अफिसको कामले आजको दिन केही व्यस्त हुनु स्वाभाविक नै थियो। मङगबार फेरि कुशे औसी अर्थात बुवाको मुख हेर्ने दिन पनि परेछ।
बेलुका बुवालाई फोने गरेर भने म आउन पाउँदिन। राम्रो सँग बस्नुस म बिदा मिलाएर आउछु । केही पछि बुवा आमा छोराको काम अनि सद्भाव प्रती धेरै खुसी भएको कुरा महशुस भयो । तर, छोरा घर आइदिए हुन्थ्यो भन्ने आशा चाहिँ थियो भन्ने महसुस पनि भयो तर मेरो घर जाने सम्भावना नभएको कुरा प्रष्ट पारे।
अर्को तिर हिजो आफ्नै जिल्ला संखुवासभाको मादिमा भएको सामूहिक हत्याको खुव चासो पसेको थियो। घटनामा संलग्न अपराधी पत्ता लागे संसारकै खुसी व्यक्ति म हुने थिए भन्ने लागेको थियो । तर, घटना पत्ता लाग्नु सहज पक्कै छैन भन्ने कुरा पनि मनमा थियो। एक समय सङै पढेर राम्रो दोस्ती भएको साथी अहिले सुरक्षा निकायमा काम गर्ने साथिको फोन आयो र मादिको घटना सुनाउनु भयो ।
प्रहरीको टोलि घटना स्थलमा जाँदै गरेको कुरा आयो। फेरि केही बेरमा त्यँही गाउको एक जना भाइको फोन गरेर भन्यो दाई गाउमा यस्तो भयो, प्रहरीको टिम आउदै छ रे, जिल्लाको पत्रकारहरुलाई पनि खबर गर्दिनुस। मैले फोन सम्पर्कमा भने हस भाई म चाडै जानकारी गर्दिन्छु। मेरो ध्यान जति बेला तेतै थियो। पक्कै त्यो मर्नेको रगतले पिरोल्छ होला, पत्ता लाग्ने छ।
इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा मात्र नभएर धरान बाट तालिम प्राप्त कुकुर सहितको विज्ञ टिम आउदै गरेको कुरा फेरि समाचारमा सुने, आश अझै पलायो अब झन चाडै पत्ता लाग्छ। अर्को दिन बिहान भयो, निरन्तर फलोअप गर्दै गर्दा प्राइम टिभिमा प्रहरी प्रबक्ताको यहि घटनाको बारेमा आयो, अझै लाग्यो अब त केन्द्रले पनि चासो देखायो झनै खुसी लाग्यो। फेरि केही बेरमा राष्ट्रिय अनुसन्धान ब्युरो बाट टोलि बिराटनगर हुँदै आज बेलुका सम्ममा घटना स्थल आइपुग्छ, उनीहरुको अनुभवको बारेमा पनि राम्रो बर्णन थियो। अब त झन दोषी पत्ता लाग्ने कुरामा थप बिश्वास चुलिदै गयो। दिनभरीको काम सङै निरन्तर फलोअपमा नै थिए। मनमा खुल्दुली उत्तिकै थियो। बेलुका तिर सामाजिक सञ्जालमा एउटा युटुवको भिडियो सेयर गरेको भेटे। हतारमा खोलेर हेरे। शिर्षक थियो– २४ घण्टा नबित्दै प्रहरीले सफलता पायो, २ जना दोषिहरुलाई पत्ता लगायो, यस्तै यस्तै!
युटुबमा अपलोड भएको करिव २ मिनेटको भिडियो हेर्दै गए, शिर्षक एकातिर अनि बिषयबस्तु अर्कै पाए। लाग्यो मान्छेले यस्तो कुरामा युटुबरहरुले किन मजाक बनाउछ? कसैको परिवार सकिएको छ, यस्तो कुरामा किन मजाक सम्झिन्छन। काम गर्नको दु : खले मान्छेको भावना सङ खेलेर कति दिन खान पुग्ला? निकै दु : ख पनि र घृणा पनि लागेर आयो, बरु पाखुरा बजारेर खानु नि भन्ने लाग्यो। अर्को तिर सम्झिए कानुन भएर पनि लागू नभएको देश, निमुखालाई मात्र कानुन लाग्ने मेरो देश यस्तै यस्तै सोचेर आफैलाई धिकार्न पुगे।
एक युटुबरले एउटा गलत समाचार सम्प्रेषण गरेर समाजलाई कस्तो असर पुग्छ भन्ने सामान्य ज्ञान नभएका मानिस बाट के अपेक्षा राख्ने खै? धेरै पत्रकारहरु आफ्नो धर्म बिर्षेर खुलेआम पार्टीको कार्यकर्ता भएर हिडेको पनि मज्जाले देख्न पाइन्छ। तिनिहरुलाई के कार्बाही हुने र? नेताहरुको नराम्रो काम लुकाउन र राम्रो कामको खेपी नसक्नु प्रचार गर्न लागि पर्छन कत्ति पत्रकारहरु, सबैलाई भन्दिन। हामी जनता सचेत नभएर यस्तै छाडा प्रवृती मान्छेलाई हाबी हुन दिने हो भने हाम्रो आउदा पुस्ताले के सिक्लान? धेरै प्रश्नहरु छन।
अर्काको घर बिगार्न अनुसन्धानको जागिरे भन्दा पनि मज्जाले खोजतलास गरेर अर्काको घर बिगार्ने युटुवेलाई के कारबाही हुन्छ ? अर्काको घर बिगारेर केही दिनमा ट्रेन्डिङमा परेसी टन्न डलर कमाएर अफ्ट्यारो परेसी भिडियो डिलिट गर्दिएर बस्ने ती नमुनाहरुलाई के कार्बाही होला र? समाजलाई केही राम्रो सन्देश दिएर मर्छु सोचेका केही मान्छेलाई यिनिहरुलाई कारबाहीको दायरामा ल्याउन पहल गरौ। कसैको नमिठो सोकमा कसैले कमाई खाने भाडो बनाउने काम गर्छ भने खुलेर बिरोध गरौ, कानुनको भागेदार बनाएर समाजलाई सभ्य बनाउन लागि परौ ।
उज्वल अनुपम धर्मदेवी नगरपालिका, वडा -६ संखुवासभा