उडेर हेर्नुपर्छ,उड्नका लगी

 भुँई  कोट्याएर कुखुरा आकाश छुँदैन। 

प्रयत्नशील हुनुपर्छ, केही पाउनका लागी

 आकाशमुखी भएर मात्र साँच्चै अब केही हुँदैन।


छोएर हेर्नुपर्छ, आकाश भेट्न 

अनुमानमा मात्र जिरह कदाचीत गर्नु हुँदैन।

 गर्न सक्नु पर्र्छ, बाँच्नका लगि

मृत्यु पर्खदै मात्र बाँच्नु बचाई होइन। 


छाम्नुपर्छ ढुकढुकी, विश्वासका लागि 

 नरोपी फलको आशा कदाचित् गर्नु हुँदैन।

 धोएर राख्नु पर्छ, मन सँधै सफा

 आफूलाई ऐना नहेरी अर्कालाई  कालो भन्नु  हुँदैन। 


                                                            लेखक कवि तथा राष्ट्रिय दैनिक पत्रिका ब्लाष्ट टाइम्सका  प्रधान सम्पादक हुन्।