करिब २ वर्षअघि ‘नेपालका लागि नेपाली’ अभियान सञ्चालन गरेका डा. सुरेन्द्र भण्डारीले उक्त अभियानलाई राजनीतिक दलका रूपमा दर्ता गरेका छन् । अभियानबाट सुरू भएको नेपालका लागि नेपाली किन राजनीति दलका रूपमा दर्ता गरियो भन्ने विषयमा ब्लाष्टकर्मी खिलानाथ विश्वकर्माले गरेको कुराकानीः
करिब २ वर्ष नेपालका लागि नेपाली अभियान रूपमा सञ्चालन गर्नुभयो ? अभियानका रूपमा रहँदा उपलब्धि कस्तो रह्यो ?
‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टचारको विरूद्धमा लेखेर, सेमिनार, गोष्ठी र बैठक गरेर मात्र हुँदैन । भ्रष्टचारलाई निरूत्साहित गर्नका लागि नागरिक नै लाग्नुपर्छ, सर्वसाधरण नै सडकमा जानुपर्छ । नेपालमा भ्रष्टचार विरोधी अभियान नागरिकले नै गर्नुपर्छ भन्ने संस्कार बसायौं । यो हाम्रो सफलता हो । हामीले भ्रष्टचारको विरोध मात्रै गरेनौ । भ्रष्टचार हुने कारणहरू के के छन? समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा पनि सडकबार्टै अगाडि सा¥यौ ।
भ्रष्टचार हुनका कारण के रहेछन् ? कसरी समाधान हुनसक्ने रहेछ नि ?
भ्रष्टचारका ६ वटा करणहरू छन् । पहिलो कारण निर्वाचन हो । निर्वाचन महङ्गो छ । उम्मेदवारले टिकट किन्नुपर्छ । मतदाता किन्नुपर्छ । गुण्डा परिचालन गर्नुपर्छ । निर्वाचन विजय गर्नका लागि भोजभतेर गर्नुपर्छ । साथै सक्नेले धाँधली पनि गर्छन् । यो निर्वाचन प्रणाली स्वच्छ छैन । पदमा जान ठुलो धनराशी खर्च गर्नुपर्छ । पदमा पुगेपछि राज्यलाई दोहन गरेर पैसा कमाउनु पर्छ भन्ने संस्कार बसेको छ । भ्रष्टचारको स्रोत नै निर्वाचन भएकाले सुधार लागि निर्वाचन प्रणालीमा आमुल परिवर्तन गर्नुपर्छ । प्रधानमन्त्री प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ । किन प्रत्यक्ष हुनुपर्छ भने २ तिहाई मत प्राप्त प्रधानमन्त्री भएपनि केही सांसदहरू, केही गुट मिलेमा प्रधानमन्त्रीलाई आछुआछु पारी पद माग्ने र उनीहरूले पदमा गएपछि उनीहरूले गरेको भ्रष्टचाकरको साक्षी बस्नु पर्ने हुदो रहेछ । यदी प्रत्यक्ष निर्वाचित भएमा यस्तो अवस्था आउँदैन । दोस्रो, मन्त्रीहरू सांसद बन्नुु हुँदैन । सांसद मन्त्री बन्न पाउने भएपछि सांसदहरू निर्वाचन जित्नका लागि करोडौँ खर्च गर्छन् । मन्त्री भएपछि राज्यको दाहोन गर्न थाल्छन् । त्यसैले सांसद मन्त्री हुनुहुँदैन । विशेषज्ञ मन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ । सांसदको सङ्ख्या घटाउनुपर्छ । धेरैमा १ सय १२ जनासम्म सांसद दिनुपर्छ । बिदेशमा बस्ने नेपाली नागरिकले पनि मतदान गर्न पाउनुपर्छ । त्यसो भएमा भ्रष्ट मानिस पराजित हुन्छन् । भ्रष्टचार हट्छ ।
अहिलेका अभियान व्यवसाय जस्ता भएका छन् तपाइको अभियान कस्तो थियो ?
राम्रो कुरा गर्नुभयो । हामी अभियानमा प्रायः पेशाकर्मीहरू थियौ । हामी आफै कमाउने मान्छेहरू । हामीले अभियानका लागि सहयोग लिएनौ । गोजीको पुँजी खर्च गरेर अभियान सञ्चालन ग¥यौ । तर, अहिले अभियान पैसा कमाउने माध्यम बनेका छन् । अभियानमा चर्को रूपमा कराउने, कुटाई खाने, कुटाइएको भन्ने परपञ्च रच्ने र जसरी हुन्छ हाइलाइटमा आउने गरिन्छ ।
अभियानलाई अन्ततः राजनीतिक दलमा परिणत गर्नुभयो । अभियान असफल भएको हो ?
पञ्चायत कालदेखि सबै सत्ता सञ्चालन गर्ने र कर्मचारीहरको सम्पती छान्विन गर्नुपर्छ भन्यौ । त्यसका लागि निष्पक्ष र शक्तिशाली नागरिक आयोग निर्माण गर्नुपर्छ । आयोगले छानविन गरि राज्यको दोहन गरेर कमाएको अकुत सम्पत्ती जफत गर्नुपर्छ । त्यो सम्पत्ती युवाको रोजगारी, शिक्षा, स्वास्थ्य र गरिवी निवारणमा लगाउनुपर्छ । अभियानले नागरिकमा यो चेतनाको विकास गरेका छौँ । त्यसैले अभियान सफल भयो ।
आयोग त अहिले पनि छन् । कस्तो आयोग बनाउने परिकल्पना गर्नु भएको हो ?
अहिले पनि आयोग छन् । तर, अहिलेको आयोगमा सरकारका आफू निकट कार्यकर्ता नियुक्त गर्ने थलो बनेका छन् । हामीले भनेको नागरिक आयोग पनि सरकारले नै बनाउने हो । समाजले पत्याएका, निष्कङ्कित, भ्रष्टचारमा नुमछिएका व्यक्तिलाई आयोगमा राख्नुपर्छ । जसले सरकारकै पनि छानविन गर्नसक्ने सकोस् । अहिले प्रधानमन्त्रीलाई कसैले पनि छानविन गर्न सक्दैन । हामीले परिकल्पना गरेको आयोगले छानविन नै प्रधामन्त्रीबाट सुरू गर्ने खाल्को हो ।
अभियान सशक्त र सफल भयो भन्नुभयो,तर उपलब्धि खासै देखिँदैन नि ?
भ्रष्टचार हुनुको तेस्रो कारण शिक्षा, स्वास्थ्यलाई व्यापारीकरण गरियो । शिक्षा स्वास्थ्यमा व्यापारीकरण भएकै कारणले सबै नभएपनि धेरै कर्मचारीहरू आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षालय, स्वास्थ्यलय पठाउका लागि कर्मचारीले भ्रष्टचार गर्दछन् । हामीले शिक्षा र स्वास्थ्य जवसम्म निशुल्क, सर्वसुलभ र गुणस्तरीय हुँदैन तवसम्म भ्रष्टचार रोकिँदैन भन्यौ । आज सबै राजनीतिक दल, अभियान्ता र नागरिकसमेतको मुद्दा बनेको छ । यो उपलब्धि हो ।
घोषणपत्रमा भ्रष्टचार मौलायो, राष्ट्रियता कमजोर भयो, राजनीतिक व्यापारीकरण भयो । यसलाई निरूत्साहित गर्न अभियान सञ्चालन गर्नुभयो । यी कुरा त अभियान सुरू भएपछि झन् बढ्यो । अनि सफलता भन्न मिल्छ ?
यहाँले कस्तो राम्रो प्रश्न राख्नु भयो । समाजमा यहि कुरा समस्या भयो । हाम्रा राजनतिक दल र राजनीतिज्ञ असफल भए । यिनीहरूको असफलताका सिर्जित समस्या हो यो । हामीले उठाएका समस्या ठिक रहेछन् भन्ने स्थापित भयो । हो, यिनीहरूलाई हटाउन सकिएको छैन । यो असफता हो । तर, अभियानबाट नागरिक समस्याबारे प्रष्ट भए, यिनीहरूलाई हटाउनु पर्छ भन्ने चेतना आएको छ । यो सफलता हो । यिनीहरूलाई हटाउन कि आन्दोलन हो कि निर्वाचन हो । आन्दोलनदेखि हटाउन कोभिडको महामारी छ । सडकमा आउन सक्ने अवस्था छैन । अभियानले हटाउन नसक्ने भएकाले निर्वाचनदेखि हटाउन राजनीतिक दल घोषण गरेका हौँ ।
नागरिकको चेतना बृद्धि भयो भन्नु हुन्छ । अभियान काठमाण्डौँ केन्द्रित गर्नुहुन्छ, भन्दा म गलत हुन्न नि ?
तपाई गलत हुनुहुन्न । केही समय हाम्रो अभियान मुलुक भरि नै थियो । हामीले मेचीदेखि महाकालीसम्म अभियान सञ्चलन ग¥यौ । धेरै चाँही काठमाण्डौमा भएको सत्य हो । कोभिडको कारणले जती काठमाण्डौँमा ग¥यौ, त्यती राष्ट्रव्यापी रूपमा गर्न सकिएको छैन् । त्यसले गर्दा आन्दोलन काठमाण्डौ केन्द्रित भयो भन्ने देखियो त्यो कुरा साचो हो । जसरी मुलकभर बनाउनु पथ्र्यौ । त्यो सकिएको छैन । त्यो आवश्यकता छ भन्ने महसुस भएको छ ।
राजनीतिमा व्यापारीकरण भयो भनेर राजनीतिक दल विरूद्धमा अभियान सञ्चालन गर्नु भयो । अन्ततः तपार्इं पनि राजनीतिक दल नै दर्ता गरी राजनीति मै आउनु भयो किन ?
ठिक भन्नु भयो । नेपालका राजनीतिक दलहरू बिदेशमुखी छन । यिनीहरूको स्थापना नै बिदेशमा भयो । बिदेशीवाद, बिदेशी विचार बोकेका, आफ्नो मुलुकको मौलिक राजनीतिक विचार नै नभएका, बिदेशीबाट सञ्चालित भएकाले नेता र राजनीतिक दल असफल भए । असफल राजनीतिलाई रोक्नका लागि नेपाली मौलिक चिन्तन, विचार बोकेको, नेपाली इतिहास, परम्परा र सभ्यतामा आधारित पार्टी चाहिन्छ । जसले नेपाललाई एकिरकण गर्छ र पराधिन हुनु पर्दैन । अवको पार्टी पृथ्वीनारायण शाहले अघि सारेको विचार वा पृथ्वी पथमा आधारित हुनुपर्छ भनेर दर्ता गरेको हौँ । हाम्रो पार्टीको जस्तो सैद्धान्तिक र बैचारिक धरातल भएको दल हामी मात्रै हौँ । यो अन्य भन्दा विलकुल फरक छ ।
तपाईंको राजनीतिक दलको कार्य दिशा कस्तो छ ?
पहिलो योजना भ्रष्टचार नियन्त्रण हो । दोस्रो राष्ट्रियताको संरक्षण । राष्ट्रियताको संरक्षणमा पहिलो भूभागको रक्षा गर्ने । तेस्रो धर्म, सभ्यता सस्कृति र परम्परा माथि नै आक्रमण भएको छ । त्यसैले राष्ट्रियता बचाउनका लागि धर्म र परम्परा बचाउनुपर्छ । नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएको छ । अव, हिन्दु बौद्ध र किरातसहितका धर्मको रक्षा गर्दै वैदिक सनातन धर्म बनाउने कार्यदिशा हो । राजा, सेना र नागरिक छिन्नभिन्न भएका छन् । यिनीहरूलाई जोड्नुर्छ । राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने, सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षताको खारेजी र भ्रष्टचारको अन्त्य गर्ने प्रमुख कार्यदिशा हो ।
नेपालमा यति धेरै राजनीतिक दलको आवश्यकता छ ?
छैन । राजनीति सेवा हो व्यवसाय होइन । अहिले राजनीतिलाई व्यवसाय बनाएका छन् । यसका विरूद्धमा हामी छौँ । स्वस्थ राजनीति स्थापित भएपछि राजनीतिक दल घट्छ । अहिलेको राजनीतिलाई हेर्दा २ वटा खेमामा धुव्रिकरण छन् । एकतर्फि हामी अर्कातिर सबै राजनीतिक दल छन् । हामी सानो छौँ । निर्वाचनमा पनि गएका छैनौ । अव, हामी निर्वाचनमा गएपछि एकातिर ‘नेपालका लागि नेपाली पार्टी’ हुन्छ भने अर्कोति सबै हुन्छन् ।
परिवर्तनका लागि के गर्नुहुन्छ ?
हतियार बोकि मान्छे मारेर गरेको परिवर्तन फाइदा भएन भन्ने बुझ्नुपर्छ । १० वर्षे जनयुद्धले १७ हजार मान्छे मारे । समाजमा परिवर्तन आएन । केही व्यक्तिले अकुत सम्पती कमाए तर नागरिकको जनजिविकामा परिवर्तन भएन । राजनीतिमा सद्धिान्त, प्रवृति र व्यक्ति गलत भए । त्यसैले शान्तीपुर्ण आन्दोलनका लागि नेपालका लागि नेपालीलाई साथ दिनुपर्छ ।
लामो बलिदानीबाट आएको सङ्घियतासहित गणतन्त्रको खारेजी र राजतन्त्र स्थापना सम्भव छ र?
हामीले राजतन्त्र होइन राजसंस्था भनेका छौँ । राजतन्त्र र राजसंस्थामा फरक हो । राजतन्त्र भनेको राजाले नै शासन गर्ने हो । हामी राजतन्त्र चाहदैनौ । राजा चाही राष्ट्र प्रमुख भएर, एकताको प्रतिक भएर बस्नुपर्छ । राजाले राजनीति, शासन गर्ने होइन । राजनीति शासन नागरिकका प्रतिनिधिले दलीय रूपमा गनुपर्छ । हिजो गलत मान्छे र दलहरू गलत कार्य गरे त्यसलार्इृृ सुधार गर्नुपर्छ । सबै कुरा सुधार गर्नका लागि हामी मात्रै प्रयाप्त छैनौ । राष्ट्रपतिले दलिय स्वार्थमा कार्य गर्नुभयो । राजनीति भन्दा माथि उठेको राजसंस्था हुनुपर्छ भन्ने प्रष्ट भएको छ । महेश बस्नेत साथै ५ जना पूर्व प्रधानमन्त्रीहरूले गणतन्त्र, सङ्घियता, धर्म निरपेक्षता सङ्कटमा प¥यो भनिसके । उनीहरूले बुझिसकेका छन् । आफ्नै करणले मात्रै यो प्रणाली ढल्दैछ । उनीहरू चिन्तित छन । त्यसैले अव गणतन्त्र नेपालमा आवश्यक छैन । गणतन्त्र नेपाली जनताले लिएको होइन पनि चाहँदैनन पनि । गणतन्त्र त भारतले लिएको हो । त्यसैले अव यो ढल्दैछ राजसंस्थासहित लोेकतन्त्र स्थापना गर्न सबै एकजुट हुनुपर्छ ।
राजा कसरी ल्याउने परिकल्पना गर्नु भएको छ ?
राजा २ तरिकाले ल्याउछौँ । पहिलो नागरिकको शान्तीपुर्ण आन्दोलन हो भने दोस्रो निर्वाचनमा हो । निर्वाचनमा विजय पश्चात संविधानलाई संशोधन गरि राजा लिएर आउछौँ ।
नेपाल जस्तो बुहजातीय देशमा वैदिक सनातन हिन्दू धर्म बनाउनु राम्रो हो र ?
हामीले एउटा मात्रै धर्म भनेका छैनौ । हिन्दु, बौद्ध, किरातलगायत वैदिक सनातन भनेका छौँ । सबैले मानिएको धर्म मान्न पाउनुपर्छ भनेको हौ । किरात नेपालमा मात्रै छ । यस्ता धर्मका संरक्षण गर्नुपर्छ । यो त सभ्यता हो । हामीले हिन्दु भनेका छैनौ मौलिक धर्मको रक्षा गर्दै वैदिक सनातन धर्म हुनुपर्छ ।
कुन चाँही धर्म हुदैन भन्न खोज्नु भएको हो ? भविष्यमा धार्मिक युद्धको सम्भावना देख्नुहुन्न ?
हामी इसाई धर्मको पक्षमा छैनौ । धर्मलाई रूपान्तरण गर्नु हुँदैन । इसाई धर्म पैसाका कारण रूपान्तरण हुँदैछ । हामी यस्तालाई कारबाही गर्न चाहान्छौ । सनातन भनेपछि धार्मिक युद्ध हुँदैनन् ।
लामो सङ्घर्ष र जनताको बलिदानीबाट आएको गणतन्त्र/सङ्घीयता फाल्न सक्नुहुन्छ ?
नेपाली जनताले गणतन्त्रका लागि आन्दोलन गरेका छैनन् । २०६२÷६३ को आन्दोलनमा सङ्घियताको मुद्दा थिएन । सङ्घियता बचाउन राजस्व भन्दा बढि ऋण लिनुपर्छ । सैद्धान्तिक रूपमा सङ्घियता राम्रो हो । तर, नेपालमा राम्रो होइन । नेपालको ८० प्रतिशत बजेट चालु खर्चमा हुन्छ । त्यसैले सङ्घियताले मुलुकमा समृद्धि आउँदैन । सङ्यिता हामीले हटाउनु पदैन । आफै हट्छ ।
२०६२/६३ को आन्दोलन केका लागि थियो त ?
त्यो आन्दोलनमा काही पनि गणतन्त्र भन्ने नारा लागेको छैन । संसद पुनस्थापना र निरंकुशताको अन्त्यका लागि भएको आन्दोलन हो । राजाले राजनीति गरेका कारणले आन्दोलन भएको हो । राजसंस्था हटाउन नभई राजालाई संविधान भित्र ल्याउनका लागि गरिएको आन्दोलन थियो ।
१० प्रतिशत राजतन्त्रको पक्षमा जनमत नभएको मुलुकमा राजतन्त्र ल्याउने कति सम्भावना देख्नु हुन्छ ?
धेरै सम्भावना छ । अहिले गाउगाउँमा राजसंस्थाको माग हुन थालेको छ । ७० प्रतिशत गणतन्त्रको विरूद्धमा छन् ।
पार्टीको सङ्गठानिक संरचना कस्तो हुन्छ ?
पार्टी निर्वाचन आयोगमा दर्ता गर्नु पर्ने भएकाले कानुनअनुसार गर्नु प¥यो । तर, हाम्रो संरचना केन्द्र, जिल्ला र स्थानीय तहमा हुन्छ । प्रदेश हुँदैन ।
पार्टी भर्खरै दर्ता गर्नु भएको छ । कहिले होला सत्ता प्राप्ति ?
अहिलेका राजनीतिक दल प्रतिको वितृष्णा हेर्दा आउने निर्वाचनमा नै सत्तामा पुग्ने राम्रो सम्भावना छ ।