काेराेना महामारीका कारण दुइ बर्ष पछि धरानमा हाेलीकाे राैनक देखिएकाे छ । काेराेना संक्रमणका घटनहरू कम हुदै गएपछि धरानका विभिन्न चाेकहरूमा हाेदी खेल्नेहरूकाे भिड लागेकाे छ । पुरानै शैलीमा धरानमा हाेलीकाे राैनक देखिएसंगै अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ ।
अझै पनि कोरोना महामारी कायमै रहेकोले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आपसी सदभाव कायम गरेर होली पर्व मनाउन सबैमा आग्रह गर्दै इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।
कार्यालयका अनुसार होलीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी धरानमा मात्रै १ सय ५० बढी प्रहरी परिचालन गरिएको ।