धरान । कोरोना महामारीका कारण फिल्म उद्योग धरासायी बनिरहेका बेला यतिबेला निर्देशकहरू वेब सिरिजतर्फ मोडिएका छन् । 

निर्देशक बाबु बलामीको निर्देशनमा नयाँ वेब सिरिज निर्माण हुन लागेको छ । निर्देशक बलामीका अनुसार किरियापुत्री नामक वेब सिरिज निर्माण गर्न लागिएको हो । सिरिजको काठमाडौं कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको छ । 

बाबुआमाको निधनपश्चात् गरिने किरियाकर्ममा नारीको भूमिका र त्यस्ता नारीहरू कसरी अगाडि बढ्छन् भन्ने विषयलाई देखाउन खोजिएको छ । किरियापुत्री गर्न नसक्नेहरूलाई सहयोग गरिएको कथा रहेको छ । 

सिरिजमा पिउस मगर, देव महर्जन, बद्रि साह, सौरभ नुतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभियन रहेको छ ।