धरान/मिस एण्ड मिसेस इन्डिजिनियस सिजन (२ को उपाधि नम्रता तामाङ र आशा थापाले जितेका छन् ।
मिसेस इन्डिजिनियसतर्फ फस्ट रनरअप सीता तामाङ बन्दा सेकेन्ड रनरअप लक्ष्मी गुरुङ बनिन् । त्यस्तै थर्ड रनरअप निरू राई बनिन् । व्यक्तिगत टाइटलतर्फ अर्गनाइजर च्वाइस क्रिष्टिना आले मगर, पब्लिक च्वाइस र वेष्ट वाक शान्ता तामाङ, पपुलर र वेष्ट स्माइल रूपा थापा मगर, पर्सनालिटी सीता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज भए ।
त्यस्तै मिस इन्डिजिनियसको फस्ट रनरअप बिमिशा गुरुङ, सेकेन्ड रनरअप मुना बुढामगर, थर्ड रनरअप सबिना गुरुङ बने । व्यक्तिगत टाइटलतर्फ अर्गनाइजर च्वाइस गीता मगर, पपुलर मुना बुढामगर, बेष्ट वाल्क सबिना गुरुङ, बेष्ट स्माइल रशिला तामाङ, फोटोजेनिक सबिना गुरुङलगायत भए । विजेताहरूलाई नगद, टूफी र क्राउनसहित उपहार प्रदान गरिएको थियो ।
बागमती प्रदेशको उपसभामुख राधिका तामाङ, पूर्व राज्यमन्त्री पर्शुराम तामाङ, प्रदेश सभासद प्रकाशचन्द्र दवाडीलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको निर्णायकमा नायिका सञ्चिता लुँइटेल, रमला पाख्रिन, रोशन फ्युबा, जगत बराम, केशब थापा, सुमना गुरुङ, गायक निर्णय श्रेष्ठ र टेकराज पाण्डे रहेका थिए । आदिवासी जनजातिको कला संस्कृति भेषभूषा, रीतिरिवाज एवम् रहनसहनलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।