नेपाल पञ्चाङ्ग निर्णायक समिति यस वर्षको भाइटीकाको साइत बिहान ११ः०२ बजेका लागि तय गरेकाे छ ।
यस वर्ष बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । धन त्रयोदशी व्रत ( धनतेरस) र धनवन्तरि जयन्ती मंगलबार रहेकाे छ । यसपटक बुधबार नरक स्नानसहित काग तिहार, कुकुर तिहार एकैदिन रहेकाे छ । बिहिबार लक्ष्मी पुजा, शुक्रबार गाेवर्धन पुजा (हली तिहार) र शनिबार भाइटिका रहेकाे छ ।
समितिकाे बैठकले भाइटिकाकाे साइत मात्र सार्वजनिक गरेकाे छ ।