सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ (मंगलबार)बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ । भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।
डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।
‘नेपाल आइडल सिजन–४’मा निर्णायक को हुने निश्चित भइसकेको छैन । यस अघिका तीनवटा सिजनका निर्णायक भने यो सिजनमा नहुने निर्देशक सुरेश पौडेलले बताइसकेका छन् ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।