—जेबी खत्री

कुरा २०४३/४४ सालतिरको हो । त्यतिबेला म पन्ध्र–सोह्र वर्षको थिए“ होला । भदौको महिना । तीज आएको थियो । ठूली दिदीलाई बिहे गरेर बिजुवापानी दिएका थियौँ । पछि छुट्टिएर भुल्के झर्नुभयो । साइँली दिदीलाई पनि भर्खर–भर्खर बिहे गरेर ढाँडे दिएका थियौँ । भुल्के र ढा“डे तल्लो गाउँ, माथ्लो गाउ“ थिए । ठूली दिदीको घरबाट साइँली दिदीको घरमा पुग्न आधा घण्टा जति लाग्थ्यो । त्यतिबेला साइँ““ली दिदी छुट्टिनु भएको थिएन । पछि उहा“हरू पनि छुट्टिएर भुल्के नै आउनुभयो । यो हामी पाँचथरमै हु“दाको कुरा हो ।

तीज आउन लाग्यो भनेपछि हामी केटाकेटी दिदी लिन जाने भनेर सुरिएर साथीसाथी सल्लाह गर्न थाल्थ्यौ“ । दिदीहरूलाई बिहे गरेर दिएको गाउ“ एउटै छ भने साथी खोज्न थाल्थ्यौ“ । कसैको सल्लाह मिल्थ्यो । कसैको मिल्दैनथ्यो । सल्लाह मिलेस“गै गयो । नमिले एक्ला–एक्लै गयो । प्रायःजसो सबैका तीजको अघिल्लो दिन गयो । भोलिपल्ट तीजको दिन लिएर आयो । पर्सिपल्ट पु¥याइदिने चलन थियो । भदौको दिन मकै भा“च्न धमाधम हुन्छ । धेरै दिन बस्न पाइ“दैन भन्नुहुन्थ्यो दिदीहरू पनि । तीज आउनुभन्दा पन्ध्र दिन अगिदेखि नै धारा, पधे“रामा कुरा हुन थाल्थे आमा दिदीहरूका ।

यसपालीको तीजमा को लिन आउ“ने कि नआउ“ने भनेर । लिन जान नभ्याउने वा नसक्ने भए अगि नै बोलाइएको हुन्थ्यो । यसरी यसपालीको तीजमा लिन आउ“न पाइ“दैन होला । आउ“नु है लिन नआए पनि लिन आएनन् भनेर मन नदुखाउनु आदि भनेर । अहिलेजस्तो फोन थिएन । अघिल्लो भेटमा बोलाउने हो । म सानो हु“दा एक्लै  लिन जान सक्ने नहु“न्जेल आमा दिदीलाई यसरी नै बोलाउनु हुन्थ्यो तीजमा । कहिले भिनाजुलाई पठाइदिनु है ज्वाइ“छोरीलाई यसपालीको तीजमा त लिन आउन पाइ“दैन जस्तो छ । भाइ चाहि“ पनि सानै छ । एक्लै पठाउन पनि टाढाको बाटो डराउ“छ । बरू वरसम्म ल्याइदिनु भयो, ज्वाइ“ले भने छोरी एक्लै भए पनि आउ“छे । सिम्सेको बगर कटाइदिनु भयो भने त आउन सकिहाल्छे नि । मकै भा“च्न धमाधम भए बरू तीजको भोलिपल्टै पठाइदिउ“ला । पहिले यसरी पनि भेला हुन्थे, दिदीहरू तीजमा । बल्ल म लिन जान सक्ने भएपछि लिन जान थालेको थिए“ ।  

तीज पर्सि छभन्दा आज जस्तो नै आमाले मलाई दिदीहरूलाई लिन जाँ । भोलि नै लिएर आउनु है भनेर पठाउनु भयो । ठूली दिदी र साइ“ली दिदी मात्र अलि टाढा हुनुहुन्थ्यो । कस्सिएर हिँड्दा तीन घण्टा लाग्थ्यो । माइली दिदी चाहि“ गाउ“ नजिकै आफैं बिहे गरेर जानु भएको थियो । नजिक पनि नजिकै थियो । पा“च मिनेटको बाटो । खाना पकाएर खान लिन जा“दा पनि नसेलाइकन खान आइपुगिने । त्यसो त पानीको प“धेरो नै एउटै थियो । दिनमा एक पटक नभए पनि भोलिपल्ट त भेट भइहाल्ने । ठूली दिदी र साइ“ली दिदी चाहि“ तीन, चार, छ महिना कहिले त वर्ष दिनमा मात्र आउनु हुन्थ्यो । त्यतिबेला पनि ठूली दिदी त निकै लामो समय भएको थियो नआउनु भएको । सानी भाञ्जी काखमा थिइन् । त्यही भएर आमाले तीजको दिन मात्र पो आउने हुन् कि भनेर मलाई अगिल्लै दिन लिएर आउनु है भनेर भन्नु भएको थियो । मैले हुन्छ भनेको थिए“ ।

बिहान सबेरै खाना खाएर बाटो लागे“ । तल लखुवा झरेर खोला तरे“ । लखुवा पाटीमा पसल थियो । भाञ्जा–भाञ्जीलाई भनेर बिस्कुट, मिठाइ आदि किनेर झोलामा हाले“ । बाटो सा“वा दोेभानसम्म तमोरको किनारै किनार थियो । सिम्सेको बगर हु“दै जानु पथ्र्यो । बाटो सुनसान थियो । बाटो हिँड्ने बटुवा पनि भेटिँदैनथे । पहिले त तेह्रथुमदेखि ताप्लेजुङसम्मका मानिसहरूको धरान आउने जाने मूलबाटो त्यहीँ थियो । आउने जाने मानिसहरू बाक्लै भटिन्थे । दोहोरो लत्ता हुन्थ्यो तर पछि बिर्तामोड, इलाम, फिदिम र धरान–धनकुटा गाडी बाटो खुलेपछि गड्तिरको बाटो सुकिसकेको थियो । मानिसहरू बिरलै हिँड्न थालेका थिए । माथि जङ्गलमा चराचुरुङ्गीहरू कराएको आवाज सुनिन्थ्यो । नत्र तल तमोर सुसाएको बाहेक अरू केही सुनिन्न थियो । एक्लै हिँड्दा डर नै लाग्ने थियो । केटाकेटी मान्छे म डराउ“थे“ पनि । त्यहा“ पुगेपछि छिटोछिटो हिँड्थे“ ।

घरबाट डर लाग्दैन भनेर आए पनि सिम्सेको बगरमा  आइपुगेपछि त्यसै भित्रैदेखि डर लागेर आउ“थ्यो । दिदी लिन हि“डेको मान्छे पो त म कहा“ त्यसरी डराएर हुन्छ भनेर मनमनै डर भगाउ“थे“ । एकछिन्लाई निडर झैँ हुन्थ्यो मन । फेरि एकछिन्मा उस्तै हुन्थ्यो । केटाकेटी मन झोसझासमा छेपारोले खस्रक्क गर्दा पनि होसहवास उड्थ्यो ।

सा“वा दोभान पुगेर म मूलबाटो छोडेर सा“वा खोलाको झोलुङ्गे पुल तरे“ । पुल तरेर उकालो लाग्नुप¥थ्यो । उकालो लागे“ । करिब आधा घण्टा जति उकालो हिँडेपछि कात्तिके भन्ने ठाउ“ आउ“थ्यो । त्यहा“ भुल्केलीहरूका गोठ थिए । कात्तिके गाईवस्तु भेडाबाख्रा पाल्नलाई जङ्गलको पायक पर्ने ठाउ“ भएकाले त्यहा“ भुल्केलीहरू गोठ राख्थे । त्यहा“ पुग्दा धेरै तिर्खा लागेकाले मैले पानी पिउनु प¥यो भनेर दुई, तीन गोठ चाहारे“ तर कुनै गोठमा पनि मान्छे थिएनन् । गाग्री भुँइमै थिए । बाटो हिँड्नेलाई तिर्खा लाग्दा आफैँले पानी सारेर खाउन् भनेर गाग्री र लोहटा भुँइमै राखिदिएको हुन्थ्यो । आफै“ले लोहटामा पानी सारेर पिए“ । त्यहा“ पानीको दुःख थियो । बर्खामा आकाशबाट परेको पानी खोल्सा–खोल्सीका डोप्किलाउ“दो जमेको हुन्थ्यो ।

त्यही पानी गाग्रीमा भरेर पिउनु पथ्र्यो । सा“वा खोला आएर पानी लान त दुई घण्टामा पनि मुस्किल थियो । घा“टी मात्र भिजाए“ । एक खालको गन्द आएर  तिर्खा मेट्ने गरी पिउन सकिन । त्यसपछि बाटो लागे“ । त्यहा“ पुग्दा लगभग बाटो आधा हुन्थ्यो । त्यसपछि फेरि जङ्गलैजङ्गल हिँड्नु पथ्र्यो । त्यसलाई धुसेनीको जङ्गल भनिन्थ्यो । सानो गोरेटो बाटो थियो । जङ्गल प्रायः सुनसान हुन्थ्यो । शितली खोला तरेपछि भने गाउ“बाट गाईबस्तु चराउन ल्याउने गोठालाहरू बोलेको सुनिन्थ्यो । तमोर पारिको जङ्गलबाट भने बेलाबेला मयूँर कराएको मिठो आवाज आउ“थ्यो ।

त्यो जङ्गल कटेपछि डा“डाखर्क भन्ने ठाउ“ आउ“थ्यो । त्यहा“ पुग्दा भदौ महिनाको चर्को घाम ढल्केर गाउ“मा ओझेल पर्न लागेको थियो । त्यहा“बाट छर्लङ्ग देखिन्थे दिदीहरूका गाउ“ । भुल्के, ढा“डे दुवै गाउ“ । कै“दलेदेखि माथि भित्तामा थियो ठूली दिदीको घर रातो माटाले पोतेको । खरको छानो भएको दुई तले । सानो भए पनि परबाटै छर्लङ्गै देखिने । मेरा आ“खा त्यही“ पुगिहाले । सधै“ झै“ केटाकेटी मनले ऊ त्यही त हो नि हाम्री ठुल्दिदीको घर भनी हाल्यो । त्यहा“बाट करिब आधा घण्टामा ठूली दिदीको घर पुगिन्थ्यो । साइ“ली दिदीको चाहि“ त्यहा“बाट देखिँदैनथ्यो । कै“दले पुगेर अञ्जुलिमा पानी भर्दै तिर्खा मेटियुञ्जेल प“धेराको चिसो पानी पिए“ । त्यसपछि उकालो चढे“ । पुग्नेबेलामा अलिकति उकालो चढ्नु पथ्र्यो । करिब पा“च, दश मिनेटपछि ठूली दिदीको घर पुगे“ । त्यतिबेला बेलुकाको पा“च बज्न लागेको थियो होला । एकैछिन बसे“ । खाजा खाए“ र सा“झपख साइ“ली दिदीकहाँ गए“ किनभने भोलि नै मैले दुवै दिदीहरूलाई लिएर फर्कनु थियो ।

भोलिपल्ट खाना खाएर साइ“ली दिदीलाई लिएर ठूली दिदीकहाँ आए“ । ठूली दिदीलाई पनि भोलि नै जानुपर्छ । आमाले दुवैलाई भोलि नै लिएर आउनु भन्नु भएको छ भनेको थिए“ । हामी त्यहा“ आइपुग्दा उहा“ पनि तयार भइसक्नु भएको रहेछ । त्यसपछि हामी बाटो लाग्यौ“ । ठूली दिदी भाञ्जा, सानी भाञ्जी, साइँली दिदी र म । सानी भाञ्जीलाई दिदीले काखमा बोक्नु भएको थियो । साइँली दिदीले थुन्चे । भाञ्जालाई मैले कही“ बोक्दै, कही“ उचाल्दै, कही“ हातमा समाएर डोहो¥याउ“दै थिए“ । त्यतिबेला भाञ्जा त्यस्तै अठार–बीस महिनाका हुनुपर्छ । भर्खर अलि राम्रोसँग हिँड्न थालेका थिए । केही वर आएपछि बाटो मुनिको एउटा सखुवाको रुखमा अरिङ्गालले गुँड लाएको रहेछ । टाढैबाट देखिने माटाको मट्या जस्तो थियो त्यो । त्यो देखेर त्यसलाई ढुङ्गा हान्ने विचारले हामी त्यही“ उभियौ“ । दिदीहरू केही पर पुगेपछि मैले भाञ्जालाई एउटा हातले समातेर अर्को हातले भुँइको एउटा ढुङ्गो टिपेर ख्याल–ख्यालमा सुइ“य हानेको त गएर सिधै गुँडमै लाग्यो । गुँड भत्केर आधा भुँइमा झ¥यो ।

त्यसपछि त अरिङ्गालको गोलो हामीमाथि खनियो । पा“च, छ ओटाले टोकेको त थाहा पाए“ । त्यसपछि त मलाई पनि कतिले टोक्यो पत्तै भएन । आत्तिएर म त भाञ्जालाई त्यही“ छोडेर दौडेको एक्कैचोटि दिदीहरू भएको ठाउ“मा पुगेछु । भाञ्जा चिच्याएर रोएको सुनेर दिदी दौडेर आउनु भयो र बोकेर लिएर जानु भयो । भाञ्जा त एउटा धुसुरको बुुट्टामा छलिएर रोइरहेका रहेछन् रे । दिदीले भन्नु भएको । कतिले टोक्यो कतिले उनलाई त झन् । वरिपरि अरिङ्गालको गोलो बीचमा उनी । दौडन त के हिँड्न त नजान्ने । बाटो त्यस्तो उबडखाबड थियो । दिदीले ढुङ्गगाले हान्यौ हो तिमीहरूले अरिङ्गगाललाई ? भनेर सोध्नु भयो । मैले होइन भनेर ढाँटे । मैले ढा“टे पनि भाञ्जाले हान्यौ“ भनिहाले तर दिदीले गाली गर्नु भएन बरू त्यसरी ढुङ्गा हान्नु ह“ुदैन । कहिल्यै नहान्नू । अरिङ्गाललाई त झुक्किएर पनि चलाउनु हु“दैन । अरिङ्गगाललाई चलायो भने त पानी मुनि पसे पनि छाड्दैन । यो त काल हो । अस्तिअस्ति पनि कोको गोठालाले ढुङ्गा हानेर बिच्काए छन् घाँस, दाउरा, गोठालो जाँदाआउँदा बाटो हिँड्न नदिएर भन्नुभयो ।

एकछिन्बाट त भाञ्जा पनि हिँड्न छाडे । रुन्छन् मात्र । मलाई पनि त्यसपछि त ज्वरो आउन थाल्यो । उनलाई बोक्नु पर्ने । गाम्चाको नाम्लो बनाएर पिठ्यू“मा बोकेको छु । ठूली दिदीले सानी भाञ्जीलाई थुन्चेमा बोक्नु भएको छ । साइँली दिदीले र मैले भाञ्जालाई ललाउ“दै–फकाउ“दै पालैपालो गर्दै बोक्यौ“  । बाटोमा बस्दैबस्दै आउ“दा सेतोथुम्कोमा आइनपुगी सा“झ प¥यो । ठूलो सा“झ पर्न लाग्दा मात्र बल्लतल्ल घर आइपुुगियो । भाञ्जाले त पानी पनि पिएनन् । म पनि खाना नखाइकन सुते“ ।

भोलिपल्ट पनि बीसको उन्नाइस मात्रै भएको थियो । यसो हेर्दा त मलाई भन्दा धेरैले भाञ्जालाई टोकेको थियो । भाञ्जाको टाउकैभरि चोटैचोट थिए । तीन दिनसम्म त ज्वरो नै घटेन । त्यसपछि ज्वरो त विस्तारै घट्दै गयो तर त्यो टोकेको ठाउ“मा पाकेर घाउ भयो । घाउ गाडिँदै गयो । त्यहा“ खिल हु“दो रहेछ । त्यो खिल उक्किएर गएपछि मात्र घाउ निको भयो । अरिङ्गालले टोक्दा त मरिन्छ पो त । धन्न बा“च्यौ भनेर गाउ“लेहरू पनि डराए । अझै पनि ती घाउका खतहरू पुरिएका छैनन् ।

मैले भाञ्जालाई यो कुरा कहिल्यै सुनाइँन । उनी ठूलो भएपछि पनि सुनाइँन । बरू उनले आफ्ना शरीरका खतहरू देखाउँदै दिदीलाई सोध्दा दिदीले अरिङ्गालले टोकेका खत हुन् भनेर भन्नुभएछ । एक दिन भाञ्जाले नै आफ्ना टाउकाका खत देखाएर हाँस्दै भने, हैट मामाले अरिङ्गालको गुँडमा ढुङ्गा हानेर अरिङ्गालले टोकेका मेरो टाउकाका खत अझै गइसकेका छैनन् । के बुद्धि होला हाम्रा मामाको ! कसो मरिएन । मैले हाँस्दै आफ्ना नारीका खत हेरेर उनका टाउकाका खत हेरेँ । मेरा नारीका भन्दा उनका टाउकाका खत ठूला र धेरै थिए । मलाई सम्झना छ । कसै गर्दा पनि अरिङ्गालले नछोडेपछि हामी चिच्याएर कत्ति रोएका थियौँ ।

यसरी त्यो दिन अरिङ्गालको गुँडमा ढुङ्गा हान्दा अरिङ्गालको गोलै खनिएको घटना आजभोलि पनि म कही“कतै अरिङ्गालको गुँड देख्यो कि सम्झन पुगिहाल्छु । मलाई त्यही दिनको त्यो क्षणको सम्झना भइहाल्छ । खेलाचीमा मामा, भाञ्जाको झण्डै ज्यानै गएको ।