के तपाई आफ्नो सवारी साधनको सुरक्षा को बारे मा चिन्तित हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईं सही लेख पढ्दै हुनुहुन्छ किनकि यस लेखमा तपाईं कसरी जीपीएस ट्र्याकर प्रयोग गरेर आफ्नो सवारी साधन सुरक्षित बनाउन सक्नुहुन्छ भनेर जान्न सक्नुहुनेछ ।
हामी सबैलाई थाहा छ कि गाडीहरू चाहे ती बाइक हुन् वा कार धेरै महँगो सम्पत्ति हुन् । हाम्रो देश मा एउटा मोटरसाइकल को औसत मूल्य साँढे तिन लाख पर्दछ, जो कुनै व्यक्ति को लागी एकै पटक मा तिर्न सकिने सानो रकम हैन। यदि कसैले एक पटकमा यति धेरै पैसा खर्च गरेर गाडी खरिद गर्दैछ भने, ति व्यक्तिले त्यो गाडी लामो समयको लागि प्रयोग गर्ने सोच राखेका हुन्छन, तर यदि कसैले तपाईंको गाडी खरीद गरेको भोलिपल्ट चोरी गरे भने ?
सामान्यतया, सवारी चोरीको बारेमा कल्पना मात्र गर्दा पनि कुनै पनि सवारी मालिकको दिमागमा डर उत्पन्न गराउन सक्छ । तसर्थ ट्र्याककन जीपीएसको ट्र्याकर मार्फत आफ्नो मोटरसाइकल र कारलाई सुरक्षित गरेर तपाईले त्यस्ता सवारी चोरहरुबाट आफ्नो सवारीलाई बचाउन सक्नुहुन्छ ।
ट्र्याकन प्रा लि ले vehicle security लाई मध्यनजर गर्दै आज बजारमा एक नवीन ट्र्याकिंग प्रणाली प्रस्तुत गरेका छौँ। ट्र्याकन प्रा लि ले ट्र्याकन जीपीएस नामक ट्र्याकिंग उपकरण प्रदान गर्दछ, साथै जीपीएस मार्फत प्राप्त भाएको डेटालाई ट्र्याकन एप मार्फत सजिलै सँग मनिटर गर्न सकिने समेत जानकारी गराउँदछौँ। हाम्रो ट्र्याकिंग उपकरणले तपाईंको आवश्यकताको आधारमा विस्तृत कार्यक्षमता प्रदान गर्न सक्दछ ।
यसमा real–time ट्र्याकिंग, geofence, ओभर–स्पीड अलर्ट, एन्टी–थेफ्त(anti–theft) अलर्ट सहित एप मार्फत इञ्जन बन्द र पुनः सुचारु गर्न सकिनुको साथै अन्य धेरै सुरक्षा विशेषताहरु समावेश छन।
कसरि यो आईडिया को सिर्जना भयो त ?
पहिलो लक्डाउन पछि को कुरा हो हाम्रो ओरिपरिको स्थानहरुमा विभिन्न सवारी चोरीका घटना हरु सार्वजनिक हुन थाले । भिभिन्न पत्रपत्रिका एवं अनलाईन न्यूजपोर्टलमा समेत दैनिक एकाध सवारी साधनहरु हराईरहेका, चोरी भईरहेका समाचार पढ्न पर्थ्यो, कहिँले काहिँ चोरी गर्ने गिरोह नै समातिएको खबर सार्वजानिक भएतापनि चोरी गरिएको गाडीहरु भने सकुसल भेट्न निकै नै मुस्किल पर्ने गर्थ्यो। अझ सवारी चोरी गर्ने गिरोहमा स्थानीय ग्यारेज मेकानिक हरुको समेत संलग्नता देखिन थालेपछि त झन गाडीहरु सिंगल पिस मा भेटिने कुरै भएन। यस्ता समाचारहरुले हामी आक्रोशित भए सँगै कतै हाम्रो साधन पनि चोरी हुने त हैन भन्ने डर मिश्रीत आभास समेत भईरहेको थियो ।
यसै क्रम मा हामीले भिभिन्न ट्र्याकिंग डिभाईस को अनलाईन खोजि गर्न थाल्यौं।हामीले एउटा डिभाईस दराज भन्ने अनलाईन प्लाटफर्म बाट खरिद पनि गर्यौं र चलायौँ पनि तर चाइनिज सर्भर साथै चित्तबुझ्दो मोबाइल एप नभएका कारण जीपीएस accurate नहुने र डेटा समेत ढिलो प्राप्त हुने समस्याको सामना हामीले गर्नु पर्यो।
केहि नेपाली जीपीएस प्रदायक नि थिए तर उनीहरुको शुल्क धेरैनै महँगो भएका कारण हामीले चाइनिज जीपीएस प्रदायक चयन गर्नु परेको थियो। र यस्तै अनेकन कठिनाई एवं आफुले चाहेजस्तो ट्र्याकिंग समाधान नभेटेका कारण सिर्जना भयो ट्र्याकन जीपीएस को आईडिया ।
ट्र्याकन ट्र्याकिंग उपकरणको फाइदाहरुः
यस जीपीएस ट्रैकर को फाइदाहरु यस प्रकारका छन्ः
१. एन्टी–थेफ्त अलर्टः
यो फिचर ट्र्याकन जीपीएस ट्र्याकरको सबैभन्दा महत्त्वपूर्ण फिचरहरू मध्ये एक हो किनभने यसले तपाईंको गाडी चोरी वा कसैको जानी जानी क्षति पुर्याउने मनसाय छ भने त्यस्ता शंकास्पद गतिविधि हुनबाट बचाउँछ । अब तपाई सोच्नुहुन्छ कि सानो जीपीएस उपकरणले कुनै शंकास्पद गतिविधिबाट कसरी सचेत गराउन सक्छ ।
मानौं तपाईं सामान्यतया मोटरसाइकलमा अफिस जानुहुन्छ, तर तपाईं अफिस पर्किङ्ग क्षेत्रमा तपाईंको मोटरसाइकल राख्नुहुँदा एक शंकास्पद व्यक्तिले तपाईंको बाइकमा केही दिन नजर राख्दछ, र तपाईंलाई त्यो कुरा थाहा छैन ।
अब, एक दिन त्यो शंकास्पद व्यक्तिले तपाईंको मोटरसाइकल चोर्ने निर्णय गर्दछ, र उसले यसलाई चोर्न खोज्छ । यदि तपाईंसँग आफ्नो बाइकमा ट्र्याकन उपकरण स्थापना गरिएको छ भने, तपाईं आफ्नो मोबाइल मा एक एन्टी–थेफ्त अलार्मको फिचर पाउनुहुनेछ र यदि बाइक पहिले नै चोरी भएको छ भने उसलाई ट्र्याक गर्न सक्नुहुनेछ ।
२. सुरक्षित–क्षेत्र(safe –zone) निर्माण:
माथि दिइएको उपशीर्षक हेरेपछि तपाईले सोच्दै हुनुहुन्छ होला कि यती सानो जीपीएस उपकरणले कसरी प्रयोगकर्ताका लागि सुरक्षित क्षेत्रहरू बनाउन सक्छ तर वास्तवमा यो कुरा ट्र्याकन जीपीएस ट्र्याकिंग एपको प्रयोगबाट गर्न सकिन्छ।
ट्र्याकन जीपीएस स्थापना गरेपछि, मोबाइल एप मार्फत तपाई कुनै विशेष जियो–फेंस, एक सेफ–जोन मार्क गर्न सक्नुहुनेछ ताकि जब जब तपाइँको मोटरसाइकल त्यस क्षेत्रमा प्रवेश गर्दछ वा त्यस क्षेत्रबाट बाहिर निस्किन्छ तपाइँलाई टाईम स्ट्याम्पहरूको साथ आफ्नो स्मार्टफोनमा एक द्रुत सूचना प्राप्त हुनेछ। साथै, तपाईंको आवश्यकता अनुरूप असीमित सुरक्षित–क्षेत्रहरू बनाउन सक्नुहुन्छ।
३. Real–Time ट्र्याकिंगः
हामीले पहिलो बुँदामा छलफल गरिसकेका छौं कि जब कसैले तपाईको गाडी चोर्न कोशिस गर्दछ यस ट्र्याकरको सहयोगमा तपाईले तत्काल सूचना पाउनुहुनेछ। हो ठिक त्यतिनै बेला ट्रयाकअन एप मा भएको अर्को महत्वपुर्ण फिचर Real–Time ट्र्याकिंगले मुख्य भुमिका निर्वाह गर्दछ। यस फिचारको मदत बाट त्यस चोरलाई थाहा नै नदिकन वास्तविक स्थान पत्ता लगाई चोरी पक्रन सकिन्छ ।
४. ओभर–स्पीड अलर्टः
जब तपाईं आफ्नो बाइकलाई आफ्नो साथी वा अरू कसैलाई दिनुहुन्छ तब यो फिचर अत्यन्तै फलदायी सावित हुन सक्छ। ट्र्याकरन जीपीएस ट्र्याकिंग एप मार्फत तपाईंले आफ्नो इच्छा अनुसार गति सीमा सेट गर्न सक्नुहुनेछ। जब त्यस व्यक्तिले गति सीमा पार गर्दछ, तपाईंले आफ्नो मोबाइलमा तत्काल सूचना प्राप्त गर्नुहुनेछ ।
५. सानो आकार एवं हल्का वजनः
यस ट्र्याकरन जीपीएसको आकार पेनड्राइभ जत्रै र वजन अत्यन्तै थोरै(२६ ग्राम मात्र) भएको कारण तपाईंले आफ्नो मोटरसाइकल वा कारको जुनसुकै स्थानमा लुकाउन सक्नुहुनेछ ।
उद्देश्यः
हाम्रो उद्देश्य भनेको नेपालमा प्रभावशील जीपीएस ट्र्याकिंग तथा नेभिगेसन, सवारी सुरक्षा प्रणाली एवं व्यक्तिगत सुरक्षाको क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने हो ।