भारतको  मुम्बई स्थित आर्थर रोड जेलमा रहेका शाहरुख खानका छोरा आर्यन खानले जमानत पाएका छन् । २ पटकसम्म तल्लो अदालतले उनको जमानत  अस्वीकार गरेपछि आर्यनलाई बिहीबार साँझ बम्बई उच्च अदालतले जमानत दिएको छ।

२६ दिन देखी लागु औषध मुद्दामा थुनामा रहेका आर्यनकोको जमानतका लागी उच्च अदालतमा  २ दिनसम्म चलेको बहस पछि साझ फैसला सुनाएको अदालतले फैसला सुनाएको थियो । जसका कारण उनी आज मात्र थुना मुक्त हुनेछन् ।

अक्टुवर २ मा क्रुज जहाजमा भएको एक पार्टीबाटै लागु औषध नियन्त्रण व्युरोले नियन्त्रणमा लिइ हिरासतमा राखेको भए पनि आर्यनको साथबाट कुनै प्रकारको लागु औषध बरामद नभएको तथा उनले प्रयोग गरेको देखिएको थिएन । तर उनको एक साथीको साथबाट लागु औषध बरामद भएको र उनाइ त्यसबारे जानकारी भएको भन्दै नरयन्त्रमा राखिएको थियो । 

उक्त घटनालाई लिए भारतीय राजनीतिमा विभिन्न खाले दाउपेच भएका थिए । अधिवक्ता मुकुल रोहतगीले उनालाई भेट्न आउँदा शाहरुख खानको आँखामा आँसु आएको भन्दै जमानत पछि उक्त आशु खुसीमा परिणत भएको बताएका छन् । 

उनको जमानतसँग उनी समर्थकहरूले शारूखको घर अघि आतसबाजी गर्दै निर्णयको स्वागत गरेका थिए ।