१. जनगणनाको प्रारम्भ:
नेपालमा जनगणना गर्ने कामको सुरुवात वि.सं.१९६८ देखि भएको पाइन्छ । त्यसपछि प्रत्येक १०–१० वर्षको अन्तरमा जनगणना गर्ने कार्य सञ्चालन हुँदै आएको छ । यसरी नेपालमा जनगणना गर्ने कार्यको थालनी भएको अवधि १ सय १० वर्षमा प्रवेश गरेको छ । वि.सं.१९९८ सम्म भएका जनगणनाहरू सामान्य व्यक्ति गणना मात्र रहेको र वि.सं.२००९ देखि सञ्चालन भएका जनगणनाहरूलाई आधुनिक र वैज्ञानिक जनगणना मानिन्छ । यसरी २००९ देखि सञ्चालन भएका जनगणनाका नतिजाहरू प्रकाशनको रूपमा उपलब्ध रहेको नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको २०६८ को निर्देशिकामा जनाइएको छ ।
यस पटकको १२ औं राष्ट्रिय जनगणना सञ्चालनका लागि नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभाग अन्तर्गतका जिल्ला, इलाका जनगणना कार्यहरूको स्थापना भई आवश्यक जनशक्ति कर्मचारी व्यवस्थापन तालिम सम्पन्न भई घर परिवार सूचीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ र २०७८ कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म घर–घरमा गणकहरू गई जनगणना सम्पन्न गर्ने कुरा केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
विभागले यस पटकको राष्ट्रिय जनगणनाको नारा मेरो गणना मेरो सहभागिता तय गरेको छ । यस नाराको आसय र आह्वान के हो त भन्दा राष्ट्रिय जनगणनामा कोही नछुटी व्यक्ति आफैले पनि चासो र सरोकार राखेर आफू र आफ्नो परिवारको विवरण गणकहरूलाई उपलब्ध गराऔं भन्ने नै हो । विगत वर्षहरूमा जनगणना गर्ने कार्यको लागि आवश्यक पर्ने कर्मचारी जनशक्ति सरकारलाई करारमा नियुक्ति गर्ने प्रक्रिया लामो हुने जनगणनाको कार्यलाई विश्वसनीय जवाफदेही बनाउँदै आफ्नो कर्तव्य मानेर सम्पन्न गर्नका लागि सरकारी कर्मचारी शिक्षकहरूलाई तालिम दिएर आवश्यक कर्मचारी र गणकहरूलाई खटाउने गरिन्थ्यो ।
यस पटकको जनगणनामा शिक्षित युवा बेरोजगारहरूलाई आंशिक भए पनि रोजगारी हुने अनि राज्यप्रतिको दायित्वसमेतको बोध होस् भन्ने हेतुले सरकारी कर्मचारीहरू बाहेक शिक्षित युवाहरूलाई कर्मचारी गणकमा खटाइएको छ । यसलाई आंशिक रोजगारी मात्र नसम्झी तालिममा सिकेको कुराहरूलाई कार्यक्षेत्रमा प्रयोग गरिने जनगणनाको उद्देश्य अनुरूप दिक्दारी नमानीकन उत्साहपूर्वक सही तथ्याङ्क विवरण सङ्कलन गर्नु कर्मचारी गणकहरूको दायित्व हुनेछ । यसले राज्यले प्रदान गरेको विश्वास र अवसरका रूपमा लिएर कार्य सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गर्न जरुरी छ । यो नागरिकको कर्तव्य पनि हो ।
२. जनगणनालाई विश्वसनीय बनाउनु पर्दछ:
माथि नै उल्लेख गरियो कि राष्ट्रिय जनगणना सुरु भएको केही चरणसम्म भएका जनगणनाहरू आधुनिक र वैज्ञानिक थिएनन् । नतिजा प्रकाशित गर्ने व्यवस्था पनि थिएन ।
केवल टाउको गन्ने प्रकारका हुने गर्दथे भनेर जहानियाँ राणा शासन, राजतन्त्रात्मक पञ्चायती व्यवस्था, धर्मसापेक्ष हिन्दु राज्य भएको बेलामा आदिवासी जनजाति दलित, महिला पिछडिएका वर्ग समुदायका मानिसहरूले आफ्नो जात, भाषा, धर्म, संस्कार र गर्ने कामको बारेमा खुलस्त बताउन चाहँदैन थिए, बताए पनि उनीहरूलाई जिस्क्याउने, गणक कर्मचारीहरूले वास्ता नगर्ने, धर्मको महलमा प्रायः सबैलाई हिन्दु लेखिदिने, आफ्नो पुख्र्यौली परम्परागत सीप गरेर जीविका गरिरहेको परिवारको पेशालाई समग्र रूपमा कृषि लेखिदिने, दलित समुदायले जात स्पष्ट नखुलाइदिने आफू खुसी कामी, दमाई, सार्की लेखिदिने, महिलाहरूको कामलाई गणना र मूल्याङ्कन नगरिदिने प्रचलनले गर्दा जनगणनाबाट आएको तथ्याङ्कलाई आजसम्म पनि मिथ्याङ्क भनेर अविश्वास र आलोचना भइरहेको हुँदा अहिले राज्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रहेको धर्मनिरपेक्षता समावेशी समानुपातिक पद्दतिमा गइसकेको हुँदा कसैले पनि आप्mनो जात, धर्म, भाषा, पेशा, पहिचान लुकाउनु पर्ने, भन्न हिच्किचाउनुपर्ने अवस्था छैन । जनगणनामा खटिएका गणकहरूले पनि यस्ता कुराहरूलाई मिहिन ढङ्गले केलाएर विवरण सङ्कलन गरी सही तथ्याङ्क निकाल्ने र जनगणनालाई विश्वसनीय बनाउनु पर्दछ ।
३. जनगणनाको महत्व:
धेरै मानिसहरूलाई यस्तो लाग्न सक्छ कि जनगणना सञ्चालन गर्नु भनेको केवल मान्छेको सङ्ख्या मात्र गन्नु हो तर, राष्ट्रिय जनगणनाको उद्देश्य यो मात्र होइन । आधुनिक, वैज्ञानिक र व्यवस्थित ढङ्गले गरिएको जनगणनाले नै मानिसको उमेर समूहसहितको सङ्ख्यामा व्यक्ति, परिवार, जातजाती, समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक पेशा व्यवसाय, रोजगारको अवस्था वैवाहिक अवस्थाका सूचनकहरु पहिचान गरी आगामी दिनमा गर्नुपर्ने भौतिक विकास निर्माण, मानवीय सेवा सुविधाको विस्तार, शिक्षा स्वास्थ्यमा गरिनु पर्ने सुधार लैङ्गिक विभेदको अवस्था पहिचान गरी लैङ्गिक समानताका लागि तय गरिनु पर्ने रणनीति, कार्यनीति र योजना तर्जुमामा जनगणनाबाट प्राप्त सूचकले महŒवपूर्ण सहयोग पु¥याउने हुँदा जनगणनाको महत्व आवश्यकता अपरिहार्य छ ।
यसका लागि जनगणनामा खटिने सरकारी कर्मचारी गणकहरू मात्र लागिपरेर हुँदैन, स्वयम् व्यक्ति, परिवार र समुदायले अग्रसर भएर गणकहरूलाई सही विवरण दिएमा तथ्याङ्कमा मिथ्याङ्क आउनबाट रोकिन्छ र आगामी दिनमा राज्यलाई तय गर्नुपर्ने सेवा सुविधा योजना तर्जुमामा सहयोग पुग्छ र नागरिकले प्राप्त गर्ने सेवा सुविधामा पनि वृद्धि हुन्छ । तसर्थ राष्ट्रिय जनगणनामा सबैको चासो सरोकार र सहभागिता हुनु आवश्यक छ ।
४. विवरण दिन नमान्ने प्रवृत्ति:
अहिले हाम्रो मानव समाज सकारात्मक कुरा भन्दा नकारात्मक कुरालाई छिटो बुझ्ने सबै क्रियाको नकारात्मक कोणबाट मात्र व्याख्या विश्लेषण गर्ने, कुनै पनि काम कुराको सत्य तथ्य पत्ता नलगाई हतारोमा नकारात्मक प्रतिक्रिया व्यक्त गरिहाल्ने प्रवृत्तितर्फ उन्मुख भएको छ । सबै ठाउँमा सबै कुरामा यस्तो मनगढन्ते उडुवा शङ्कास्पद प्रवृत्ति कतिपय ठाउँमा आफैलाई घातक हुन्छ ।
जनगणनामा गणकहरू घर–घरमा पुग्दा कतिपयले वास्ता नगर्ने, बसेर विवरण लिनका लागि सहज स्थान पनि नदिने सोधिएका प्रश्नहरूको सही जवाफ दिन आनाकानी गर्ने प्रवृत्ति पनि हामीमा छ । अझ कतिपयको बुझाइ त यस्तोसम्म छ कि सरकारले सबै विवरण लिएर धेरै भएको सम्पत्ति जफत गरिदिन्छ वा कर बढाउँछ । अर्काको पारिवारिक कुरामा सरकारलाई किन चासो भन्ने नकारात्मक तर्क र बुझाइ हुने गर्दछ । यस्ता नकारात्मक बुझाइ र तर्कलाई समाजका सचेत नागरिकले सहजीकरण गर्नु पर्दछ ।
(लेखकः निशानदेवी आधारभूत विद्यालयका प्र.अ.हुन् ।)