धरान । डोल्पाका ग्रामीणभेगमा नेपाली फिल्म बुलाकीको छायाङ्कन सुरु गरिएको छ ।
हालसम्म ३५ प्रतिशत छायाङ्कन पूरा गरिएको जनाइएको छ । डोल्पाको त्रिपुरा नगरपालिकाका ग्रामीणभेगमा फिल्मको छायाङ्कन जारी छ ।
छत्रेश्वरी म्यानेजमेण्ट प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका हुन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता विराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीलगायत छन् ।
कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको छायाँकार शिब ढकालले बताए । फिल्मको पूरा छायाङ्कन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ ।