धरान । दोस्रो रनवे ड्रिम्सको उपाधि रिसम मित्तल र स्नेहा ढकालले जितेका छन् ।
ड्रिम्स इन्स्टिच्यूटअफ मोडलिङ फेसनको आयोजनामा शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा रिसम र स्नेहाले ताज जितेका हुन् । रिसमले १० प्रतिस्पर्धीलाई पछि पार्दा स्नेहाले ८ प्रतिस्पर्धीलाई उछिनिन् । विजेताद्वयले जनही नगद ७० हजार रुपैयाँसहित विभिन्न उपहार पाए ।
त्यस्तै अनुषा कुँवर क्षेत्री फस्ट रनर अप बन्दा अनु मानन्धर सेकेन्ड रनर अप बनिन् । पुरुषतर्फ ओम जोशी फस्ट रनर अप बन्दा समर पुरी सेकेन्ड रनर अप बने ।
रनवेको निर्णायकमा अभिनेता रमेश उप्रेती, मिस युनिभर्स नग्मा श्रेष्ठ, फेसन डिजाइनर मञ्जु ढकाललगायत थिए । यसैबीच मिसेस टुरिजमको ताज भने मधु किरणलाई पहि¥याइएको छ । अभिनेता कृष्ण मल्ल र पर्यटन बोर्डका नन्दिनी थापाले ताज पहिर्याए ।
मधुले दुबईमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस टुरिजम २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने संस्थाकी प्रमुख कार्यकारी अधिकृत दुर्गा बिसुरालले बताइन् ।
प्रतियोगितामा फोटो जेनिक अनिल महत, जाग्रिती यादव, मोष्टपपुलर राजीव चौधरी, प्रिङ्कला खड्गी, बेस्टवाक सौर्य तिर्वा, अनुषा कुँवर क्षेत्री, मष्ट फ्रेण्डली आयुष पाण्डे, ग्रिष्मा तामाङ, बेस्ट हेयर प्रमिला विष्ट, मष्ट इष्टाइलिस ओम जोशी र प्रमिला विष्ट, बेस्ट फिजिक समर पुरी, प्रिङ्कला खड्गी, मष्ट ट्यालेन्ट जिक्टेन शेर्पा, अनुषा कुँवर क्षेत्री, बेस्ट पर्सनालिटी रिसभ मित्तल, स्नेहा ढकाल, मिस डिसिप्लेन सृष्टि नेमकुल घोषित भएका थिए ।