क्लाइभवेलले What civilization is not भन्ने लेख topics and opinion भन्ने किताबमा लेखेका छन् । त्यसको निष्कर्ष हो सभ्यता भनेको मान्छेको राम्रो व्यवहार हो । राम्रा घर, मीठो खानु, राम्रा लुगा लगाउनु, राम्रा गहना लगाउनु के सभ्यता हो ? भन्दा हैन । संसारमा सभ्यता ग्रीसको एथेन्स सहरबाट सुरु भयो ।

विस्तारै विस्तार हुँदै मिश्र (इजिप्ट) सम्म आयो र संसारमा फैलियो । वैष्णवहरू लघुशङ्का गरेपछि माटो लगाएर हात धुन्छन् । पछि साबुन लगाउँदछन् । छोटो लघुशङ्का गर्दा बसेर कानमा जनै राखेर गर्दछन् । ब्रिटिस र अमेरिकन तथा अन्य पश्चिमी देशहरू टोइलेटमा टोइलेट पेपर प्रयोग गर्दछन् । अब को सभ्य ? हामीभन्दा ब्रिटिश र अमेरिकनहरू धेरै सम्पन्न छन् । के धनी हुने मान्छे सभ्य हुन् ? यसरी सभ्यताको बारेमा धेरै छलफल गर्न पर्ने  हुन्छ । ढुङ्गे युगका मानिसहरू पशुसरह बस्थे । त्यो बेला सभ्यता सुरु नै भएको थिएन । एउटा सभ्य मानिसले मानिसको भीडमा खोक्दा वा हाँच्छ्युँ गर्दा रूमालले नाक, मुख छोप्दछ । पछि sorry, excuse me भन्दछ । डा. ताना शर्मा (उनले लेखेअनुसार) ले ‘बेलायततिर बरालिँदा’  भन्ने किताबमा लेखेका छन् ।

(त्यो किताबले मदन पुरस्कार पनि पायो ।) लण्डनको एउटा होटलमा राति पार्टी थियो । सबै आ–आफ्ना गर्लफ्रेण्डसँग नाच्दै थिए । कसोकसो गर्दा त्यो मान्छेले देख्यो उनको सेतो कोटमा रक्सी पोखिएको थियो । रिसाएर आवेशमा आएर भन्यो"Who is this nonsence" छेउको मान्छे डान्स गर्दै थियो । उसले भन्यो, Oh ! Iam very sorry यसो भन्दा त्यो मान्छेले भन्यो 'Oh ! never mind' यो एउटा घटना हो । नेपालमा भए कुटाकुट हुन्थ्यो ।  १८ औं शताब्दीमा ब्रिटिशहरूले चिया अमेरिका पठाउँदथे । कच्चा पदार्थ अमेरिकाबाटै आउँथ्यो । एकदिन अमेरिकनहरूले ब्रिटिशको चिया बोकेको जहाज समुद्रमा डुबाइदिएछन् । त्यहाँबाट अमेरिकामा राष्ट्रियताको जागरण सुरु भयो । राम्रो व्यवहार र सभ्यता दिने काम सरकारको पनि हो । शिक्षाले सभ्यता ल्याउँछ । जापानमा अनिवार्य प्राथमिक शिक्षा लागू भएको ठीक १०० वर्षपछि सबै जापानीहरू साक्षर भए ।

जापानमा सबैभन्दा बढी बूढाबूढीहरूको सम्मान गरिन्छ । किनकि त्यहाँको सरकार र मानिसहरू सभ्य छन् । राम्रो व्यवहार गर्दछन् । जापानीहरू राजदरबारको गेटअगाडि पुग्दा दरबारतिर फर्किएर टाउको निहुराउँछन् । यो राजपरिवारप्रतिको सम्मान हो । यो नै सभ्यता हो । संसारका सबै विकसित देशहरूले बूढाबूढी मानिसहरूको संरक्षण गरेका छन् । नेपाललाई हेर्नुहोस् के ? रू.४,०००।– भत्ता दिएर मात्र संरक्षण हुन्छ ? कतिपय ठाउँहरूमा बूढाबूढीहरू छोराहरूबाटै पीडित छन् । सभ्यतामा नैतिकता पनि पर्दछ । अमेरिकनहरू पत्रिका किनेर पढ्दछन् । पढिसकेपछि डस्टबिनमा फालेर हिँड्दछन् ।

तपाईं विराटनगर जाँदै हुनुहुन्छ, अगाडिको सिटमा बस्नुभएको छ, पत्रिका निकालेर पढ्न सुरु गर्नुभयो, बीचको पाना पछाडिको मान्छेले माग्दछ वा पढिसकेपछि पत्रिका माग्दछ । विराटनगर पुगेर बसबाट उत्रिँदा तपाईंको पत्रिका सबैभन्दा पछाडिको मान्छेले पढ्दै  हुन्छ । हाम्रो देशको स्थिति यस्तो छ । ब्रिटिश भू.पू.प्रधानमन्त्री जोन पिटर केटाकेटीहरूको बीचमा गएर एउटा नानीलाई बोकेर सोधे, ‘तिमीहरूले मेरो विरोध किन गरेको ?’ केटाकेटीहरूले आफ्नो माग राखे । प्रधानमन्त्रीले ‘हुन्छ म पूरा गरी दिन्छु ।’ उनी कार्यालयतिर गैरहेको बाटोमा प्लेकार्ड लिएर उभिएका थिए । अमेरिकन राष्ट्रपति बाइडेनले सडकमा घुँडा टेकेर केटाकेटीहरूको कुरा सुने । उनीहरूको माग पूरा गरिदिए । सभ्य मानिसको चरित्र त्यो  हो । हाम्रो देशका प्रधानमन्त्री र मन्त्रीहरू कसैले यो व्यवहार देखाएका छन् ? त्यसैले सभ्यता भनेको मानिसको राम्रो व्यवहार हो ।

त्यसमा थप सफा सुग्घर, विकसित मनोवृत्ति राख्नु पनि हो । सम्राट अशोकले कलिङ्गको युद्धमा हजारौं विरोधी सैनिक मारे । मान्छे मरेको देखेर वैराग आयो । पछि बौद्धिष्ट भएर सबै राजपाट छोडेर हिँडे । उनकी बहिनी चारूमतीले श्रीलङ्कामा  बुद्धधर्मको प्रचार गरिन् । अहिले श्रीलङ्का बौद्धिष्ट धर्मावलम्बी देश छ । भृकुटीको विवाह भोटका राजा स्रङ्चङ्गम्पोसँग  भयो । उनले नेपाली प्यागोडाशैलीको भोटमा प्रसार गरिन् । त्यसैले सीता र भृकुटीलाई नेपालकी छोरी भनिन्छ । सभ्य मानिस गतिशील हुन्छ । गतिशील हुनु पनि सभ्य मानिसको रूप हो । नेपालका कलात्मक मन्दिरहरू लिच्छवीकालीन र मल्लकालीन सभ्यताका प्रतीक हुन् । काठमाडौं, भक्तपुर र ललितपुरलाई मन्दिरहरूको सहर भनिन्छ । विदेशीहरूलाई नेपालको आकर्षण हिमालहरू र मन्दिरहरू हुन् । विदेशीहरू सुटिङ गरेर नेपालको कला र हिमालको दृश्य विदेशमा लगेर बेच्दछन् । यो हाम्रो कलाको नमुना हो । यो नै हाम्रो देशको सभ्यता पनि हो ।

बुद्ध, सञ्जय, स्वामी विवेकानन्द, ध्रुव आदि सबै सभ्य थिए । कारण उनीहरू ज्ञानी थिए । पशुहरूमा अरूभन्दा सभ्य भेडालाई लिइन्छ । किनकि उसले आमा र बैनी, दिदीसँग सहवास गर्दैन । त्यसैले भेडा फारममा घाँटीमा नम्बर लगाएको हुन्छ । पंक्षीमा परेवा र ढुकुरलाई सभ्य मानिन्छ, किनकि यिनीहरूले जीव हत्या गर्दैनन् । बलि चढाएर जीव हत्या गर्ने काम पनि सभ्यता हैन । ढुङ्गे युगका मानिसहरूबाट बलिप्रथा सुरु भयो । अहिले विकसित युगमा पनि नेपाल र भारतमा बलिप्रथा छँदैछ । पश्चिमी देशहरू र अमेरिकनहरू यसलाई अन्धविश्वास भन्दछन् । पुराण वाचन गर्ने पण्डितहरू सफासुग्घर छन्, चोखो खान्छन् ।

तर, दक्षिणा थोरै भयो भने यति हैन, यति दिनुपर्छ भनेर आफ्नो भाउ तोक्दछन् । के यो व्यवहार सभ्य हो ? भन्दा हैन । किन ? ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ ज्ञानी नम्र हुन्छ । उसमा लोभ, मोह, अहङ्कार हुँदैन । नेहरूले आफ्नो सम्पत्ति देशलाई दान दिए । लालबहादुर शास्त्री मर्दा कुर्थामा पचास पैसा थियो । नेल्सन मण्डेलाले सभ्य व्यवहार देखाएर संसारलाई उदाहरण दिए । चीनमा तेङसियाओ पिङले चीनको थप उत्थान गरे । वर्तमान राष्ट्रपति सी चिनफिङ पनि उदाहरण बन्दै छन् । बिना सुरक्षा मानिसहरूको बीचमा जान्छन् । कीर्तिनिधि विष्टले सिंहदरबार आगलागी भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिए । केशरबहादुर विष्टले दशरथ रङ्गशालामा भएको भागदौडमा मान्छे मरेपछि शिक्षा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिए । प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हालै हटेपछि सम्पत्ति प्रदर्शन गरे । यी नैतिक चरित्र भएका मानिसहरूको केही उदाहरण हुन् । यिनैलाई सभ्य भनिन्छ ।

मानिसको सभ्य चरित्रलाई नै सभ्यता भनिन्छ । एउटा सभ्य मुलुकमा मानिसहरू स्वतन्त्र हुन्छन् । आ–आफ्नो धर्ममा रहन सक्दछन् । ब्रिटेनमा जुनसुकै धर्मावलम्बीहरू पनि सुरक्षित छन् । ब्रिटेनलाई सभ्य मुलुकको रूपमा लिइन्छ । सभ्यताले देश बन्दछ । सभ्य नेताहरू भए देशले काँचुली फेरिन्छ । मानिसहरू सुरक्षित हुन्छन् । सभ्य मानिसले भ्रष्टाचार गर्दैन । ट्रम्पको असभ्य व्यवहारले गर्दा चुनाव हारे । तर, हाम्रो देशमा गुण्डा र पैसाले चुनाव जित्दछ । एउटा सभ्य मानिस बिहानीपख बाटो हिँड्दा सडक बत्ती निभाउँदै हिँड्दछ । सभ्यता बाबु आमाले छोराछोरीलाई दिनुपर्छ । देशले समाजलाई । शिक्षाले सभ्यता ल्याउँछ । मुसलमान शासकहरूले भारतमा धेरै हिन्दु मन्दिरहरू भत्काए ।

नालन्दा र तक्षशिला जस्ता अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयहरू जलाए । औरङ्जेवले सबै तागाधारीहरूको जनै काटे । मन्दिर भत्काए । के यस्ता कार्यलाई सभ्य भनिन्छ ? यी सभ्य कार्यहरू हैनन् । बौद्धिष्ट भिक्षुहरू र वैष्णवहरूलाई सभ्य मानिन्छ । कारण यिनीहरू जीवहत्या गर्दैनन् ।

अन्त्यमा धरान उपमहानगरपालिकाको ध्यान आकृष्ट गर्न चाहन्छु । सडकमा घाँटीमा पेटी बाँधेका कुकुरहरू प्रशस्त देखिन्छन् । तिनीहरूले सडकमा सधैँ फोहोर गरेको हुन्छ । घरवालाले पनि बिहान कुकुर ल्याएर सडकमा दिसा पिसाब गराउँदछन् । यी कार्यलाई सभ्य भनिदैन । जानी जानी कसैले गल्ती गर्दैछ भने त्यो सजायको भागी हुन्छ । घर अगाडि घाँस उमार्ने, फोहोर सडकमा फ्याल्ने, दिउँसो पनि घर अगाडिको सडक बत्ती ननिभाउने जस्ता असभ्य कार्यहरू रोक्न उपमहानगरपालिकाले दण्ड जरिबानाको स्थानीय कानून बनाउनु पर्छ । सबैतिर जानकारी गराइनु पर्दछ । खानेपानीको तिरो तिर्ने ठाउँ व्यवस्थित छैन । त्यसलाई व्यवस्थित बनाउनु पर्छ । कम्प्युटर प्रणाली लागू गर्नुपर्छ ।  अन्त्यमा भन्नुपर्दा राम्रा घरहरू, सफा सुग्घर, राम्रो व्यवहार, राम्रो शिक्षा, शिष्टता, अरूको पनि सम्मान गर्ने बानी नै सभ्यता हो । एक शिष्ट मानिसले ‘वसुधैव कुटुम्बकं’ भन्ने सिद्धान्त लिएको हुन्छ ।