पूर्वी नेपालको प्रदेश न.१ उदयपूर जिल्लाको बेलका नगरपालिकाअन्तर्गत पर्ने ‘मैनामैनी’ नामले चिनिएको धार्मिक ग्रन्थहरुका आधारमा अत्यन्तै महत्वपूर्ण र पवित्र तीर्थस्थल पर्दछ ।
प्राचीन पुराण तथा ग्रन्थहरुका आधारमा हिमाल पर्वतका छोराको नाम मैना र छोरीको नाम पार्वती थियो । हिमालय पर्वतकी छोरी बढ्दै गइन् र विवाहयोग्य भएपछि भगवान श्री विष्णुलाई छोरी पार्वती कन्यादा दिने निधो गरी विवाहको समाना जुटाउँदै लग्नसमेत ठह¥याउने काम भयो ।
बैकुण्ठमा यो खबर दिनका लागि नादरदलाई पठाइयो । छोरीको विवाहमा आफ्ना गुरु वशिष्ठ, वृहस्पति, प्रभृति, सम्पूर्ण देवताहरु, ऋषिगण सबैलाई हिमालय पवर्तनले निमन्त्रणा गरे । मेनकाले आफ्नो छोरीको विवाहमा आवश्यक सबै गरगहना, हिरामोती, मणिमाणिक्य आदिले भरिपूर्ण पारी वस्त्र अलङ्कार पहि¥याई छोरी सिङ्गारी राखेकी थिइन् ।
पार्वतीका साथी (सखी) हरुले पनि विवाहको खबर पाएपछि सबै सखीहरु पार्वतीलाई भेट्न गए । उनीहरुले भने, ‘तिम्रो आज विवाह हुँदैछ, विष्णुलाई कन्यादान दिन्छन्’ यति सखीहरुले कुरा सुनी सकेपछि पार्वतीको मनमा सन्देह उत्पन्न हुन्छ र भन्छिन्, ‘मैले बाल्यअवस्थादेखि नै श्री महादेव पति पाऊँ भनी आराधना गरिरहेकी छु, यदि महादेवलाई दिएनन् भने म आत्महत्या गरी मर्दछु ।’ यति पार्वतीका वचन सुनी सखीहरु भन्छन्, ‘हे पार्वती त्यसो भए तिमी यहाँ नबस, तिमीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर आउँछौँ ।
हिँड यहाँ बस्यौ भने केही बेरमै तिमीलाई लैजान्छन भन्दै सखीहरुले नदीका किनारका वनमा लगी कसैले नदेख्ने ठाउँमा लुकाई आए । पार्वतीले नदीको किनारमा वालुवाको शिवलिङ्ग बनाई महादेवको पूजा आराधना गरी कठोर तपस्या गर्न लागिन् । पार्वतीको तपस्याले इन्द्रको आसन डगमगायो ।
किनकी इन्द्र पनि पार्वतीको विवाह शिवसँग होस् भन्ने पक्षमा थिएनन् । त्यसैले उनको तपस्या भङ्ग गर्न इन्द्रले प्रघोष र दमघोष नाम गरेका दुई सेनागणलाई पठाए । ती सबै तपोबलका प्रभावले पार्वतीको आँखाबाट अग्नी उत्पन्न भई ध्वस्त भए । उनका दाजु अर्थात् । पार्वतीका दाजु अर्थात् हिमालय पर्वतका छोरा मैना र उनकी रानी मैनीले पनि पहिले त नाङ्गाभुतुङ्गा, अर्धाङ्गी, भूतप्रेत, नन्दीभृङ्गीका साथमा बस्ने खरानी घस्ने, विषभाङ, धतुरो खाने, सर्पको माला लगाएर हिँड्ने बौलाहा शिवसँग के विवाह गर्छेस् भनेर बहिनीको तपस्यालाई समेत बाधा पु¥याउँदथे ।
तर, पार्वतीले यी बाधा विघ्न, समस्या र कष्टलाई कुनै पर्वाह नगरीकन एकचित्तले परमात्मा भोलेबाबाको चिन्तनमा ध्यान लगाइन् । पछि त दाजुभाउजु (मैनामैनी) पनि भोलेबाबाको शक्तिबाट प्रभावित भई शिवका भक्त बनी बहिनी पार्वतीले शिवजस्ता भोलेनाथलाई पति रोजेकीमा समर्थन जनाएका थिए ।
त्यसपछि शङ्कर भोलेनाथ २० वर्षीय तरुण युवाका रुपमा प्रकट भई दुवै मिहालय पर्वत छेउमा गए । शिवपार्वतीको विवाह सम्पन्न भयो । प्राकृतिक सौन्दर्यतको दृष्टिले मात्र होइन परमात्मा भोलेबाबाको नामसँग जोडिएको छ, ‘मैनामैनी’ ।
साविक मैनामैनी गाविस वडा नंं २ मैनाकुट पर्वतमा पर्ने यो पवित्र तीर्थ स्थलमा अहिले पनि करिब ४० थान जति देवशिलाहरु, मैनामैनी देवीथान, दर्शनीय शिवलिङ्ग छन् । जुन शिव लिङ्ग पार्वतीले बनाएको महादेव पति पाऊँ भनी वालुको शिव लिङ्गको प्रतीकका रुपमा मानिन्छ । यसरी परमात्मा भोलेनाथको ससुराली घर गाउँ आज यातायात, विद्युत, यात्रुहरुलाई बस्ने खाने सुविधाको अभावले अलपत्र परिरहेको छ ।
यो शास्त्रीय प्रमाणमा आधारित तीर्थस्थललाई ब्यापक प्रचारप्रसार गरी जनजनमा पु¥याउन सके, सरकार र स्थानीय निकायको ध्यान पुग्न सके राष्ट्रकै गौरव बढाउने तीर्थस्थलका रुपमा विकास गर्न सकिन्छ । अस्तु ।