धरान/गजलकार सन्देश सुब्बाको गजल सङ्ग्रह सम्झनाको आँधीको बुधबार चर्चा गरिएको छ । 

फिदिम–१, फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगाना र सहायक प्राध्यापक मधुराज केरुङले कृतिमाथि समिक्षात्मक टिप्पणी गरेका थिए । समीक्षकद्वयले सम्झनाको आँधी भित्रका गजलहरू प्रगतिशील र जीवनवादी स्वर मुखरित भएको बताए ।

कार्यक्रममा प्रमुख अथिति याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगू र स्रष्टा मीना राईले कृतिको सफलताको शुभकामना दिएका थिए । उक्त कृति बिक्रीबापतको रकमले आमाबाबुको नाममा ञमनबहादुर लिम्बू र स्व. पृथमाया लिम्बू साहित्यिक पुरस्कार अक्षयकोष स्थापना गरिने कृतिकार सन्देश सुब्बाले बताए । कार्यक्रममा पाँचथर गजल मञ्चको आयोजनामा सम्पन्न भएको हो ।