धरान/ धरानस्थित भिन्टेज फेमिली रिसोर्टमा लोकप्रिय गायक तथा सङ्गीतकार आरको मुखर्जी आउने भएका छन् ।

पश्चिम (वेस्ट) बङ्गालका गायक मुखर्जी नेपाली गीतहरू गाउँदै चर्चामा आएका छन् । नेपाली युवापुस्तामाझ लोकप्रिय रहेका मुखर्जी यही मङ्सिर २५ गते भिन्टेजमा आउने भएका हुन् ।

भिन्टेजका सञ्चालक सुमनकुमार श्रेष्ठका अनुसार साँझ सात बजेदेखि ११ बजेसम्म मुखर्जीले प्रस्तुति दिने भएका छन् । जसका लागि प्रवेश शुल्क पाँचसय रुपैयाँ पनि तोकिएको छ ।

पुराना लोकप्रिय गीत रेशम फिरिरी, देउराली उकाली चढेर, तिम्रो नै माया लाग्दछ साइँलीजस्ता गीत गाएर मुखर्जी एकाएक चर्चामा आएका थिए ।