अश्लिल भिडियाे बनाएकाे भन्दै १९ जुलाइमा पक्राउ परेका भारतीय अभिनेत्री शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रालाई अदलतले १४ दिनका लागि न्यायिक हिरासतमा लिन अनुमति दिएकाे छ ।
मुम्बइ अपराध महाशाखामा फेवरुअरीमै पाेर्नाेग्राफी र्याकेटको पर्दाफास भएकाे भए पनि प्रसिद्ध व्यापारी र शिल्पा शेट्टीका पति राज कुन्द्रासँग जाेडिन पुगेपछि प्रहरीले अनुसन्धानलाइ तीव्रता दिएकाे थियाे ।
अश्लील भिडियो बनाउने मामलामा फसेकी शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रालाई १४ दिनको लागि न्यायिक हिरासतमा राखिएको छ। उनलाई जुलाई १ मा मुम्बइ प्रहरीकाे अपराध शाखाले पक्राउ गरेको थियो। पाँच महिनासम्म चलेकाे जाँचपछि कुन्द्रा विरूद्ध ठाेस सबुत मिलेपछि उनलाई पक्राउ गरिएकाे मुम्बई प्रहरीकाे अपराध शाखाले जनाएकाे छ ।
कुन्द्राविरूद्ध पाेर्न भिडियाे बनाउने र विभिन्न एप काे माध्यमबाट त्यसकाे उद्याेग संञ्चालन गरेकाे आरोप छ ।