मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लामा जनकलाकार जेबी टुुहुरेको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले मिक्लाजुङको आयोजनामा नेकपा एमाले पार्टी कार्यालय मधुमल्लामा प्रगतीशिल, जनवादी जनकलाकार तथा संविधान सभा सदस्य जेवी टुहुरेको छैटौं दिनको पुण्य तिथिका दिन श्रद्धाञ्जली कार्यक्रम गरेको नेकपा एमले मिक्लाजुङका  सचिब नविन कार्कीले बताए । 

एमाले पार्टी कार्यालय अगाडी श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । जेवी टुहुरे प्रती श्रद्धाञ्जली अर्पण गर्न चाहाने सबैका लागि श्रद्धाञ्जली अर्पण गर्न १३ औ दिनको पुन्य तिथिका दिन सम्म खुल्ला रुपमा श्रद्धाञ्जली कार्यक्रमका लागि फोटो र ब्यानर राखिने एमाले सचिब नविन कार्कीले बताए ।

श्रद्धाञ्जलीका लागि व्यानर र टुहुरेको फोटो राखी श्रद्धाञ्जली कार्यक्रम १३ दिन सम्म निरन्तर संचालन गर्ने नेकपा एमाले मिक्लाजुङले जनाएको छ ।  सुनसरीको धरानमा जन्मीएका टुहुरेले आफ्नो राजनैतिक कर्मथलो मधुमल्ला र टाँडी क्षेत्रलाई बनाएर राजनीती गरेको टुहुरे संगै काम गरेको पुर्व शिक्षक मणिराज लक्काईले बताए । 

टुहुरे एकदमै सरल स्वभावका र सबैका प्रिय थिए । पञ्चायती निरंकुशता विरुद्ध आन्दोलनमा गाउँ, बस्ती बाट नागरिकहरुलाई जागरुप बनाएर निरंकुशता विरुद्धको आन्दोलन सफल पार्न टुहुरेको ठुलो योगदान रहेको  जेबी टुहुरे संग नजिक रहेर कार्य गरेका पुर्व शिक्षक कमल दाहालले बताए । नेपालमा कम्युनिष्टहरुलाई गोलबद्ध बनाउन सबै भन्दा ठुलो योगदान जेबि टुहुरेको भएको शिक्षक दाहालले बताए । 

जेबी टुहुरेले नेपालमा  कम्युनिष्ट पार्टिको विस्तार र विकाशमा पुर्याएको योगदान अतुुलनीय रहेको र टुहुुरेको देनलाई कशैल भुल्न नहुने नेकपा एमाले मोरङ जिल्ला सदस्य नरेन्द्र प्रसाद ढुुङ्गेलले बताए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा मिक्लाजुङका नेता डिल्ली खतिवडा, राम कृष्ण राई, देवी प्रसाद आचार्यले जेवी टुहुरेको राजनैतिक यात्रा र उनको शिल स्वभावको बारेमा वर्णन गरेका थिए । श्रद्धाञ्जली कार्यक्रम नेकपा एमाले मिक्लाजुङका अध्यक्ष बुद्धीमान लिम्बुको सभापतीत्वमा सम्पन्न भएको थियो ।