२०७८ असोज २३ गते मजदुर नेता तथा नेकपा (एमाले) नेता ओम कोइरालाको इटहरी–२ स्थित निज निवासमा अभिनन्दन समारोह सम्पन्न भयो । पार्टीका नेताहरू सुवास नेम्वाङ, विष्णु रिमाल, भीम आचार्य, गुरु बराललगायत केन्द्रीय, प्रदेश तथा जिल्ला र नगर तहका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । राप्रपा तथा नेपाली काङ्ग्रेसलगायतका विभिन्न पार्टी सम्बद्ध नेता र कार्यकर्ता तथा जनताहरूको समारोहमा उल्लेख्य सहभागिता थियो ।
बुद्धिजीवी लेखनाथ घिमिरेको अध्यक्षतामा गठित ओम कोइराला अभिनन्दन समारोह समितिका नामबाट तथा पार्टीको पृष्ठपोषणमा कार्यक्रम गरिएको थियो । सभामा वक्ताहरूबाट सारगर्भित तथा रोचक संवादहरू व्यक्त भएका थिए । कार्यक्रमको विशेष आकर्षण ओम कोइरालाका सहयोद्धाद्वय कमरेडहरू इनरुवाका भक्तबहादुर आले मगर (जो कुखुरा काटेर मासु बेचेर) खाइजीविका चलाउँछन् ।
उनी विशेष अतिथि रहेका थिए भने अर्का सहयोद्धा सोमनलाल चौधरीसमेतको आतिथ्य रहेको थियो तर, कार्यक्रमका प्रमुख वक्ता नेम्वाङ र रिमाल कमरेडहरूले मन्तव्यका क्रममा मगर र चौधरीको नामसमेत लिएनन् अर्थात् ओमको सम्मान गरिरहँदा ओमकै परोक्ष रूपमा अपमान गरे । अझ रिमालले त सम्बोधनका क्रममा राप्रपा नेता पूर्वमन्त्री रामकुमार सुब्बाको नामसम्म नलिएर अतिथिलाई सामान्य शिष्टाचारसमेत गरेनन् ।
एमाले नेता मुरारी सुवेदीले नाम मात्रको मन्त्री, माननीय, नगर प्रमुख, गाविस अध्यक्ष र उपाध्यक्ष हुनु मात्र ठूलो मान्छे, काम योगदान होइन भन्दै ओम कोइरालाको जस्तो सिदासादा, सिद्धान्तनिष्ठ तथा पद र प्रतिष्ठाका लागि हुरुक्क नहुने विशेषता चाहिँ विशेष महत्वपूर्ण रहेको बताएका थिए ।
एमाले नेता मुरारी सुवेदीले नाम मात्रको मन्त्री, माननीय, नगर प्रमुख, गाविस अध्यक्ष र उपाध्यक्ष हुनु मात्र ठूलो मान्छे, काम योगदान होइन भन्दै ओम कोइरालाको जस्तो सिदासादा, सिद्धान्तनिष्ठ तथा पद र प्रतिष्ठाका लागि हुरुक्क नहुने विशेषता चाहिँ विशेष महŒवपूर्ण रहेको बताएका थिए । नेता गुरु बरालले नगर प्रमुख द्वारिकलाल चौधरीले बोलेका विषयमाथि परोक्ष टिप्पणी गर्दै ओम कोइराला विचार, अनुशासन, आदर्श र निःस्वार्थ निष्ठाका बिउ हुन्, यही बिउका कारण आन्दोलन सबल र सफल हुन्छ भने ।
बरालका अनुसार राजनैतिक पद, प्रतिष्ठा र पगरी अस्थायी कुरा हो । उनले निष्ठाको मूल्य हुन्छ र यसमा ओमले पूर्णाङ्क पाएको बताउँदै पद तात्कालिक हुन्छ र आवधिक हुन्छ भने त्याग र समर्पण अनन्त कालसम्मका लागि हुन्छ भने । उता इटहरी नगर प्रमुख द्वारिकलाल चौधरीले भने नितान्त निजी स्वार्थ साधना गर्न हत्ते हाल्ने र पार्टी फुटाएर पनि मन्त्री हुन अपहत्ते गर्ने कतिपय एमाले नेताका हुलिया बताउँदै ओम कोइराला थारूभन्दा पनि सोझो र गरी नखाने नेता रहेको बताए र उनको घर परिवार त झन् सोझै रहेको चौधरीले उल्लेख गरे । चौधरीका अनुसार ओमले जीवनको अन्तिम घडीमा पनि पार्टीकै मात्र धेरै चिन्ता गरेका थिए ।
चौधरीले ओमलाई भेटघाटका अवसरमा देश र जनताको मात्र चिन्ता गर्न छाड्नोस्, आफ्नो चिन्ता लिनुस्, कति मुठ्ठी बटार्नु हुन्छ, खाली मुठ्ठी मात्र बटारेर हुँदैन भनेको सम्झना गरे । राप्रपाका नेता तथा पूर्व मन्त्री रामकुमार सुब्बाले भिन्न विचार भए पनि ओमसितको सामाजिक सन्निकट सान्निध्यता रहेको बताउँदै उनको भूमिगत घुर्मैलो राजनीतिबारे मात्र आफू जानकार रहेको बताए । सुब्बाले ओमको जेलजीवनको स्मरण गर्दै उनी सिद्धान्तनिष्ठ, आदर्शवादी र स्वाभिमानी व्यक्तित्व रहेको चर्चा गरे ।
ओम कोइराला मूलतः राजनीति तथा साहित्यिक तथा लेखकीय व्यक्तित्व हुन् । कति मानिस राजनीतिक र राजकीय उच्च र मध्यम् पदीय हैसियतमा नहुँदा पनि राप, ताप र प्रताप राख्छन् । यस्तै व्यक्तित्वमा ओमजस्ता व्यक्तित्व पर्छन् तर, जिउँदै हुँदा तिनको प्रायः सकारात्मक चर्चा हुने गरेको देखिँदैन ।
त्यस बेला पञ्च चाहिँ अलि उदार रहेको तर, पञ्चे चाहिँ भिन्न विचारप्रति अत्यन्त अनुदार र असहिष्णु रहेका कारण ओमजस्ता व्यक्तिहरू ठूलो सकसमा परेको सुब्बाले बताए । जीवनलाई हत्केलामा राखेर गरिब श्रमजीवी जनताको हितका लागि आदर्श जीवन बाँचेका ओम कोइराला आफ्ना पनि एक आदर्श पात्र रहेको नेका इटहरी नगर समिति सभापति हेमकर्ण पौडेलले उल्लेख गरे । उनले मृत्युपछि फलफूल लिएर जानुभन्दा जिउँदै हुँदा बिरामीलाई भेट्न दबाई बोकेर जानु राम्रो हो भने । पौडेलका अनुसार पार्टी फरक भए पनि ओम कोइराला त्याग र आदर्शको अग्लो वृक्ष हुन् ।
ओम कोइराला मूलतः राजनीति तथा साहित्यिक तथा लेखकीय व्यक्तित्व हुन् । कति मानिस राजनीतिक र राजकीय उच्च र मध्यम् पदीय हैसियतमा नहुँदा पनि राप, ताप र प्रताप राख्छन् । यस्तै व्यक्तित्वमा ओमजस्ता व्यक्तित्व पर्छन् तर, जिउँदै हुँदा तिनको प्रायः सकारात्मक चर्चा हुने गरेको देखिँदैन । यसको अपवादमा ओम पनि पर्छन् तर, दिवङ्गत भएपछि गुण मात्र बखान्ने परिपाटी ओमका सन्दर्भमा पनि देखिन्छ । कुनै पनि मानिस कमी कमजोरीरहित कहिल्यै हुँदैन ।
त्यसैले दिवङ्गत भएपछि पनि सन्तुलित रूपमा कमजोरी सम्झिएर बाँचेका अरूहरूले समयमै सच्चिने सोच राख्नुपर्छ । इटहरीमा नेपाल नेपाली हुनुमा सर्वाधिक गर्व गर्नुपर्ने विषय अर्थात् नेपाल एकीकरण दिवस वा पृथ्वी जयन्तीलाई सन्तुलित रूपमा मनाउने सन्दर्भमा पनि ओम कोइरालालगायतको सकारात्मक दृष्टिकोण थिएन । यो कमजोरी मूलतः पार्टी र प्रमुख नेतृत्वकै हो भन्ने यस लेखकलाई लाग्छ ।
त्यसैगरी ओमको अर्को कमजोरी ०३९ सालमा जननेता मदन भण्डारीले जोडबल गर्दा पनि राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उम्मेदवार नहुनु र सुनसरी पार्टीकै पनि प्रथम नेतृत्व गर्ने सवालमा मसक्क आँट नगर्नु हो । रातदिन अवसर खोज्दै नहिँड्ने तर, पाएको अवसर नछाड्ने चरित्रले मात्र देश र जनताको अग्रगमनका लागि एक इमान्दार नेताले केही गर्न सक्छ । कुनै पनि नेता र कार्यकर्ताले आफ्नो ल्यागत बेलैमा तयार गरिराख्नु पर्छ र पाएको बेला जुनसुकै जिम्मेवारी पूरा गर्नसक्ने क्षमता बनाइराख्नुपर्छ ।
मानिसहरू जन्मिन्छन् मर्छन् । पद, पैसा र प्रतिष्ठाका लागि हुरुक्क हुनेहरू पदमा रहुञ्जेल बाँच्छन् तर, समाजका लागि निःस्वार्थ रूपमा केही न केही योगदान दिएका मानिस जिउँदा हुँदा खासै गन्तीमा नआए पनि ती सदा जीवित हुन्छन् । ओम कोइराला रातो झण्डा हुँदै कोके अनि माले नामको कम्युनिष्ट राजनीति गर्दै एमाले पार्टीमा आजीवन लागे क्रियाशील भए । परिभाषित खास जिम्मेवारी नहुँदा पनि पार्टी नेतृत्व, सरकार तथा तिनले गरेका सकारात्मक कामहरू लेखमार्फत् जनतासमक्ष प्रवाह गरिरहे । कार्यकर्ता र जनतामा उत्साह थप्ने काम गरिरहे ।
आफ्ना नितान्त निजी असन्तुष्टि सडकमा छरेर ओमले कहिल्यै तमासा देखाएनन् । जबजका पक्षमा दृढताका साथ उभ्भिइरहे । उनी शिक्षण पेशा त्यागेर राजनीतिमा होमिएका थिए । जननेता मदन भण्डारीको राजनैतिक शिक्षण प्रशिक्षण र सन्निकटता प्राप्त गरेका ओमको व्यक्तित्व निर्माणमा भण्डारीको प्रभाव नपरेको भए ओमको सत्तिसाल जस्तो व्यक्तित्व बन्थ्यो बन्दैनथ्यो, यसै भन्न सकिन्न । ओलीले भने झैँ माधवकुमार नेपालजस्ता झिँगाका सङ्गतमा परेर कतिपय सोझा नेताले रछ्यान पुर्ने स्थिति अहिले स्पष्ट हुँदैछ ।
यस्ता पलाँसे, बोक्रे र बतासे नेताले कम्युनिष्ट पार्टीका विरुद्ध जेहाद छेडेको सर्वाङ्ग नग्न दृश्य जनता सामु छ तर, संस्कृति र सांस्कृतिक रूपान्तरणजस्ता अत्यन्त विशिष्ट विषयलाई अझै ओझेल पार्ने हो भने एमालेको असली पाइन समाप्त प्रायः हुनेछ । त्यसैले एमाले पार्टीले आफ्नै मुख पखाल्नुपर्छ । नेतृत्वको जीवनशैली र कार्यशैलीलाई ठीक ठाउँमा ल्याउन शुद्धीकरण अभियान अपरिहार्य देखिन्छ ।
ओमको पुख्र्यौली घर मदन भण्डारीको सुरक्षित आश्रयस्थलसहित पुस्तकालय पनि रहेको इतिहास अन्वेषण गर्ने क्रममा यस लेखकलाई अवगत भएको हो । ओम कोइराला स्रष्टा पनि हुन् । उनी कथा लेख्थे एक जमानामा यस लेखकले राष्ट्रिय जनसांस्कृतिक मञ्चको सुनसरी अध्यक्ष हुँदा निष्ठा नामको पत्रिका प्रकाशन गर्दा कोइरालाको कथा प्रकाशित गरेको थियो । उनी निरन्तर विभिन्न विषयमा विशेषतः ब्लाष्ट दैनिकलगायत पत्रिकामा लेखहरू प्रकाशित गरिरहन्थे ।
ओम वास्तवमा पार्टी, देश र जनहितका चुरो व्यक्तित्व हुन् । प्रायः पार्टीमा पलाँस, बोक्रा र पात बढी छन् । यसको अर्थ नेतृत्वले पार्टीलाई चुरोमय बनाउन अझै खासै ध्यान दिएको छैन ।
यस लेखकको सम्पादनमा इटहरीबाट प्रकाशित नव निरूपण नामको पत्रिकामा ओम कोइरालाको अत्यन्त सान्दर्भिक लेख आग्रहपूर्वक माग गरेर प्रकाशित गरिएको थियो । नेकपा (एमाले) का नेता र कार्यकर्ता मात्र होइन अधिकांश बुद्धिजीवीमा पठन संस्कृति अत्यन्त कमजोर र अझ शून्यजस्तै पनि छ । त्यस अवस्थामा ओम कोइरालको निरन्तर पठन, लेखन, चिन्तन मनन् तथा प्रकाशन सर्वाधिक उल्लेखनीय पक्ष हो । नपढी लेखिँदैन, यसरी लेख्नु भनेको कतिपय नेताले सभामा गर्ने प्यारप्यारे भाषणजस्तो मात्र हो । ओमले ज्ञान र सूचनाको पहुँचमा पुगेर तथ्यपरक लेख लेखेको पाइन्छ ।
ओम वास्तवमा पार्टी, देश र जनहितका चुरो व्यक्तित्व हुन् । प्रायः पार्टीमा पलाँस, बोक्रा र पात बढी छन् । यसको अर्थ नेतृत्वले पार्टीलाई चुरोमय बनाउन अझै खासै ध्यान दिएको छैन । नत्र ओम कोइरालाको निधनको शोकसभामा ओमको जीवनजगत् सांस्कृतिक चेतको हत्या हुने थिएन । ओमले जन्मदेखि मृत्युसम्मका संस्कारहरूका बारेमा कहिल्यै सामन्तवादी अन्धधारणा राखेनन् । माक्र्सवादी र जबजअनुसार पनि समग्र संस्कार विधिमा समसामयिक सुधार, परिमार्जन र परिष्कार गर्ने सोचमा ओम थिए । कम्तीमा ओमको परम्परागत १३ दिने क्रियाकर्म नै गरे पनि कुनै एक दिन मृत्यु संस्कारको नालीबेली लगाएर तिनमा के कस्तो जनताले पचाउने खालको रूपान्तरण गर्न सकिन्छ भन्ने विमर्शसम्म गर्न सकिन्थ्यो ।
मृत्युपछि सामन्ती चेतको समवेदना मात्र भट्याउनुभन्दा संक्षिप्त श्रद्धाञ्जलीसभा राखेर संस्कृति र संस्कारसम्बन्धी प्रगतिशील चेत प्रवाह गरे कति जाती हुन्थ्यो । सदा भीडको पछाडि लतारिने नेताले समाजको अग्रगमनको नेतृत्व गर्नै सक्तैन । ओमका बुबाकै घरमा आएर स्वस्थानी ब्रतकथा वाचन गरेर सुनाउँदै आमा दिदीबहिनीहरूलाई चरम अन्धविश्वासबाट मुक्त पार्न जननेता मदन भण्डारीले महŒवपूर्ण सन्देश प्रवाह गर्नुभएको थियो । निषेधको निषेधअनुसार प्रगतिशील संस्कृतिको बिउ छर्न र रोप्न पनि नसक्ने एमाले पार्टी र नेतृत्व संसदीय भासमा समग्र रूपमा जाकिनुबाहेक अरू उपाय देखिन्न ।
जिफण्टका अध्यक्ष विनोद श्रेष्ठहरू पनि इटहरी आएर श्रद्धाञ्जलीसभा गरेको सुनियो, राम्रै हो तर, किरियाकर्मका समयमा यही विषय पनि उल्लेख गरेर रूपान्तरणकारी सन्देश नेता र कार्यकर्तासाम्ु सार संक्षेपमा बताउँदा यस विचारले तिनका मनमा प्रवेश पाउँथ्यो । यसरी जनतामा रहेको सामन्तवादी सारलाई हटाउने चेतना सुरु हुन्थ्यो । कतिपय नेतालाई यस लेखकले भनेको हो तर, जतिसुकै पढेको विद्वान् र गुरु भए पनि त्यसलाई अटेर गर्ने अत्यधिक नेता भनाउँदाको सरमलाग्दो बेहोरा जताततै देखिन्छ । आफू जान्दैन, भनेको मान्दैन । पार्टीमा विषय विज्ञ र वरिष्ठ विज्ञ कमरेडहरू छन् ।
मोरङ जिल्लाले कम्युनिष्ट आन्दोलनको इतिहास आजसम्म लेखेन र लेखाएन तर, सुनसरीमा ती उपेक्षित प्राज्ञले ०५५ सालमै यस जिल्लाको आन्दोलनको इतिहास लेखनको संयोजक भई जिम्मेवारी पूरा गरे तर, बैगुनीहरू यो कुरा उच्चारण गर्न पनि कञ्जुस्याइँ गर्छन् ।
यही सुनसरीमा र इटहरीमा पनि छन् तर, ती कुनै पनि नेतालाई बिनसित्ती हवस् हजुर मात्रै भनी हिँड्दैनन् । उनी अलि स्वाभिमानी र सिद्धान्तनिष्ठ कमरेड नै हुन् तर, नेतालाई सदा हवस् हजुर मात्र गर्ने ह्रस्व बुद्धिजीवी, शिक्षकलाई महान् प्राज्ञिक भनेर इटहरी चोकमा खुलासभामा दोसल्ला खादा, अबिर र अभिनन्दन गरिन्छ । यस्तो दरिद्र दृश्य ती विषय विज्ञ वरिष्ठ बुद्धिजीवी भूइँमा बसेर टुलुटुलु हेरिरहन्छन् । तिनले हामीजस्ता त यो पार्टीको खेताला नै बस्न आएको हो कि जस्तो लाग्न थालेको यस लेखकलाई सुटुक्क बताएका थिए ।
पार्टीमा सैद्धान्तिक तथा सिर्जनशील लेखक, कवि, स्रष्टा र बुद्धिजीवीलाई दोस्रो दर्जा वा चवन्नी कार्यकर्ता सदस्य सरह हेर्ने कमजोरी देखिन्छ । ट्याग लागेको कुनै पनि तहको नेता महान् ठानिन्छ तर, उसैलाई पढाउने गुरुलाई गोरुसरह व्यवहार गरिन्छ र ठानिन्छ । पञ्चायती शासनमा प्राध्यापकलाई विभिन्न समारोहमा अतिथि वक्ताका रूपमा राखेर परिचालन गरेको यिनले सिके जाती हुन्थ्यो । पार्टी नेतृत्व र यसको नेतृत्वको सरकारहरूको तर्क र तथ्य सङ्गत तथा दृढतापूर्वक पक्षपोषण गर्ने लेखकलाई अधिकांश नेता हाईहेलो पनि गर्दैनन् ।
त्यही मोरङ जिल्लाले कम्युनिष्ट आन्दोलनको इतिहास आजसम्म लेखेन र लेखाएन तर, सुनसरीमा ती उपेक्षित प्राज्ञले ०५५ सालमै यस जिल्लाको आन्दोलनको इतिहास लेखनको संयोजक भई जिम्मेवारी पूरा गरे तर, बैगुनीहरू यो कुरा उच्चारण गर्न पनि कञ्जुस्याइँ गर्छन् । त्यसैले एकातिर ओमको सम्मान अनि त्यहीँ अर्कातिर ओमको अपमान गरेको देखिन्छ । सम्मान चाहिएन तर, अपमान चाहिँ नगर । प्रायः मानिस पार्टीमा लागेर के पायो भन्ने पनि गर्छन् ।
योग्यताअनुसार दिए पाए यस्ता मानिस समाजलाई केही दिउँ नै भन्छन् र गर्छन् । भात होइन, भविष्य हेर्नेहरूको काम र कुरो नै बेग्लै हुन्छ । ओमले आर्थिक, भौतिक रूपमा के पाए होलान् र ! तर, उनले समाजलाई दिए । समाजलाई रूपान्तरण गर्न उनले रात, दिन, भोक र निन्द्रा केही नभनी लागे । कम्युनिष्ट आन्दोलनलाई यस जिल्लामा उठाउन ओम कोइरालाको भूमिका र योगदान महŒवपूर्ण रहेको प्रत्यक्ष अनुभव यही लेखकसित छ । ओमलाई सम्मान गरौँ तर, उनको प्रगतिशील सांस्कृतिक आस्थाको हत्या नगरौं । समाजको गुणात्मक रूपान्तरणकारी पक्षलाई हेला नगरौँ ।