धरान । हृदयचन्द्र सिंह प्रधानको सामाजिक यथार्थवादी उपन्यास ‘एक चिहान’ रङ्गमञ्चमा हेर्न पाइने भएको छ ।
आज (पुस ३ गते) बाट प्रधानको उपन्यासलाई नाट्य रुपान्तरण गर्न लागिएको हो । एक चिहानमा समतामूलक समाज निर्माणमा जोड दिइएको छ ।
सोही विषयवस्तुलाई रमेश बिजीले नाट्य रुपान्तरण गर्न लागेका हुन् । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई फेरि मञ्चन गर्न लागेको हो । एक वर्षअघि पनि एक चिहान प्रदर्शन गरिएको थियो ।
यसपटक पुस ३ गतेदेखि ९ गतेसम्म प्रदर्शन गर्न लागिएको छ । विद्यार्थीहरुलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागिएको हो । कक्षा १२ को अनिवार्य नेपालीको पाठ्यक्रममा एक चिहान उपन्यासलाई समावेश गरिएको छ ।
दैनिक बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि अर्को शो गरी तीनवटा शो मञ्चन गर्न लागिएको हो । नाटकलाई अग्रज नाट्यकर्मी वीरेन्द्र हमालले निर्देशन गर्दै छन् ।