरिरको रोग प्रतिरोधि क्षमता (इम्युनिटि पावर) बढाउनु पर्छ । शरिरको प्रतिरोधि क्षमता बढाउने भनेको एलोपेथिक दवाईले खाएको केही घण्टाभित्र काम शुरु गरिहाल्ने जस्तो हुदैन । यो एउटा निरन्तर चल्ने लामो प्रकृया हो । यस्तो प्रकृया नियमित अपनाउदा नै शरिरको रोग प्रतिरोधि क्षमता मजबुत रहन्छ । एक हिसाबले हामी आफ्नो शरिरमा भएको प्रतिरोधि क्षमता जुन प्राकृतिकरुपमा नै हुन्छ त्यसलाई पनि बिगारिरहेका हुन्छौं । जस्तै हामीले नियमित खाने कुरालाई बढी नै स्वादिलो र छिटो छरितो कम झन्जटिलो एवं सुविधा युक्त बनाउने नाममा त्यसलाई विगारेर खान्छौ । धेरै खानेकुराबाट फाइबर हटाउने गर्छौं । यसले पेटमा समस्या पैदा गर्द । स्वादका लागि बढी गुलियो र नुनिलो खानेकुरा प्रयोग गर्छौैं । श्रमलाई हेंला ग¥यौं र श्रमबाट टाडिन थाल्यौं, यसले शरिर कमजोर भयो । जानेर वा नजानेर जीवन शैली अस्वस्थकर बनाउदै लग्यौं । राति अबेरसम्म जागा रहने, बेलुकाको खाना ढिलो खाने, खाना खाने बित्तिकै सुत्ने, विहान ढिलो हुठने, उठने बित्तिकै दुध र चिनी भएको चिया लगभग बिस्तरामा नै खाने, खानामा शुद्धता नहुने, पत्रुखानाको मात्रा बढदै जाने, सामान्य रोग लाग्दा पनि च्वाट्टै निको हुने भनेर कडा औषधिको भर पर्न थाल्यौं । आधुनिक जीवनशैलिले भौतिक सुविधा त थप्यो, भोग्यौं, तर मानसिक शान्ति हराउदै गयो र मानिस सबैथोक भएर पनि तनावमा बाँच्न थाले । तनावले पनि शरिरलाई कमजोर बनायो । यस्ता अनेक कारणले हाम्रो शरिरमा रोग प्रतिरोधि क्षमताको क्षय हुन पुग्यो र सामान्य रोगलाग्ने वित्तिकै शरिर हायलकायल हुने अवस्थामा पुग्यो ।
तपाई हामी सबैसँग अहिले टेलिभिजनको पहुँच छ । म तपाईहरुसँग एउटा सानो निवेदन गर्छु त्यो टेलिभिजनमा आएका विज्ञापन मध्ये खानेपिउने सामग्रिका विज्ञापन हेरौं । त्यसमा हाम्रो स्वास्थलाई फाइदा हुने कुनकुन बस्तुको विज्ञापन आउछ ? हामी र हाम्रा नानीहरु तिनै विज्ञापन हेरेर धारणा बनाउछौं र बनाउछन् । हाम्रा नानीहरु पढने स्कुलका नजिकमा कस्ता खाद्यबस्तु बिक्रिका लागि राखिएका छन् र ती कत्तिको स्वास्थवर्धक छन् ? के यस बारेमा हामीले कहिल्यै सोचेका छौं । त्यस्ता पसलमा पाईने धेरै खाद्य बस्तुमा कि नुनिलो हुन्छ कि गुलियो, जसले बालबालिकालाई बढी आकर्षण गर्छ । त्यसरी नै बजारमा हामीले खाने गरेको खाजामा मैदा, चिनी र अधिक नुन नभएको खाना कति पाइन्छ ? पटकपटक एउटै तेलमा तारेको भुटेको खाद्यबस्तु निकै हानिकारण हुन्छ भनेर कहिल्यै सोच्यौं ? चिसो पेय, जुस, इनर्जी ड्रिङ्स आदिमा पाइने के हो ? हामी अधिक मात्रामा तिनै बस्तु खाने र खुवाउने गर्छौं । श्रम बिनाको अधिक पोषणयुक्त खाना (माछा, मासु, अण्डा, गेडागुडि, घ्यु, पनिर, दुध आदि) खास उमेर पछि रोगको कारण बन्न सक्छ । बजारमा पाईने फलपूmल, तरकारी, खाद्यान्न आदिमा विषादिको मात्रा अधिक भएका कारण समस्या थपिने गरेको छ । यी सबैले हाम्रो शरिरमाथि नै अन्याय गर्ने हो । हामीलाई लाग्छ विरामी भए त अस्पताल र डाक्टर छन् नी । हो, छन् । निको पनि होइएला तर शरिर दवाईको टेकोले चल्ने अवस्थामा पुगेपछि कुनै एक टेको खुस्किने वित्तिकै फेरी अर्को समस्या थपिन्छ ।
तिसचालिस वर्ष पहिले अर्थात तिसचालिसको दशकमा मधुमेह, मुटुको रोग, क्यान्सर जस्ता घातक रोग अपवादको रुपमा मात्रै भेटिन्थ्यो । तर आज ती साह्रै कमन भएका छन् । यसको एउटै कारण हो हाम्रो जीवनशैली र खानपानमा आएको परिवर्तन । पचास नाघेका धेरै मानिस भन्ने गर्छन् पहिले खानै पुग्दैनथ्यो अहिले खान पुग्ने त भयो तर शरिरले (डाक्टरले) नखा भन्छ । यो भन्नेहरु घट्नेभन्दा बढने क्रम नै छ ।
अहिलेको यो अवस्थामा कोरोनाको महामारी थपियो । कोरोनाले भेटीहाल्छ कि भनेर जोगिदैछौं । कतिलाई भेटि रहेको छ । कतिलाई निलि रहेको छ । यसमा पनि के अनुभुति भएको छ भने जसलाई भेट्यो र कष्ट सहन वाध्य भए उनीहरुले चेतेका छन् तर जसलाई भेटेको छैन उनीहरुलाई हामीलाई अर्थात मलाई कोरोनाले भेट्दैन भन्नेमा ढुक्क जस्तै छौं । सोच्नु त यो पर्छ कि म बाहेक सबैलाई कोरोना छ म जोगिनु पर्छ वा मलाई कोरोना भइसकेको छ मैले अरुलाई कोरोना सार्नु हुदैहुदैन । कतै मेरो असावधानिले अरुमा कोरोना सरेछ भने मैले ठुलो गल्ति गरेको हुनेछु भन्ने बोध हुनुप¥यो ।
अब मास्क, सेनिटाइजर, साबुनपानी, सामाजिक दुरी, निरन्तर घरको बासले मात्रै हामीलाई सधै सुरक्षित गर्न सक्दैन र यस्तो जीवन सधैका लागि सहज पनि हुदैन । रोग लागे अस्पताल छदैछ, डाक्टर छन्, पैसा छ अहिलेलाई मन लागेको खाऔं, गरौं भन्ने अवस्थाको अन्त्य गरेर फाइदाजनक आहार, नियमित श्रम वा व्यायाम, तनाव मुक्त दैनिकि र सरसफाईमा राम्ररी ध्यान दिन सके शरिरको रोग प्रतिरोधि क्षमता बढने छ । यदि हामीमा प्राकृतिकरुपमै प्रतिरोधि क्षमता बढी भएमा कोरोना लगायतका रोगव्याधिहरुलाई जित्न सकिने छ । स्वास्थ जीवनका लागि रोग लागि हालेमा उपचार गरौंला नि भन्ने सोचभन्दा रोग नै लाग्न नदिने सोच र तदनुरुपको जीवनशैली आजको आवश्यता हो ।