प्रदेश नम्बर १ मा पर्ने धरान बजार अति नै सुन्दर, शान्त अनि स्निग्ध छ । विजयपुर शिरमा रहेको यो धरान बजार रमणीय छ । धरान सुनसरी जिल्लामा पर्छ । वि. सं. १९५० तिर घना जङ्गल फँडानी गरेर बनेको यो क्षेत्र वि.सं. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्र नगर (पुरानो बजार) र वि. सं. १९९० मा श्री ३ जुद्ध शमसेर जुद्ध नगर हाल (नयाँ बजार) स्थापना गरेको इतिहास पाइन्छ ।

धरान उपमहानगरपालिकाअन्तर्गत पर्दछ । यहाँ नेवार, राई, लिम्बू, ब्राह्मण, क्षेत्री मारवाडी, मुसलमान सबै सबै जातको बसोबास रहेको पाइन्छ । यहाँका मानिसहरूले आफ्नो कला, संस्कृति, साहित्यलाई औधी माया गरिराखेको छ । तराई र पहाडको बीचमा रहेको यो ‘सुन्दर नगरी धरान’ हो । गोर्खा भर्ती  १८५३ मा सुरु भएको थियो तर, अहिले हाल बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले १८८३ देखि भोगचलन गर्दै आएको छ ।

विष्णुपादुका गाउँ विकास समिति, पञ्चकन्या गाउँ विकास समितिलाई नेपाल सरकारले गाभेर अहिले २० वटा वडामा समायोजन गरेको छ । धरान सानो भए पनि यसको महिमा विशाल छ । वरिपरि पहाडैपहाड तलतिर चारकोसे झाडी, पूर्वपट्टि चतरा–वराहक्षेत्र जो एशियामै प्रसिद्ध छ । बौद्ध धर्मावलम्बीहरूका लागि बुद्ध विहार भोटेपुलमा छ र अर्को त्रिरत्न विहार सिंहदेवीमाथि छ, यो त्रिरत्न विहार सबै धर्मावलम्बीहरूको सहयोगमा बनेको हो । यहाँ भिक्षुहरू पनि बस्नुहुन्छ ।

धरानवासीहरूको आमाबुबाको तिथिमा आफ्नो या घरका कुनै सदस्यको जन्मदिन तथा पुण्य दिनमा यहाँका भिक्षुहरूलाई भोजन खुवाउने चलन छ । यहाँका मानिसहरूको राम्रो स्वभावले गर्दा भिक्षुहरू आनन्दले बसिरहनुभएको छ । चतरालाइनमा बौद्धको चैत्य छ, जो पुरानो हो । पहिलाका मान्छेहरूले बुद्ध जयन्तीका दिन भव्यताका साथ बुद्ध जयन्ती मनाउँथे । अरू जे भए पनि यहाँका मानिसहरूमा एकताको भावना छ । यहाँका मानिसहरू मिलेर एकाअर्कालाई सहयोग गरेर नै बसेका छन् ।

कसैलाई केही आपत् प¥यो भने सक्ने मान्छेले सहयोग गरिहाल्छन् । यहाँको मौसम भन्नुपर्दा भित्री पहाडमा परेकाले जहिल्यै चिसो मौसम छ, हावापानी असाध्यै राम्रो छ, गर्मीमा पनि त्यति धेरै गर्मी हुँदैन, जाडोमा पनि त्यति जाडो हुँदैन । फेरि धरान बजारबाट उत्तरतिर भेडेटार, धनकुटा, वसन्तपुर हुँदै भोजपुर पुगिन्छ । यहाँ वैशाख, जेठतिर पानी पर्दा झन् यति सफा हुन्छ कि भनेर साध्य नै छैन । उकालो ओरालो बाटो बर्खामा पानी पर्दा फोहोर जति बगेर जान्छ । अनि धरान बजार हेर्नुपर्छ यति सफा देखिन्छ कि पहाडतिर अलिकति के घामले छुनुपर्छ यति सफा देखिन्छ कि पहाडको हरियाली रुखहरू त हीराजस्तै टलटल टल्किन्छ, हेरिरहूँ जस्तो ।

यहाँका मान्छेमा सफा सुग्घर रहनुपर्छ भन्ने चेतना छ । यहाँका मान्छेले आफ्नो घरमात्र सफा गर्दैन घरको वरिपरि पनि सफा गर्छन् । प्रायः यहाँका मान्छेहरू आफै सफा गर्न लागिपर्छन् । धरानको विशेषता नै सफा हो । त्यसकारण पनि यहाँ नेपालीहरूमात्र होइन, विदेशीहरू पनि घुम्न आउँछन् । मेरो घर विराटनगर हो, बाहिरका मान्छेले पूर्वको घुम्ने ठाउँ कहाँ छ भन्यो भने धरानलाई नै भन्छु । मेरो माइती गाउँ पनि धरान नै हो ।

मन्दिरै मन्दिरको सहर भनेर चिनिने धरान बजारबाट माथि डाँडामा विजयपुर छ, जहाँ दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या र बूढासुब्बाका मन्दिरहरू छन् । लोकप्रियसँगै साक्षात पनि छन् । दन्तकालीमा श्री महादेवकी परम् प्यारी सतीदेवीको दाँत झरेको भन्ने किंवदन्ती पनि रहेको छ । त्यो दाँत अझै पनि छ । कसैले हेर्न चाहना ग¥यो भने त्यहाँको पण्डितजीले देखाइदिनुहुन्छ । त्यसैगरी पिण्डेश्वर धाम यसको महिमा बेग्लै छ । बाबा शिव, गङ्गाधारी जसको शिरमा सदा सर्वदा गङ्गा बसेर जल प्रवाह गर्छिन् ।

बाघको छाला पहिरिएर हातमा डमरु लिँदै मृदङ्ग नाच्दै भाङ धतुरो खाने सबैको आस्थावान् शिव परमात्मा जसको महिमा हजार शेषनागले पनि गर्न नसकिने शिव बाबाको लिङ्ग भएको विशाल ठाउँ हो पिण्डेश्वर धाम । जहाँ बाहै्र महिना देशविदेशबाट दर्शन गर्न आउनेको भीड हुन्छ । अझ प्रत्येक वर्षको साउनको सोमबार चतराबाट जल ल्याएर चढाउनेको भीड थामिनसक्नु हुन्छ । त्यो बेला धरानको रौनक नै बेग्लै सौहाद्र्रपूर्ण हुन्छ ।

साउन महिना धरानको भानुचोकदेखि बेहुलीजस्तै सिँगारिएको हुन्छ, धरान बजार गेरुवस्त्रले पहेँलपुर हुन्छ । पसल पसलमा पहेँलो रङको वस्त्र बेच्न राखिएका हुन्छन् । विशेषगरी त्यसबेला मानिसहरूले पहेँलै वस्त्र पहिरिएका हुन्छन् र साउन महिनामा महिला दिदीबहिनीहरूले हरियो चुरा लगाएर हातभरि मेहन्दी लगाउने चलन छ ।

अर्को महिमा बूढासुब्बाको छ । त्यहाँ कुनै मूर्ति छैन, माटोको ढिस्को छ, जसलाई भगवान् मानिएको छ, यो एक प्रकारले अनौठो नै मान्नुपर्छ । न भगवान्को आकृति छ, न त कुनै फ्रेमिङ गरेको फोटो । हुनत हामी मानिसहरूले माटोलाई पूजा गर्नु भनेको राम्रो हो । माटोबाट नै त हामीहरूलाई चाहिने अन्न, बोटबिरुवा जसबाट अक्सिजन प्राप्त गर्न सकिने मानिसको बाँच्ने आधार नै अक्सिजन माटोबाटै हुने हुँदा पनि बूढासुब्बालाई पूजा र विश्वास गर्न थालिएको होला ।

यस्तो सायद कतै पनि छैन होला, यो एकमात्र प्रसिद्ध मन्दिर हो । यस ठाउँमा बाँस रोपिएको छ, जसको टुप्पा हुँदैन । यहाँ प्रेमीप्रेमिकाहरूले जे मागे नि पुग्छ भन्ने विश्वासका कारण बाँसमा डोरा बाँध्ने चलन छ । यहाँ बलि पनि दिने चलन छ । कसैले हाँस बोकेर आउँछन् त कसैले परेवा त कसैले कुखुरा आदि ।

पञ्चकन्यादेवीको मन्दिर छ । यसको पनि अलग्गै महिमा छ, पाँचवटा देवीहरू एकै ठाउँमा बस्नुभएको जङ्गलको बीचमा अवस्थित यो मन्दिर पनि असाध्यै राम्रो छ र साक्षात् पनि छ । यहाँ पनि दर्शन गर्न टाढा टाढाबाट भक्तालुहरू आइपुग्छन् । यसको माथि भताभुङ्गे राजाको दरबार थियो रे । अहिलेसम्म मैदान छ, कोही कोही हेर्न जान्छन् ।

पञ्चकन्यामाताको विशेष महिमाचाहिँ स–साना नानीहरू बोल्नुपर्ने समयमा बोलेन भने त्यहाँ लग्यो भने बोल्छन् भन्ने जनविश्वास रहिआएको छ । मेरै नानीको हकमा पनि यस्तो घटना भएको थियो । मेरी छोरी बोल्नुपर्ने समयमा नबोलेपछि त्यहाँ लगेँ । त्यहाँकी देवीनेर रुख छ, त्यो रुखको पछाडि नानीलाई छोड्नुपर्छ । अनि नानी चिच्याउँछ । त्यसपछि नानीहरू बोल्न थाल्छन् ।

जहाँबाट भए पनि मान्छेहरू धरान एकचोटी घुम्न आउँछन् । उनीहरूका लागि धरान राम्रै छ । धरानमै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । उपचारका लागि पनि राम्रो मानिन्छ । यहाँ ठूला–ठूला रोगको उपचार पनि हुन्छ । शैक्षिक हिसाबले पनि धरान ठीक छ ।
साँगुरीमा गुराँस फुलाई    
पाखाभरि घाम हँसाई                                               
अरू एकमा एकै होलान्,
धरान हजार ।