भरौल । सञ्चारकर्मी नवीन चौधरीको शब्दमा रहेको थारु जितिया पर्वलाई समावेश पारेको म्युजिक भिडियोको गित थारु चलचित्र तथा सास्कृतिम संघ सुनसरीले निमार्ण गर्दैछ ।
संघले शनिबार भिडियोको शुभ साइत गरि सुनसरीको विभिन्न भागमा शुटिँग निमार्ण शुरु गरिएको छ । पुर्वको थारु चर्चित गायिका अनुमा चौधरी स्वर रहेको छ भने थारु चलचित्र संघ सुनसरीको वरिष्ठ उपाध्यक्ष सुनिल चौधरीको संगित छ भने स्वर समेत रहेको चौधरीले रहेको छ । गितमा एरेन्ज अकस्टिक स्टीडियो, काठमाडौंका गणेश चौधरी गरेको छ भने मिक्स मास्टर चन्द्र चौधरीले गरेको हुन् ।
गितमा मुख्य भुमिका मोडल सविता चौधरी रहेको छ भने उस्लाई गोविन चौधरी साथ दिएको छ । झण्डै तीन दर्जन थारु चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरि सकेकी वरिष्ठ कालाकार तथा थारु चलचित्र तथा सास्कृति संघ सुनसरीका अध्यक्ष जानकी चौधरीको भिडियो विषेश भुमिका रहेको छ ।
अध्यक्षलाई पन्नालाल चौधरी, राम्री चौधरी, प्रदीप जस्मैतलगायतले झण्डै तीन दर्जन कलाकारहरु साथ दिएको छ । चाँदनी स्टुडियो इटहरी उपमहानगरपालिकाको प्रोपाइटर धेरै म्युजिक भिडियोको अनुभव बटुलेका रविन चौधरीले छायांकन गरेको छ भने भिडियोलाई कोशी भिजनले सम्पादन गर्ने भएको छ ।
नेपाली तथा थारु फिल्म क्षेत्रमा नृत्य निर्देशनमा चर्चित हो जनक चौधरी उनका अनुसार झण्डै १०० भन्दा बढी डकुमेन्ट्री तथा म्युजिक भिडियोमा नृत्य तथा निर्देशन गरि सकेका छन् ।
चौधरी अभियानमा पनि उतिकै अब्बल छन् । पछिल्लो समय निर्देशनमा व्यस्तता बढ्दो देखिन्छ । चौधरी थारु चलचित्र संघ सुनसरीका सचिव समेत हुन् ।
थारु संस्कार रहन सहन विर्सिदै गएकोले गितको माध्यबाट जगेर्ना गर्ने उदेश्य यो भिडियो निर्माण गरिएको छ । गितमा नृत्य भन्दा नि पर्व कसरी मनाइन्छ भनेर देखाउन खोजेको छ ।
संघले यस्तै पहिचान बोकेको गितमा लगानी गर्दै आएको थारु चलचित्र तथा सास्कृति संघ सुनसरीका महासचिव प्रदीप जस्मैतको भनाइ रहेको छ । यो भिडियो संघको आधिकारिक युट्युब च्यानल TFCA युट्युब च्यानल मार्फत् जितिया पर्व अगाडि नै सार्वजनिक हुनेछ ।