विजयपुर । बण्डल एजेन्सी धरानको आयोजनामा ‘बण्डल रन–वे फेसन सो–२०२२’ को अडिसन सम्पन्न भएको छ ।

सोमबार धरान–५ स्थित भिन्टेज फेमिली एण्ड रिसोर्टमा अडिसन राउण्ड सम्पन्न भएको हो । अडिसनमा ३० जनाभन्दा बढी सहभागी भएको बण्डल एजेन्सी धरानका अध्यक्ष निकेन राईले बताए ।

अडिसनका निर्णायकहरूमा गायक डिल्ली फोम्बो, कोरियोग्राफर तथा मिस तामाङ २०१९ की विजेता प्रोजिता लामा, सन् १९९८ की मिस कोसी विजेता कृति श्रेष्ठ र पोषण श्रेष्ठ रहेका थिए।

नयाँ अवधारणाअनुसार अडिसन गरिएको अध्यक्ष राईले बताए । अडिसनमा आशिष फोटोग्राफीको सहयोग रहेको आयोजकले जनाएको छ ।