धरान । नेपाली साहित्यको महत्त्वपूर्ण पुरस्कारमध्ये एक मोति पुरस्कारबाट विराटनगरका कवि एवम् पत्रकार मीनकुमार नवोदितसहित चारजना पुरस्कृत भएका छन् । 

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवा वर्ष मोति पुरस्कार–२०७७’ प्रदान गरेको हो । पुरस्कारका संयुक्त रूपमा ५० हजार राशिसहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । नवोदितलाई वरिष्ठ कवि तुलसी दिवसले नगदसहित स्वर्ण पदक र सम्मानपत्र समर्पण गरे । 

युवा वर्ष मोति पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो । पुरस्कार हरेक वर्ष मोति जयन्तीका दिन प्रदान गर्ने गरिन्छ । गतवर्ष कोभिडका कारण स्थगित भएको थियो । विशेषतः कविता विधामा कलम चलाउने नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ गरी दुई कविता संग्रह प्रकाशित छन् ।

उनको ‘समयको बयान’ कविता संग्रह  शनिबारै  काठमाडौमा विमोचन गरिएको छ ।  कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानकार, समालोचक एवम् साहित्य अन्वेषक महेश पौड्याललाई समर्पण गरेको गरेको छ ।

241645201_574930200373819_3824283970513932492_n

पौड्याललाई पनि २०७७ सालको पुरस्कार दिएको हो । पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् । साहित्यतर्फ उनी बाल साहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् । त्यस्तै २०७८ सालको मोती पुरस्कार जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल ‘माइला’ र काठमाडौं बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्त्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई दिएको कोषले जनाएको छ । 

पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष हुन् । मोतिराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरूलाई प्रदानगरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिन्छ । चारै जनाकविलाई वरिष्ठ कवि दिवसले दोसल्लाओढाएर सम्मानपत्र र स्वर्णपदक समर्पण गरे ।