हुर्रिँदै आए बैरी अचानक, हुरी झैँ तालिवान

सकेन गर्न प्रतिकार अन्तमा, हारे अफगान !


 राष्ट्रको अध्यक्ष नै भइदिए, देशबाट फरार

जनताहरु अब कहाँ गई, गरोस् हारगुहार?


बाँच्ने जिजीविषाले विमानभित्र, भीड गर्दै पसे

धक्कमधक्कामा बिचरा कोही, विमानबाटै खसे !


मरिने नीरिह जनता नै हुन्, विचराको के दोष?

अहंको मादले मन भाँडिँदा, हुन्छ कसको होश?

सुनिन्छ नेपालीहरु पनि धेरै, फसेका छन् त्यहाँ,

समाचार सुनेर गाउँघरमा, रुवावासी यहाँ १


 युद्ध कत्ति पनि हैन है राम्रो, कसले बुझिदिने?

हतियार मतियार दुवै आफै, कस्ले सुनिदिने?


 गोपाल कृष्ण डंगोल

महाराजगञ्ज, काठमाण्डौँ

हाल/इटहरी, प्रदेश नं. १