धरान । लिम्बू भाषा संस्कृतिमा आधारित ‘रीत’ फिल्म निर्माण हुने भएको छ ।
फाल्गुनन्द लिङ्देन फिल्मस्ले फिल्म निर्माण गर्न गइरहेको हो । आउँदो साताबाट फिल्मको छायाङ्कन सुरु हुँदै छ । यस्तै अञ्जली नामक फिल्म पनि निर्माण गर्न लागिएको छ । एकसाथ दुइटा फिल्म बनाउन लागिएको निर्माण पक्षले जनाएको छ ।
रीत लिम्बू भाषा संस्कृतिमा आधारित रहँदा अञ्जली भने हत्याहिंसा र अपहरणसँग सम्बन्धित रहने जनाइएको छ । निर्देशन दिनेश लिङ्देनका अनुसार रीत प्रदेश १ को ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटामा छायाङ्कन गरिँदै छ भने अञ्जली काठमाडौं उपत्यका आसपासमै छायाङ्कन गरिने भएको छ । हाल दुवै फिल्मको वर्कसप चलिरहेको छ ।
फिल्ममा एलिना बास्कोटा, बिमला खजुम, पूर्व राज्यमन्त्री श्रीप्रसाद जबेगू, स्मृति लिम्बू, असली बनेम, सागर केरुङ, पुण्य ओझालगायत कलाकार रहने निर्देशक लिङ्देनले जानकारी दिए । दुवै फिल्ममा यही कलाकारहरू हुने छन् । मिकहाङ लिङ्देन र सुदिता लिङ्देनको प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो । जसमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खड्का, मनि ताम्लिङ, वीक्रम पयाङ्गू, दीपक नेपाली निर्माताका रूपमा छन् । दुवै फिल्ममा सागर केरुङको कथा रहेको छ ।