धरान/नेपाली साहित्यमा हास्यव्यङ्ग्य विषयक साहित्यिक विमर्श धरानमा सोमबार गरिएको छ ।
हास्यव्यङ्ग्य विधामा कलम चलाउँदै आएका पूर्वाेत्तर भारत सिलिगुडीका साहित्यकार तथा सम्पादक कृष्ण प्रधानले आफ्ना विचार प्रस्तुत गरे । उनले भारतमा हास्यव्यङ्ग्यलाई हल्का रूपमा लिने भएकाले पनि आफू समालोचना पनि लेख्ने गरेको बताए । उनले भने, ‘हास्यव्यङ्ग्य नै आफ्नो प्रमुख विधा रहेको हो, भरतमुनीले प्रतिपादन गरेको ९ रसमध्येको एउटा रस हास्य रस पनि हो । त्यहीँ रसमा आफूले कलम चलाउँदै आएको छु ।’
उनले हास्यव्यङ्ग्य बुझ्नका लागि भरतमुनीको रसको विषयमा बुझ्न आवश्यक रहेको बताए । उनले हास्य विधा गम्भीर विधा पनि रहेको बताए । उनले यसमा प्रतिकात्मक र बिम्बात्मक हुने बताए । त्यसक्रममा भयवाद अध्ययन केन्द्रको अन्तर्राष्टिूय सम्पर्क अधिकारी मणिसुन्दर खत्री दाहालले भयवादका विषयमा लिखित मन्तव्य वाचन गरेका थिए । कवि देश सुब्बाले प्रतिपादन गरेको भयवाद अहिले विश्वका थुप्रै विश्वविद्यालयमा अध्ययन हुने गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका कृष्ण प्रधान, गणेशकुमार देवान, उप(प्राध्यापक गोपिकृष्ण खतिवडा, जङ्ग पुत्लुङ्हाङ देवान, होमबहादुर पुत्लुङ्हाङ देवान, मनप्रसाद राई र रमला राईलाई सम्मानित गरिएको कार्यक्रम सचिव डा. रमेश लिम्बूले जानकारी दिए । उनीहरूलाई भाषा साहित्य तथा समाजसेवाका क्षेत्रमा योगदान पु¥याएबापत सम्मानित गरिएको हो । हालै प्रा.डा. टङ्कप्रसाद न्यौपानेको सम्पादनमा देवान जातिको पुस्तक प्रकाशित भएको थियो ।
प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र एवम् भयवाद अध्ययन केन्द्र धरानको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता डा. रमेश घिमिरेले गरेका थिए । कार्यक्रममा प्रा.डा. गोपालप्रसाद भण्डारी, सहप्राध्यापक हरि दाहाललगायतको उपस्थिति रहेको थियो ।